बिहीबार, वैशाख १३, २०८१

विश्वभरि फैलिँदै डेल्टा भेरियन्ट: कतै लकडाउन, कतै कडा प्रतिबन्ध

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २० गते ५:०१

भारतीय उत्परिवर्तित वा भारतमा स्वरुप बदलेको कोरोना (डेल्टा भेरियन्ट) को खतराको सामना गर्दागर्दैपनि धेरै देशहरूले सावधानी, सुरक्षा र कडाईका पेचकस कडा पार्दै लगेका छन् ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले पर्यटनलाई पुनर्जीवित पार्ने आशामा स्वास्थ्य पाससहित भ्रमण सुरु गर्दा युरोपमा डेल्टा संस्करणले महामारीको नयाँ छालको खतरा हुने चेतावनी दिएको छ । अफ्रिका र एशियामा संक्रमितहरूको संख्या खतरनाक दरमा बढ्दैछ । यस खतराको सामना गर्दै देशहरूले स्वास्थ्य प्रतिबन्धहरू पुनर्स्थापित गरेका छन् ।

धेरै युरोपेली देशहरूले अँध्यारा दिनको अन्त्य देखिएको भन्दै बिस्तारै आफ्नो स्वास्थ्य प्रतिबन्धहरु हटाउँदै लगेका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले भने कोभिड १९ संक्रमण संख्या युरोपेली क्षेत्रमा गत हप्ता १० प्रतिशतले वृद्धि भएको जनाएको छ । क्षेत्र भन्नाले डब्ल्यु एच ओले ५३ वटा क्षेत्रलाई भनेको छ । “यो मानिसहरुको भिड लाग्नु, भ्रमण खुला गराउनु, जमघट र सामाजिक प्रतिबन्धको विश्रामले गर्दा बढेकोले हो” डब्ल्यूएचओले भनेको छ ।

एशिया र अफ्रिकालाई पनि बचाएको छैन नयाँ भेरियन्टले । युरोपमापनि यो बढिरहेको छ । अष्ट्रेलियाले त आफ्ना सिमा बन्द हुँदापनि डेल्टाको संक्रमण भोगिरहेकै छ । यसैको नतिजा स्वरूप कोरोना भाइरस महामारीमा भएको ठूलो उथलपुथलको कारण केही देशहरूले संक्रमण रोक्नका लागि पुनः प्रतिबन्धका उपायहरू स्थापना गर्ने निर्णय गरेका छन् ।

                         युरोप

पोर्चुगल : स्वास्थ्य अधिकारीहरुको रिपोर्ट अनुसार गत बुधवार २४ घण्टामा २,००० नयाँ केसहरुलाई पार गर्‍यो । जुन ३० पछि यो बढेको देखिन्छ । फेब्रुअरीको मध्यदेखि उच्चतम स्तर हो यो । १० करोड जनसंख्या भएको यो देश सामान्य नियन्त्रणमा थियो । कोरोना भाइरसको डेल्टा भेरियन्ट मुख्य हुन गएको छ । यसैले अधिकारीहरूले लिस्बनलगायत ४५ नगरपालिकाहरूमा शुक्रवार २ जुलाईदेखि राती कर्फ्यू पुनः स्थापना गर्ने निर्णय गरे । पहिले नै लिस्बन र दुई अन्य नगरपालिकाहरूमा रहेका क्याफे र रेस्टुरेन्टहरूको खुल्ने समयपनि घटाइएको छ । यसलाई अन्य १६ नयाँ शहरहरूमा विस्तार गरिनेछ । यी प्रतिष्ठानहरूले अन्य दिनमा बेलुका १०:३० बजे ढोका बन्द गर्नुपर्नेछ। सप्ताहन्तमा अपरान्ह ३:३० बजे ।

रुस : मस्कोमा डेल्टा भेरियन्टले उथलपुथलनै बनाएको छ । कोरोना भाईरसरुपी रूसी भूकम्पको केन्द्रबिन्दु हो मस्को । कम्पनीका ३० कर्मचारीका लागि टेलिवर्किङ वा घरमै बसेर इन्टरनेटमार्फत काम गर्न अनिवार्य गर्ने घोषणा गरिएको छ ।

जर्मनी : बर्लिनले पोर्चुगल र रसियालाई पनि डेल्टा भेरियन्ट संस्करण भनेर सूचिबद्द गरेका देशहरूको सूचीमा समावेश गरेको छ । त्यसैले यी दुई देशबाट हुने सबै आगमनलाई निषेध गरेको छ । बेलायतमा डेल्टा भेरियन्ट बढेकाले युरोपेली युनियनका सदस्य राष्ट्र सबैमा बेलायतीहरुको आगमनमा प्रतिबन्ध गर्नुपर्ने पक्षमा छ जर्मनी ।

स्पेन: मास्क लगाउन शनिबार जून २६ पछि बाहिर अनिवार्य छैन । तर बेलारिक द्वीपसमूहमा विद्यार्थीहरुले गरेको यात्राको परिणामस्वरूप कोभिड १९ को सयौं घटना देखिएका छन् । त्यहाँ कोरोना भाईरसका विशाल झुण्ड देखा परेको छ । केही हजार युवालाई क्वारेन्टाइनमा राखिएको छ । यो समस्या मुलत देशको सात क्षेत्रमा देखापरेको छ ।

बेलायत: बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले जुलाई १९ तारिखमा स्वास्थ्य संवन्धि सबै प्रतिबन्ध उठाउने लक्ष्य राखेका छन् । युरोपेली देशले ठूलो महामारी भोगेको छ । एक लाख २८ हजारले ज्यान गुमाएका छन् । युनाइटेड किंगडन बिस्तारै मार्च पछि तेस्रो लकडाउनबाट बाहिर निस्किएको हो । तर केही प्रतिबन्धहरु अझै बाँकी रहेका छन् । अब नाइटक्लब्स पुन: खोलिने भएको छ ।

                                    एशिया

बंगलादेश: यहाँ सरकारले डेल्टा भेरिएन्टलाई जिम्मेवार ठान्दै चिन्ताजनक र खतरनाक त भनेको छ । तर संक्रमणमा ब्यापक बृद्धिपनि गरेको छ । बिहीवार जुलाई १ का दिन यहाँ एक हप्ताको स्वास्थ्य नियमसहित कडाई घोषणा गरियो । यो लागू गर्न सेना खटाइएको छ । अस्पतालहरू अतिनै भरिएका छन् । विशेष गरी भारतको सिमानामा पर्ने इलाकामा मानिसहरु ओइरिएका छन् ।

इन्डोनेसिया: राष्ट्रपति जोको विडोडोले बिहीबार जुलाई १ मा आपतकालिन प्रतिबन्ध लगाइने घोषणा गरे । किनभने त्यहाँ स्वास्थ्य प्रणाली पनि बिग्रन लागेको छ । हिजो शनिबार जुलाई ३ देखि लागू भएको छ र जुलाई २० सम्म राजधानी जकार्ता, जाभा टापु र बालीमा लागू गरिने छ । किनभने यि तिन क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित छन् ।

उज्बेकिस्तान : यो मध्य एशियाली देशले गत हप्ता दैनिक कोरोना भाइरस संक्रमणमा यस वर्षकै रेकर्ड बनाएको छ । अहिले राजधानीमा प्रतिबन्ध लगाएको छ । त्यहाँका अधिकारीहरूले आफ्नो क्षेत्रमा डेल्टा भेरियन्ट पहिचान गरेको घोषणा गरेका छन् । बस र कारद्वारा राजधानी ताशकन्द प्रवेश गर्नका लागि जरुरी कारण नभए बन्देज गरिएको छ । त्यहाँ जुन २८ देखि २ हप्ताका लागि घोषणा गरिएको थियो । यो मुख्यतया मुस्लिम मुलुकमा महामारीको व्यवस्थापन गर्ने जिम्मामा रहेको सरकारी आयोगले पनि मस्जिद बाहिरै प्रार्थना गर्न सिफारिस गरेको छ ।

                               ओशिनिया

अष्ट्रेलिया: विदेशबाट आउने यात्रीहरूका लागि क्वारेन्टाइनको व्यवस्थामा कमीका कारण यस देशले पनि डेल्टा भेरियन्टको सामना गरिरहेको छ । दुई करोड ५० लाख मध्ये एक करोड अष्ट्रेलियालीहरु धेरै शहरहरूमा लकडाउनमा बसेको बताइन्छ । शुक्रवारसम्म, सिडनी र ब्रिस्बेनका कुल १ करोड मानिसहरु महामारीको प्रकोप पछि अझै लकडाउनमै सीमित थिए । एलिस स्प्रिंगहरू, पर्थ, डार्विन र क्वीन्सल्याण्डको गोल्ड कोस्टमा लिईएका फ्ल्याश कन्ट्यामेन्ट लकडाउन उपायहरू हटाईएको छ । तर डेल्टा भेरिन्टको संक्रमण भएका सामूहिक झुण्डहरु बढ्ने क्रम जारी छन्, विशेष गरी सिड्नीमा । प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलिया यात्रा गर्नसक्ने यात्रीहरूको संख्या आधा घटाइने घोषणा गरेका छन् । अष्ट्रेलियामा वाणिज्य, ब्यापारमा संलग्न ब्यक्तिहरुलाई मात्रै प्रत्येक हप्ता केवल ६,००० मानिस उडानमा अवतरण गर्ने अनुमति दिईएको छ । त्यस उनीहरू दुई हप्ता होटेलमा अनिवार्य क्वारेन्टाईन बस्नुपर्छ ।

                                 मध्य पूर्व

इजरायल: हिब्रू राज्यले शुक्रबार जुन २५ मा संक्रमण बढेकाले नयाँ प्रतिबन्धको घोषणा गर्‍यो । विशाल खोप अभियानको कारण स्वास्थ्य संकटबाट बाहिर आउने पहिलो मुलुक भन्दै गर्व गर्ने यो देशले सार्वजनिक स्थान र व्यवसायिक क्षेत्रमा मास्क लगाउनुपर्ने नियम पुनःस्थापित गरिसकेको छ ।

                                 अफ्रीका

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आइतवार जुन २७ मा आफ्नो देशमा नयाँ प्रतिबन्ध घोषणा गरे । यो देश अफिकी महादेशमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबै भेलाहरू चाहे घर भित्री होस् वा बाहिरी निषेधित छ । बढीमा ५० जना भेला हुन पाउनेगरि अन्त्येष्टिकालगि मात्रै छुट छ । रक्सीको बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । पहिले नै लागू गरिएको कर्फ्यू एक घण्टाले बढाइएर बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म बनाइएको छ ।

ट्युनिसिया: राजधानी ट्युनिस र देशको उत्तरमा समुद्री किनारको भिसेर्टे शहरलाई बिहीबार, जुलाई १ बाट आंशिक लकडाउनमा राखिएको थियो । त्यहाँ भेला गर्न प्रतिबन्ध लगाइएको छ । क्याफे र रेष्टुरेन्टहरू केवल बाल्कोनीमा बसेर खान वा बाहिर लैजान (टेक अवे) सकिन्छ । सार्वजनिक महोत्सव, खेलकुद, सांस्कृतिक कार्यक्रम र सामूहिक प्रार्थनाहरू पनि १४ जुलाईसम्म निषेध गरिएको छ । त्यसलाई ग्रेटर ट्युनिसको चार क्षेत्र र समुद्री किनारका शहरहरू सोसे र मोनास्टिरमा प्रतिबन्धित गरिएको हो ।

(नेपालप्लसको साथमा फ्रंस २४ न्युज, एएफपी र मेडियम डटकम)

तपाइँको प्रतिक्रिया