बिहीबार, चैत १५, २०८०

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

उमाइर हाक२०७८ असार १९ गते २:०६

तपाईं सोच्न सक्नुहुन्छ, कोविड हामीसँग कति लामो समयसम्म रहला ? यदि तपाइँ बेलायती हुनुहुन्छ भने तपाइँले एउटा विनाशको अनुभव गरिरहनु भएको छ जसको बारेमा बेलायतीहरू शुन्य छन् । कि त धेरै नम्र छन् । प्रति व्यक्ति जनंख्याको हिसाबले हेर्दा लगभग अमेरिकामा भन्दा दस गुणा बढी छन् बेलायतमा कोरोना संक्रमित । अमेरिकामा रिपब्लिकन पार्टीका समर्थक (रेड स्टेट) हरूले खोप लिन चाहँदैनन् । त्यसैले यो देशमा सम्भवतः सामुहिक प्रतिरोधात्मक शक्तिको विकास हुने छैन । यसै बीच युरोपका आफ्नै समस्याहरू छन् । बुद्धिमान ठानिएको क्यानाडाले पनि ठूलो मात्रामा कोविड संक्रमित, प्रशारित गरायो । अष्ट्रेलियाको कुरा गर्दा यसको सीमाना विश्वमा अरु देशसित बन्द छ । तैपनि डेल्टा कोविडको छालहरुको अनुभव गरिरहेको छ । डेल्टाको प्रशारणले गर्दा लकडाउनमा छन् केहि शहर, या त कडा स्वास्थ्य प्रतिबन्धहरु लगाएका छन् ।

विश्वकै लागि यो राम्रो चित्र होईन । तर कसले हेरिरहेको छ त यो ? यो बुझिन्छ कि कसैलेपनि यस बारेमा कुरा गर्न चाहेको छैन । गर्मीयाममा छौं अहिले हामी । विश्व यो छुट्टी मनाउने बेला भन्दै हताश भएर बहाना बनाउन कोशिस गर्दैछ । उनीहरु भन्छन् कि चीजहरू सामान्यमा फर्किरहेका छन् । खेलकुद पुन शुरु गरिएको छ । स्टेडियमहरू आधा भरिन थालेका छन् । कन्सर्टहरू योजनाबद्ध गरिएको छ । यदि जीवन सामान्य रुपमा फर्किन्छ भने यो राम्रो हुनेथियो । तर त्यसो हुने स्थिति छैन । कठोर सत्य अर्कै छ ।

कोविड हामीसँग यस दशकभरि बाँकी रहनेछ । सम्भवतः अझै लामो समयकालागि । अझ सँधैका लागि । यो गल्ती हो, हामीले यो हुन दियौं । यो तपाईंको वा म भन्दा ठूलो शक्तिहरूको करणले हो । र यो अब निश्चित रूपले ढुंगामा कुँदेर राखिएको जस्तो भएको छ ।

कोविड अब नयाँ रुपमा सामान्य जस्तै भएको छ । मेरो भावना यस्तो छ कि यो कोविड हामीसँग यस दशकभरि बाँकी रहनेछ । सम्भवतः अझै लामो समयकालागि । अझ सँधैका लागि । यद्यपि यो मेरो भावना मात्र होईन । यसको कारण धेरै छन् । कोभिड रहने कारण धेरै छन् । यो गल्ती हो, हामीले यो हुन दियौं । यो तपाईंको वा म भन्दा ठूलो शक्तिहरूको करणले हो । र यो अब निश्चित रूपले ढुंगामा कुँदेर राखिएको जस्तो भएको छ ।

मेरो अनुमानपनि छ कि कोबिड हाम्रो दिमाखमै बसेको छ । कतै न कतै । कोबिड कतै रहिरहनकालागि भनेर बसेको छ । त्यसैले त कोबिड जाँदै छ, हराउँदै छ भनेर बहाना बनाउन हामी ब्यस्त छौं । हामीले यो थाह पाउनु अघि फेरि जाडोयाम शुरु हुने छ । पछिल्लो कोबिडको महामारी जस्तै हुन, भोग्न र सोच्न को चाहन्छ ? त्यसैले कोबिड जाँदै छ, हराउँदै छ भनेर हामी बहान बनाइरहेका छौं ।

यो सबै कसरि भयो वा हुँदै छ त ? अहिले गर्मीयाम छ र ति मानिसहरुले वालुवामा टाउको गाडेर कोबिडबारे बेवास्ता गरिरहेका छन् । जस्तो कि बालुवामा टाउको गाडिदिएपछि केहि देखिन्न र सबै ठिकठाक भएजस्तो लाग्छ ।

अष्ट्रेलियाको उदाहरणबाट सुरू गरौं । यसले कडा नियन्त्रणको रणनीति अपनाएको छ । यसले मूल रूपमा मानिसहरूलाई भित्र पस्न वा बाहिर जान दिंदैन जबसम्म उनीहरूसँग चित्तबुझ्दो, बाध्यकारि कारणहरू हुँदैनन् । यो देश निकट भविष्यको लागि पनि त्यस्तै राखिरहने योजनामा ​​छ । यो एक राम्रो रणनीति थियो । जे भएपनि यसले राष्ट्रियतालाई उकास्छ । किनकि यसले सार्वजनिक स्वास्थ्यलाई बढी सुरक्षा गर्दछ । तर यो रणनीति अपनाउँदापनि अस्ट्रेलियाले अझै पनि कोविड प्रकोप अनुभव गरिरहेको छ । किन ?

डेल्टा लागेको कोही बाहिर सास फेर्दै हिंडेको छ भने त्यो ब्यक्तिसित हिँडेको निकट हिँड्दापनि तपाईं बिरामी हुने अति संभावना छ । यसैले अष्ट्रेलियाको दुर्दशा निम्तिएको हो ।

भारतीय उत्परिवर्तित वा नयाँ संस्करणको डेल्टा भेरियन्टका कारण । डेल्टा वा भारतीय संस्करण नियमित मानिएको कोरोना वा पुरानो भन्दा बढी संक्रमणकारी, प्रशार हुने छ । यो यति संक्रामक छ कि वास्तवमा यसलाई एयरोसोलिज गरिएको सम्पर्कको केही सेकेन्डमा प्रसारण हुन थाल्छ । डेल्टा लागेको कोही बाहिर सास फेर्दै हिंडेको छ भने त्यो ब्यक्तिसित हिँडेको निकट हिँड्दापनि तपाईं बिरामी हुने अति संभावना छ । यसैले अष्ट्रेलियाको दुर्दशा निम्तिएको हो ।

ईतिहासकै सबैभन्दा कडा सिमा प्रतिबन्धहरु लगाए पनि तपाईंलाई डेल्टा कोविडबाट बचाउन सकिंदैन । केहिले बचाउन सक्दैन । अझै मानिसहरुको केही आवतजावत, हलचल त हुन बाँकीनै छ । चाहे व्यापार होस् वा कूटनीति वा अन्य बित्तिय केहि । र फेरि कोरोनाले धमाका पिट्ने छ ! यो फेरि हुन्छ र चौतर्फी हुन्छ । कमसेकम यसले जीवनलाई कठिन पार्ने छ । लकडाउन गर्नुपर्ने बनाउने छ ।

बेलायतको दुर्दशा हेर्नुस् । संसारको वाक्कलाग्दो देश । स्वास्थ्य सचिव, म्याट ह्यान्कक भर्खरै क्यामेरामा किस खाँदै, मुसार्दै गरेको अवस्थामा पक्राऊ परेका थिए । जसलाई उनको मुख्य सहयोगी बनाउँदै थिए । ती दुवैले विवाह गरेका थिए । त्यो ठिकै हुन्थ्यो भन्ने लाग्छ, यदि उनीहरूले आफ्नो कामपनि गरेको भए । तर तिनीहरूले गरेका थिएनन् । मलाई लाग्छ, तिनीहरू युवा वा बैंशले उन्मत्त बनाउने हर्मोन छचल्किएका किशोर किशोरीहरू जस्ता अभिनय गर्न अति व्यस्त थिए । म किन त्यसो भनिरहेछु ?

किनकि बेलायतमा अब अमेरिकामा भन्दा बढी कोभिड केसहरू छन् । अमेरिका यस्तो एक राष्ट्र हो जुन बेलायत भन्दा चार गुणा भन्दापनि ठूलो छ। प्रति व्यक्ति घनत्वलाई हेर्दा बेलायतले अमेरिकामा भन्दा प्रति व्यक्ति दश गुणा धेरै कोभिड घटनाहरू संक्रमण भोगिरहेको छ । र अमेरिकामा जस्तो हालत कोहिपनि ब्यहोर्न चाहन्न । यो देश कोविडमा नराम्ररी असफल भयो ।

खासगरि यो एस्ट्राजेनेका झन डेल्टा प्रतिरोधी छ । त्यसमापनि धेरैजसो बेलायतीले जम्मा एक खोप पाएका छन् । एउटा मात्रै डोज लगाएपछि त त्यसको प्रभावकारिता ३० प्रतिशत मात्रै हुन्छ । अधिकांश बेलायतीमा रोग प्रतिरोधी क्षमता (खोपका कारण) भएको यत्ति हो ।

बेलायत कोविडको डरलाग्दो तेस्रो छालमा जाँदैछ । बेलायती यस तथ्यलाई सामना गर्न चाहँदैनन् । यो विलम्ब गर्ने समय होइन । गर्मीयामको समय हो । ढिलोसम्म बाहिर रहने । भेटघाट गर्ने, रमाईलो मान्ने र मनाउने । भिडभाड जम्मा हुने । तथ्य यो हो कि बेलायतमा संक्रमण फेरि बृद्धि भइरहेको छ । र बेलायतमा स्पष्ट रूपमा लकडाउन फिर्ता गर्नुपर्ने आवश्यकता हुन गइरहेको छ । बेलायतीले धेरै समय गत वर्ष लकडाउनमै बिताएका थिए । बेलायतमा हुने लकडाउन अमेरिकामा जस्तो होइन । तपाईंसँग ठूलो घर हुन्न । वातानुकूलित आनन्द पनि छैन । तपाईंसित ठूलो कार र विशाल टिभी छैन । बेलायतमा गाह्रो छ । वास्तवमा सबैले यस विषयलाई बेवास्ता गर्न खोजिरहेका छन् । जस्तै डिनर भोजमा नरसंहार ल्याउन खोजिरहेको जस्तो देखिन्छ ।

र फेरि संक्रमणको संभावना उत्तिकै छ । किन ? डेल्टा भेरियन्टको कारणले । डेल्टाले बदला लिनेगरि बेलायतमा फैलिइरहेको छ । किनभने यो डेल्टा खोप प्रतिरोधीपनि छ । खासगरि यो एस्ट्राजेनेका झन डेल्टा प्रतिरोधी छ । त्यसमापनि धेरैजसो बेलायतीले जम्मा एक खोप पाएका छन् । एउटा मात्रै डोज लगाएपछि त त्यसको प्रभावकारिता ३० प्रतिशत मात्रै हुन्छ । अधिकांश बेलायतीमा रोग प्रतिरोधी क्षमता (खोपका कारण) भएको यत्ति हो ।

यस्तो स्थितिमा बिचारशिल ब्यक्तिले सोध्नुपर्छ : कसरि डेल्टा भेरियन्ट आयो ? अथवा यसको विकास कसरि भयो ? हामीले बिफर र पोलियो जस्ता ज्यादै खतरनाक रोग विश्वबाट निर्मूल पार्‍यौं । तर कोरोना भाईरसलाई निर्मूल पार्न भने किन सकिरहेका छैनौं ?

उत्तर यहि प्रश्नभित्रै लुकेको छ । हामीले कोरोना भाईरसलाई निर्मुल पारेनौं किनभने कोरोना भाईरसलाई निर्मुल गर्नै चाहेनौं । संझनुस् त, यो सबै कहिले शुरु भएको हो ? अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले त कोभिड भन्ने चिज अस्तित्वमै छैनसमेत भनेका थिए । बोरिस जोन्सनले बेलायतीलाई कठिन पार्न मात्रै चाहन्थे । अर्थात् लकडाउन नगरि जे हुन्छ हुन्छ भनेर संक्रमित हुनदिन चाहन्थे । बोलसोनारो र मोदीले कोरोना भाईरस सकेसम्म फैलिनै दिए । खासै नियन्त्रणमा चासो राखेनन् ।

अझ महत्वपूर्ण त के भने यस्तो घातक महामारीलाई निर्मूल पार्न, नियन्त्रण गर्न हामीले कुनै रणनिति बनाएनौं । केहि बनाइएन । कुनै योजना छैन । खोप पहिले यियि मान्छेले लिने भनिन्छ । त्यसपछि फेरि यो यो पुरुषहरुले, यो उमेरकाले लिने भनिन्छ, दिईन्छ । यसरिनै यो प्लेग जस्तो रोगलाई सबैबाट निर्मूल पार्न खोजिएको छ । अर्थात् यसरि नियन्त्रण गर्ने भनेर गतिलो कुनै कोष छैन । बिश्वब्यापी योजना छैन । यति हामी योगदान गर्छौं यति यति तपाईले, फलानोले योगदान गर्नुस् र साझारुपमा यो विश्वबाट निर्मूल पारौं भन्नेनै छैन ।

हामीसँग विश्वब्यापीरुपमै यो कोरोना हटाउनको लागि योजना वा रणनीति छैन । किनभने, बढ्दो राष्ट्रवाद र फासीवादको समयमा, कसले बाँकि विश्वको, अरुको ख्याल राख्छ ?

म अहिले जोड दिन, ब्याख्या गर्नपनि सक्दिन, यो बिपत्ती कति गम्भिर थियो । र भैरहेछ । औशत मानिसहरुको दिमाख त यसबारे सोच्नपनि नसक्ने बनाएको छ । धेरैको दिमाख सोच्नै नसक्नेगरि यो बिपत्तीले धोएको छ । तर विश्वाब्यापी योजना, लगानी, साथ र समर्थन, एजेन्डा र कोषले बिफर र र पोलियोमाथि बिजय हाँसिल गरिएको थियो । यि केहि पनि ब्यवस्थितरुपमा छैनन् अहिले । यसको अभावमा विश्वबाट कसरि कोभिडलाई हटाउन सकिन्छ ?

हामीसँग विश्वब्यापीरुपमै यो कोरोना हटाउनको लागि योजना वा रणनीति छैन । किनभने, बढ्दो राष्ट्रवाद र फासीवादको समयमा, कसले बाँकि विश्वको, अरुको ख्याल राख्छ ?

तर हामी सबै यहि विश्वका भाग हौं । विश्वकै एक अंशमा पर्छौं । त्यसैले यहाँ जे हुन्छ हामीलाई प्रभावित गर्छ । असर पार्छ ।

त्यसैले कोभिडलाई विश्वव्यापी रूपमा हटाउने स्पष्ठ योजनाबिना पूर्वानुमानजनक भयो । नयाँ प्रकारहरू देखापर्न थाले । धेरै संक्रामक देखियो र अधिक मानिस गम्भिर अवस्थामा पुगे ।

डेल्टा संस्करण भारतबाट फैलियो । जहाँबाट फैलियो त्यहिँका सरकार प्रमुख मोदी कोविडमा असफल भए । त्यसो त संसारलेनै त्यहि गर्‍यो । अर्थात् बाँकी संसारपनि असफल भयो । विशेष गरी धनी दुनियाँ झनै असफल भयो । किनकि धनीहरु त्यहाँ अर्थात् कोबिडलाई परास्त गर्नुपर्ने ठाउँ, सोचाईमा थिएनन् । र त्यस्तो ठाउँमा हुनेपनि होईनन् उनीहरु । भारतीयहरूका लागि पर्याप्त भ्याक्सिनहरू खोज्दाखोज्दै नयाँ प्रकारले देशभरि कोरोना भाईरसले फाँड्दै गयो ।

बाँकी संसारलाई किन पर्याप्त खोपहरू थिएनन् ? किनभने एक समन्वयनात्मक विश्वव्यापी रणनीति वा कोविडलाई उन्मूलन गर्ने योजनाको सट्टामा केहि बढी भयावह र भयंकर घटना भए । कोविड खोपहरू विशाल कर्पोरेट ब्यापारी, लगानीकर्ता, एकाधिकारप्राप्तहरूलाई हस्तान्तरण गरियो । तिनीहरू सबै सार्वजनिक सामानको रूपमा विकसित भएका थिए । सार्वजनिक कोष लगाएर सार्वजनिक संस्थानहरूमा । एक हप्तामा बिल गेट्स जस्ता शक्तिशाली व्यक्तित्वहरूको सल्लाहमा तिनीहरू विशेष रूपमा फार्मा कम्पनीहरूलाई हस्तान्तरण गरियो । खुला स्रोत, पहुँचमा हुनुको सट्टा विश्वमा कुनै पनि सुविधामा निर्माण गर्न भनेर अनुमति दिइयो । त्यसलाई स्वास्थ्यमुखि, आम नागरिकको सेवामुखि भन्दा नाफामुखि बनाइयो ।

हामीले विश्वलाई खोप लगाईरहेको भन्दा छिटो प्रशारित छन् ति भेरियन्ट । किनभने खोप चिप्लेकिराको गतिमा लगाईएको छ । यसो गर्दा विशाल कर्पोरेसनहरू र अरबपतिहरूले लाभ उठाउन सक्दछन् ।

विश्वका धनी देशहरू – अमेरिका, क्यानडा, जर्मनी । त्यसपछि पेटन्ट संरक्षणको लागि बारम्बार धक्का दिइयो । यो विश्व ब्यापार संगठन (डब्ल्युटिओ) । जब उनीहरूले कोभिड हटाउनको लागि विश्वव्यापी प्रयासको नेतृत्व गर्नुपर्ने थियो त्यसलाई नाफामुखि बनाउनतिर लागियो ।

त्यसैले अब हामीसँग नयाँ नयाँ भिन्नताहरू देखा परेको छ । हामीले विश्वलाई खोप लगाईरहेको भन्दा छिटो प्रशारित छन् ति भेरियन्ट । किनभने खोप चिप्लेकिराको गतिमा लगाईएको छ । यसो गर्दा विशाल कर्पोरेसनहरू र अरबपतिहरूले लाभ उठाउन सक्दछन् ।

के यसैगरि यस्तो डरलाग्दो रोगलाई निर्मूल पार्न सकिन्छ । रोग निर्मूल पार्नतिर होइन कसरि नाफालाई उच्च बनाउने र धेरै कमाउने भन्नेतिर छ सोच । थोरै भन्दा थोरै नाफाकोपनि हिसाब हेरिएको छ । त्यो नाफाका लागि बाँकि विश्वले मूल्य चुकाईरहेको छ । बाँकि विश्वको भविष्य, स्वास्थ्यको मूल्य चुकाएर, भाग्य र भविष्यको अधिकतम मूल्य चुकाएर नाफा कमाउन खोजिएको छ । केहि ब्यक्ति, ब्यापारिक घराना र धनाढ्यकालागि ।

मलाई धेरैले भन्छन् ‘साथी कोबिड त कहिल्यै हराउला जस्तो छैन । यो टाढा जाला जस्तो छैन ।’ हो, नयाँ भेरियन्टहरु निस्किँदै जान्छन् । हामीलेनै त्यसलाई उठ्न, फैलिन, विकास हुन दियौं । यसलाई निर्मूल पार्ने मौकानै गुमायौं । यो अंकगणित वा हिसाब क्रुर छ । यो सिधा छ । किनभने सबै विश्वले पूर्ण खोप लगाउला, खोप पाउला भन्ने निस्चितपनि छैन । त्यो अपेक्षा गरिएकै छैन । यो एक किसिमले भन्ने हो भने गुलावी प्रोजेक्ट हो । कम्तिमापनि सन् २०२४ सम्म त्यो पुरा हुने छैन र यो गुलावी परियोजना देखिने निस्चित छ । किनभने पर्याप्त खोप निकाल्ने क्षमतानै छैन अहिले । किन छैन भने यसको भित्रि कारण र उद्देश्य भनेको पैसा कमाउनु हो । हामी सन् २०२८ मा पुग्दापनि सम्पूर्ण विश्वलाई खोप लगाइएको हुने छैन ।

तपाईलाई यो असम्भवव लाग्न सक्छ । किनकि तपाई धनी देशमा हुनुहुन्छ । धनी देशमा वातानुकूलित लक्जरीमा बस्नुहुन्छ । तरपनि तपाईको यो बुझाई गलत छ । किनभने डेल्टा पहिलेनै खोप पचाउन सक्ने भैसक्यो । त्यसैले यो थप संक्रामक छ र हुँदै जाने छ । र अधिक गम्भीर छ । अर्को संस्करण अझ अधिक संक्रामक र गम्भिर हुने छ । त्यसपछिका झन झन संक्रामक । र यस्तै यस्तै गरेर भाईरसको रुप अगाडि बढ्छ ।

यो कोरोना भाईरसबाट छुट्कारा पाउनसक्ने, हामी सबैको लागि अहिले आशा गर्न सक्ने उत्तम कुरा कोविड एउटा नयाँ फ्लू जस्तो होस् जसको लागि हामी वार्षिक वा द्विवार्षिकरुपमा सुई लिन जानुपरोस। जीवन त्यति भयो भने धेरै सामान्य हुन्थ्यो । त्यो संभव छ । तर त्यो ढिलो हुनेछ । यसले आधा दशक लिन्छ, सायद अझ बढीपनि लेला ।

अधिक संभावना चाहिं के छ ? अहिलेको दृश्य हेर्दा कोविड कहिल्यै टाढा जान सक्दैन । निर्मूल हुन्न । यहाँ कोबिडका रूपहरु र खोपहरू बीच एक स्थायी, अनिश्चित हतियार दौड छ । कहाँ ? यदि तपाईं धनी हुनुहुन्छ भने तपाईंले भर्खरको वा पछिल्लो, सबैभन्दा भरपर्दो खोप लिन सक्नुहुन्छ । यस्तो खोप लिँदा थोरै सजिलो हुन्छ । आराम मिल्छ । तर समाजमा धनी व्यक्तिहरूपनि पैसा कमाउनकालागि मुसा र बिरालोको खेल खेलिरहेका छन् । त्यसैले रोगको छालहरूले फेरि लकडाउन गर्नुपर्ने अवस्था, लहरहरु छालहरू निम्त्याउँछ । ती नयाँ स्वरुपहरु साँच्चिकै अन्त्य हुँदैनन् ।

समाजमा धनी व्यक्तिहरूपनि पैसा कमाउनकालागि मुसा र बिरालोको खेल खेलिरहेका छन् । त्यसैले रोगको छालहरूले फेरि लकडाउन गर्नुपर्ने अवस्था, लहरहरु छालहरू निम्त्याउँछ । ती नयाँ स्वरुपहरु साँच्चिकै अन्त्य हुँदैनन् ।

यो सबैले के देखाउँछ ? कोरोना भाईरस एउटा नयाँ प्लेग हो । यसले यस्तो विपत्तिहरू स्रिजना गर्छ कि त्यो लामो समयसम्म हटेर जान्न । प्लेग यस्तो चीज हो जुन दशक, शताब्दी, सम्पूर्ण युगसम्म परिभाषित गरिएको थियो । कोबिड त्यस्तै हुनसक्छ ।

हामी महामारीको बारेमा सोच्दछौं । यो अस्थायी, अचानक हुन्छ । रोगका छालहरूजुन छिटो आउँछन् र तिनलाई छिट्टै मासिने छ । छिटो आएको छाल त्यसपछि छिटो झर्छ । जति छिटो आयो त्यत्तिकै छिटो । तर अहिलेको महामारी अचानक आयो । हिंसात्मक भएर आयो । यो अस्थायी, अल्पकालीन चीज जस्तो देखिएन । यो आधुनिक युगको हो किनभने हामीसँग रोगसित लड्न औजार छ । उपकरणहरू केवल खोपहरू जस्तै छैनन् । तर सिर्जना गर्ने र निर्माण गर्ने तरिकाहरू ठिक छैनन् । र तिनीहरूलाई वितरण र साझेदारी द्रुत गतिमा लैजाने मनशाय छैन । जहाँ जहाँ खोपहरू अधिक चाहिएको थियो त्यहाँ पुर्‍याउने मनशाय छैन । प्लेग दशक, शताब्दीसम्म रह्यो किनकि ती उपकरणहरू त्यो बेला थिएनन् । प्लेग रोग बढी प्राकृतिक अवस्थाको महामारीको रुपमापनि थियो ।

हामीले यस पटक ती उपकरणहरू प्रयोग गरेनौं । हामीसँग कोविडलाई समाप्त गर्ने योजनापनि थिएन । हामीले संसारको बारेमा धनी पश्चिमीहरूको त्यति वास्ता गरेनौं । हामीले एक अर्काको मात्र चिन्ता गर्‍यौं । हाम्रा नेताहरूले महामारीको उपचार गर्ने नाममा अति धनीलाई पैसा छाप्ने लाईसेन्स दिँदा आँखा चिम्लेर सहमति दियौं । अझ सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा सहने भयौं । र पछिल्लो विश्व युद्ध पछि सबैभन्दा ठूलो संकटको रूपमा मान्यौं ।

त्यसैले कोविड महामारीबाट प्लेगमा परिणत भइरहेको छ । उचित उपायको अभाव, सोच, र रोकथामका कारणको अभावले त्यो भैरहेको छ । हाम्रा कुलीन वर्ग जसले यसलाई सार्वजनिक स्वास्थ्य आपतकालको सट्टा अर्को पैसा कमाउने अवसरको रूपमा व्यवहार गरे । यो अब क्षणिक महामारी होइन एक वर्ष वा दुई वर्ष पछि हट्ने । अब यो प्लेग हो । यस्तो प्लेग जुन यहाँ रहनको लागि विकास भएको छ । यसले इतिहासको युगभरिनै परिभाषित गरेर बस्ने छ ।

र, प्लेगको विपत्तिको समयमा जस्तै हुने छ यो कोभिडको समयमापनि । धनी अझ धनी हुँदै जान्छ । औसत व्यक्ति धनी हुने कोसिसमा दौडन र लुक्न कोशिस गर्नेछ । र गरिबहरु मर्ने छन् ।

(मेडियम डेली डाईजेस्टमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया

फेसबुक