शुक्रबार, वैशाख ७, २०८१

एनआरएन अमेरिकाको साधारण सभामा हात हालाहाल, अपहरण शैलीमा सभा

नेपालप्लस संवाददाता / अमेरिका२०७८ असार २० गते ११:१३

कार्यक्रममा भएको भाँडभैलोको द्रिष्य । फोटो-शैलेश श्रेष्ठको फेबु

हिजो शनिवार एनआरएनए अमेरिकाको साधारण सभाभित्रै हात हालाहाल भएको छ । कार्यक्रममा अप्रिय घटना हुनसक्ने देखिएपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

मारपिट हुनबाट जोगाउन खटिएका सुरक्षाकर्मी, फोटो-राजन पन्तको फेबु

शनिवार सम्पन्न साधारणसभामा कार्यसमितिका नवनियुक्त सदस्यहरुले सपथ लिने कार्यक्रम थियो । उद्धघाटनसत्रमा आफ्ना व्यक्तिलाई बोल्न नदिएको झोंकमा पौडेल पक्षले हाहु मच्चाएको थियो ।

संघका पूर्व अध्यक्ष डा केशव पौडेल मुड्की ताकिरहेको द्रिष्यसहितको गन्जागोल । फोटो-शैलेश श्रेष्ठको फेबु

संघ पूर्व अध्यक्ष डा. केशब पौडेलले अध्यक्ष सुनिल शाहमाथि हातपातको प्रयास गरेको शाह पक्षले लगाएको छ । साधारणसभामा हातपातको प्रयास भएपछि कार्यक्रम हलमा सेक्युरिटी परिचालन गरिएको कार्यक्रममा उपस्थित सुनिल घिमिरेले बताए ।

कडा सुरक्षाका बीच एनआरएनए अमेरिकाका नव नियुक्त अध्यक्ष बुद्दी सुबेदीको टिमलाई सपथग्रहण गराइएको थियो।

यो घटनापछि एनआरएनए अमेरिकामा नयाँ बिवाद, आक्रोश र आरोप प्रत्यारोपहरुपनि शुरु भएका छन् । साधारण सभामा भएको हातै हालाहाल र झगडाको विषयलाई लिएर नेपालीहरुले रोश प्रककटसमेत गरेका छन् । हेरौं केहि ब्यक्तिले सामाजिक सन्जालमा ब्यक्त गरेका भनाई –

शैलेश श्रेष्ठ

अन्तत: अग्रज अभियन्ता खगेन्द्र क्षेत्री सहितका दलगत राजनीतिमा रमाएका थुप्रै मानिसहरुको सहजकर्ताको भूमिकाका कारण एनआरएनए अमेरिकाको नव-निर्वाचित टिमले अपहरणको शैलीमा आज हाम्रो संस्थामा कब्जा जमायो । निवर्तमान हुनै लागेका सुनिल साहको टिमलाई विधिवत अरु कही घण्टा बैधानिक अस्तित्वमा रहन दिएर सपथग्रहण गरेको भए के नै बिग्रन्थ्यो र ? अब शंकाले लंका जलाउँछ । मैले त बिगतदेखि यिनीहरुलाई शंकाकै घेरामा राखेको हूँ। आज मंचित नाटकको पहिलो दृश्यले उनीहरुको बैधता माथि थप प्रश्न उठ्नेछन अनि उठाईने छ। भिड र हुलहुज्जतले कुनै कर्मको जस्टिफिकेसन हुँदैन । यिनीहरुले मन्चन गरेको यहि दुर्भाग्यपूर्ण घटनाले थप सन्देह सहित यिनीहरुका कर्तुतहरु छताछुल्ल बाहिर आउने छन् । यिनीहरुले आज मन्चन गरेको दम्भ छिचिमिराले उची उडान भरे जस्तो मात्र हो।

धर्म भट्टराई

बल मिचाइले नै सस्था चल्ने भए अबको दुई वर्ष ज्यान बनाइन्छ । हल्का जिम गरिन्छ । अनी टयाटु र मुन्द्री लगाएर अर्को साधारण सभामा भाग लिइन्छ । किनकी ठेलम ठेल गर्न कृतिम ज्यान बनाउनु पर्‍यो नि 😂😂😂😂!! संसारलाई लाजको गुनासो दिएको यो सभाको मुस्किलले टाउको गन्न मिल्ने उपस्थितीले कस्तो सन्देश दिने हो लौ । नवनिर्वाचित समिती ले भन्ला नि । 😂😂😂😂😂😂! तथापी नव निर्वाचित समीतीलाई सबैको भावना समेटदै अगाडि बढ्ने क्षमता रहोस् । हार्दिक बधाई । जय नेपाल जय एन आर एन ।

आरसि मरहट्टा

म एनआरएन सदस्यता पनि नबन्नु र मलाई पटक्कै एनआरएनतीर आकर्षीत नगर्नुको मुख्य कारण यहि हो । म जस्ता करिब पचासौं लाख नेपाली एनआरएन छैनन् । युके, युएस, युरोप, जापान, अस्ट्रेलिया लगायत बिश्वभर एनआरएनको हबिगत यस्तै छ । लाजको पसारो । समाजसेवा गर्न यस्तो लुछाचुँडी । चैट 🥊 ए नारान 🥊

ससाङ लामा

आज शनिबार, न्युयोर्कमा नेपालीहरुको दुई भेला थिए । भेला नं १ – शेर्पा समाजको सामुदायिक भवनमा, ल्याङ फ्याङ लुगा लगाएका कर्मवीर महाबीर पुन, नेपाललाई कसरी सक्षम, सामर्थ्यावान र धनी बनाउने आइडियाहरु, न्युयोर्के नेपालीहरुलाई बाँडचुँड गरिरहेका थिए । आफुले बिगत २० वर्षमा सिकेका जीवन उपयोगी अनुभवहरु बताइरहेका थिए ।

भेला नं २ – शेराटन होटेलमा, टाइसुटमा ठाँटिएका एनआरएने अम्रिकाको पाखण्डी भेला हुँदैथियो । जहिले तहिले झगडा, रगडा, जाल-झेल हुने अम्रिकाने एनआरएनमा, यसपाली पनि सहभागीहरु मन्चमै चढेर पाखुरा सुर्कासुर्की गरेको लाईभ देख्यौँ । अम्रिकाने कानुन दह्रो हुनाले हात चाँहीँ छाडी हाल्दैन । भर्खरै निवर्तमान भएका अध्यक्षले कार्यक्रमको समापन समेत् नगरी गएको देखियो । कस्तो लबस्तरो संस्था रहेछ,,,,,,

अर्जुन दहाल

हामी जङ्गलमा छौं । तर केहि मित्र केहि दुश्मनले आआफ्नो सुबिधा अनुसार न्यू योर्कबाट ए नाराने पण्डीतका टपरा, लामाजिका लामा जुँगा, सुनिलको निलो अनुहार, बुद्दी सरको बुकी फूल र केशबका केस्रा केस्रा म्यासेन्जरमा पठाएर खुब दिक्क लगाए भनेको 😄😁😆
प्लिज गिभ अस अ ब्रेक ।

तपाइँको प्रतिक्रिया

फेसबुक