बिहीबार, वैशाख १३, २०८१

क्याथोलिक धर्मावलम्भीहरुको मुख्यालय भ्याटिकन भित्रै बित्तीय घोटाला : १० ब्यक्तिमाथि अभियोग

नेपालप्लस संवाददाता / पेरिस२०७८ असार १९ गते १६:०९

रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनभित्रै बित्तीय घोटाला भएको गम्भिर आरोप लागेको छ । भ्याटिकन भित्र भएको उक्त बित्तीय घोटालामा एक जना रोमन क्याथोलिक चर्चको उच्चस्तरिय पादरी (कार्डिनल) सहित १० जनामाथि अभियोग लागेको छ ।

कार्डिनल पोपभन्दा मुनि रहन्छन् । कार्डिनललाई पोपलेनै नियुक्त गरेका हुन्छन् । कालान्तरमा पोपलाइ प्रतिस्थापन गर्नेपनि कार्डिनललेनै हो ।

फ्रंस २४ न्युजका अनुसार भ्याटिकनका एक न्यायाधीशले शनिबार इटालियन कार्डिनल एन्जेलो बेकियु र अन्य नौ जनालाई सम्भावित आर्थिक अपराधमा संलग्न रहेको भन्दै अनुसन्धानकालागि आज शनिवार आदेश दिएका छन् । उक्त ठगीमा सम्पत्ती दूरुपयोग वा हडपेको, मनी लान्डरिंग, ठगी, जबरजस्ती र कार्यालय दुरुपयोग समेत गरिएको उल्लेख छ ।

भ्याटिकनका एक न्यायाधीशले आजै शनिवार इटालियन कार्डिनल लगायत अन्य नौ जनालाई सम्भावित आर्थिक अपराधहरू सम्बन्धी, पैसा चोरी, मनी लाउण्डरिङ, जबरजस्ती र शक्तिको दुरुपयोग सहित मुद्दा दायर गरेका छन् ।

अभियोग लगाएकाहरूमध्ये कार्डिनल एन्जेलो बेकियुका साथै भ्याटिकनको वित्तीय खुफिया इकाईका पूर्व प्रमुख र दुई इटालियन दलाल (ब्रोकर्स) पनि छन् जो भ्याटिकनले लन्डनको विलाशी क्षेत्र (लक्जरी डिस्ट्रिक्ट) मा भवन किन्दै गरेको लेनदेनमा संलग्न छन् ।

दुई वर्षको छानबिन

फ्रंस २४ न्युजका अनुसार कार्डिनल एन्जेलो बेकियुलाई पोप फ्रान्सिसले गत वर्ष उनको पदबाट बर्खास्त गरेका थिए । आर्थिक घोटाला र शक्तिको दुरुपयोगको अभियोग लागेका उनले जहिले पनि दुई वर्षको अनुसन्धानमा आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए ।

चर्चको कानून अनुरूप पोप फ्रान्सिसले न्यायाधीशलाई कार्डिनल बेकियुमाथि अभियोग लगाउने निर्णयलाई व्यक्तिगत रुपमा अनुमोदन गरिसकेका छन् । उनी वित्तीय अपराधको माथि लागेका अभियोगमा भ्याटिकनको सर्वोच्च अधिकारी बन्ने गर्छन् ।

यो अपराध अभियोगको परीक्षण भ्याटिकनमा जुलाई २७ मा खुला हुने रोयटर्सले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया