शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाका २०० कम्पनी साईबर आक्रमणमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार १९ गते १५:३३

अमेरिकाका कम्तिमा दुई सय कम्पनीहरु साईबर आक्रमणमा परेका छन् । कासेया द्वारा सन्चालित कम्प्युटरहरुको उपकरण सन्जाल प्रवन्धन कम्पनीमाथिनै शुक्रवार साईबर आक्रमण गरिएको थियो । यस लगत्तै अमेरिकी आइटी कम्पनीले ब्यवशायीहरुलाई बच्न आफ्नो सर्भर बन्द गर्न आग्रह गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याब्सले रेडडिट फोरममा यो हमलामा लक्षित साझेदारहरूसँग मिलेर काम गरिरहेको हुन्टेस ल्याब्सले जनाएको छ । आक्रमणले करिब २०० व्यवसायी कम्पनीहरुलाई मार परेको बताएको छ ।

आक्रमणकारीहरुले उनीहरुको तथ्यांकको पद्दतीमै आक्रमण गरेर अबरुद्द गरिदिएकाले अब ति कम्पनीले फेरि डाटा पद्दतीकालागि रकम तिरेर आफ्नो डाटामा पहुँच बनाउनुपर्ने छ ।

कासेयाले आफूलाई सानो र मध्यम आकारको व्यवसायको आईटी र सुरक्षा प्रबन्धन सेवाहरूको एक प्रमुख प्रदायकको रूपमा दबी गरेको छ ।

“हामी घटनाको मूल कारणको बारेमा धेरै सावधानीका साथ अनुसन्धान गर्दैछौं । तर हामीबाट अर्को सूचना नपाएसम्म तुरून्त आफ्नो भिएसए सर्भर बन्द गर्नुहोस्” कासेयाले रेडडिट फोरममा राखेको सूचनामा भनिएको छ ।

तपाइँको प्रतिक्रिया