शुक्रबार, वैशाख १४, २०८१

अफ्गानिस्तानबाट जर्मन सेनापनि फिर्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २० गते १२:१६

Image via dw.com

जर्मनीलेपनि अफ्गानिस्तानबाट आफ्ना सेनाहरु फिर्ता बोलाएको छ । यस अघिनै आफ्ना सेना फिर्ता ल्याउन शुरु गरेको जर्मनीले बाँकी रहेका अन्तिम सेनासमेत फिर्ता ल्याउने निर्णय गरेको हो ।

आफ्ना अन्तिम सेनाहरुलेसमेत अफ्गानिस्तान छोडेको जर्मन रक्षामन्त्रीले बताएका हुन् । त्यहाँ नाटोका तर्फबाट केहि देशका सेना छन् । अमेरिकाले समेत सेप्टेम्बरसम्म आफ्ना सबै सेना फिर्ता ल्याउने घोषणा गरिसकेको छ ।

जर्मनी अफ्गानिस्तानको सबैभन्दा प्रतिबद्ध पश्चिमी शक्ति मध्ये एक थियो । जर्मनीले मंगलबार जून २ नाटो सेनाको प्रस्थानको एक भागको रूपमा आफ्नो सेनाको फिर्ता पूरा गरिसकेको घोषणा गरेको थियो ।

“करीव २० वर्षको तैनातीपछि हाम्रो बुन्डेश्वरका अन्तिम सिपाहीहरूले अफगानिस्तान छोडे । उनीहरु अहिले आफ्नो घर फर्केका छन्” रक्षामन्त्री एनेग्रेट क्रैम्प-करनबाउरले एक विज्ञप्ति मार्फत् भनेका छन् ।

जर्मनी “संयुक्त संकल्प सहायता” अभियान अन्तर्गत अफ्गानिस्तानमा सबैभन्दा बढी संलग्न रहेको पाँच मुलुकमध्ये एक थियो । जर्मनी बाहेक अन्य चार मुलुकमा संयुक्त राज्य अमेरिका, टर्की, बेलायत र इटाली थिए ।

नाटोका ३६ सदस्य राष्ट्रहरुद्वारा ९ हजार ५ सय ५२ सैनिक अफ्गानिस्तानमा तैनाथी गरेका थिए । ति मध्ये ६ हजार अमेरिका, जर्मनी, टर्की, ईटाली र बेलायतका थिए ।

नाटो सदस्य देशहरू र गठबन्धनका साझेदारहरू यस अभियानमा संलग्न थिए । विदेशी सेनाको प्रस्थान पछि अफगानी सेनाहरूलाई आफ्नो देशको सुरक्षा सुनिश्चित गर्नका लागि प्रशिक्षण तालिम गर्ने भन्दै तिनले सेना तैनाथी गरेका थिए ।

त्यहाँ सन् २००१ देखिको अपरेसनका क्रममा ५९ जना जर्मन सैनिक मारिएका थिए ।

तपाइँको प्रतिक्रिया