शुक्रबार, चैत १६, २०८०

बेलायतमा पत्रकार महासंघका दुई शाखा, केन्द्रमा उजुरी

नेपालप्लस संवाददाता / बेलायत२०७८ असार १८ गते २०:०१

नेपाल पत्रकार महासंघ बेलायतको समानान्तर कमिटी

नेपाल पत्रकार महासंघ बेलायतको हालै सम्पन्न अधिवेशनमा धाँधली भएको आरोप लगाउँदै असन्तुस्ट पक्षले महासंघको समानान्तर समिती गठन गरेपछी प्रवासमा रहेका पत्रकार महा संघका शाखाहरुको आवश्यकतामा प्रश्न खडा भएको छ ।

यस अघि युरोप शाखाको समानान्तर समिती बनिसकेको छ । बेलायतमा गत १३ जुनामा भएको अधिवेशनमा शाखा कार्य समितिले गरेका निर्णयहरु विपरित निर्वाचन समितिले मनोमानी ढंगले गलत र एक पक्षको स्वार्थपुर्तीका लागि प्रकृया अघि बढाएपछी विवाद उत्कर्षमा पुगेको थियो ।

निर्वाचन समितिको एकतर्फी निर्णय र धाँधलीका विरोधमा अध्यक्ष र महासचिवका उम्मेद्वारहरुले नेपाल पत्रकार महाँसंघ केन्द्रिय कार्यालयमा उजुरी समेत दर्ता गराएका छन ।

सभापतीका दुईजना र महासचिवका एक जना उम्मेद्वारले छुट्टाछुट्टै दर्ता गराएका उजुरीहरुमा कार्य समितिको निर्णयलाई वेवास्ता गर्दै निर्वाचन समितिले एउटा पक्षको लागि काम गर्नुले पनि सम्पूर्ण प्रकृया शंकाको घेरामा रहेको उल्लेख गरेका छन् ।

गत मे ९, २०२१ मा सम्पन्न कार्यसमितिको अन्तिम पुर्ण बैठकले भर्चुअल रुपमा अधिवेशन गर्ने सहमति गरि निर्वाचन समिति गठन गरेको थियो । यो प्रस्ताव निर्वाचन समितिका संयोजक रमेश सिंह साराङकोटीलाई राख्ने सहमति पनि बैठकमा भएको थियो । त्यहि प्रस्तावको आधारमा निर्वाचन समितिलाई विस्तार गरिएको थियो ।

तर कार्य समितिको निर्णय र सहमति विपरित निर्वाचन समितिले पोस्टल भोटिङका आधारमा अधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेपछी विवाद चुलिएको हो । निर्वाचन समितिका सदस्यहरु नै एउटा पक्षलाई जिताउन सक्रिय देखिएको, हुलाक मार्फत पठाइएका मत ब्यक्तिका घरमा मगाउनु, निर्वाचन समितीका सदस्यहरु अन्य स्वार्थ समुहका बैठकमा सामेल हुनुले पनि सुनियोजित तवरले एक पक्षलाई जिताउने चलखेल भएकोले अधिवेशनको पारीणाम आफुहरुलाई मान्य नभएको उजुरिकर्ताहरुले उल्लेख गरेका छन ।

तर निर्वाचन समितिका एक जना सदस्य तथा शाखाका पुर्व अध्यक्ष नविन पोखरेलले आफुले निर्वाचन समितिको सदस्यको रुपमा कुनै आग्रहरहित काम गरेको बताए । उनले भने- “समुदायमा बसेपछी कसैसँग भेटघाट र अन्य कुनै विषयमा छलफल हुनु सामान्य हो । निर्वाचनको परिणाम प्रभावित हुने खालका कुनै क्रियाकलाप भएका थिएनन् ।”

उता पत्रकार महासंघले उजुरिको विषयमा अहिलेसम्म सम्बोधन गरेको छैन । तर महासंघ आवद्द एक केन्द्रिय सदस्यका अनुसार महासंघले युरोप शाखा र बेलायत शाखाका उजुरीहरुमा छनविन गर्न एउटा छुट्टै समिती बनाउने तयारी गरिरहेको छ ।

यता असन्तुस्ट पक्षले भने निर्वाचित भनिएको समितिलाई ‘सस्पेन्ड’ गरेर छानविन थाल्नु पर्ने माग गरेको छ । अधिवेशन सम्पन्न गराउन केन्द्रिय प्रतिनिधि तोकिएका बरिष्ठ पत्रकार भागीरथ योगीले पनि आफ्नो रिपोर्ट यसैसाता केन्द्रलाई बुझाएका छन । जसमा निर्वाचन समितिले एक पक्षिय ढंगले परिणाममा प्रभाव पर्नेगरी काम गरेको र निर्वाचन समितिका सदस्यहरु नै कुनै उम्मेद्वारको चुनाव प्रचारमा लागेको देखिएको उल्लेख गरिएको एक जना केन्द्रिय सदस्यले बताए । ति सदस्यका अनुसार ति केन्द्रिय प्रतिनिधिले सहमतिमा अधिवेशन गराउन गरेको पटक पटकको आग्रहलाई निर्वाचन समितिले वास्ता समेत गरेको थिएन ।

योगीले पुराना निर्णयहरुलाई आधार मानेर सहमति जुटाउन अन्तिमसम्म पहल गरेका थिए । तर बनेन । पछिल्लो समय महासंघका प्रवासी शाखाहरुमा देखिएका विवादहरु खास गरेर जातिय र राजनीतिक आग्रहका आधारमा हुने गरेका छन् ।

युरोप शाखाको अधिवेशन नेपाल पत्रकार महासंघका तत्कालिन केन्द्रिय अध्यक्ष शिव गाउँलेको उपस्थिती मै भएको भएपनि हाल जातिय र राजनीतिक एजेण्डा लिएर हिंड्नेहरुको बर्चस्वमा गएको छ। अहिलेपनि नेपाल पत्रकार महासंघ युरोप (केन्द्रद्वारा मान्यता प्राप्त भनिएको प्रेम परियार नेत्रित्व) जातिय एजेण्डा लिएर हिंड्ने ब्यक्तिहरुकै हातमा अल्झिएको छ ।

बेलायतका एक जना पुराना पत्रकार भन्छन- ‘अब बेलायतमा पनि जातिय नारा भित्रिएको छ जुन पत्रकारहरुको हक हितमा पटक्कै छैन ।’

उनका अनुसार युरोपका केजिन राई, बेलायतका चिरन शर्मा र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले आफ्ना राजनीतिक र जातिय एजेन्डालाई मलजल पुग्ने गरी काम गरे जसको फल अब देखिंदै छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक