आइतबार, मंसिर १२, २०७८

किन हुन्छन् यस्ता भिडन्त एनआरएनए अमेरिकामा ?

शैलेश श्रेष्ठ / उत्तर अमेरिका२०७८ असार २० गते २३:४२

जुलाईको तीन तारिख । एनआरएनए अमेरिकाको वार्षिक साधारण सभाको पहिलो सत्रमा जे जस्ता दृश्यहरु मन्चन भए त्यो संगठनका लागि दुर्भाग्यपूर्ण थिए। अमेरिकाबासी प्रवासी नेपालीहरुका लागि लज्जास्पद घटनासमेत थियो । तथापी यो संगठन र यसमा संलग्न भएका दलगत राजनीति गर्ने बिचौलिया, खेलाडीहरु र तिनको चलखेल बुझेका एक जना संचारकर्मीको हैसियतमा मेरा लागि त्यो घटना अनपेक्षित चाहीं थिएन । र होइनपनि ।

किनभने त्यसको छनक र संकेत केहि दिन अघिदेखि नै संगठनका जिम्मेवार ब्यक्ति, कार्यकारीहरुले सामाजिक संजालमा पोख्न थालेका अराजक उत्तेजनाहरुले दिईसकेको थियो । वार्षिक साधारण सभाका कन्भेनर निवर्तमान उपाध्यक्ष बाबुराम लामाले केहि दिन अघि फेसबुकमा पोष्ट गरेको एउटा सामग्रीले त्यसको सुदूर संकेत गरिसकेको थियो । गुट भित्र पाक्दै गरेका केहि पकवानहरु उनले उक्त पोस्टमा पस्केका थिए । त्यसपछि स्वभावत: त्यसको प्रतिकारमा अर्को समुह प्रतिरक्षात्मक किसिमले प्रस्तुत भएको बुझ्न हामीलाई कत्ति पनि कठिन भएन ।

नियम कानुन, बिधि-बिधान भन्दा पनि मन र स्वार्थले संगठन चल्ने चलाईने हाम्रा संगठनका नेपाली डोनाल्ड ट्रम्पहरुलाई अझै कानुनको अधिनमा ल्याउन सकिएको छैन । किनकी हाम्रो समाज अझै १८औं शताब्दीको पुरातनिक विचार र सोंचमा बाँचेका छन् ।

मैले आठ वर्षदेखि हाम्रो एनआरएनए अमेरिकाको जड र महारोग (कोरोना भन्दा पनि डरलाग्दो) नेपालको दलगत र गुटगत राजनीतिमा रमाएका यी भात्री संगठनहरुका “आदा” हरु हुन भनेर भन्ने र लेख्ने गरेको रहेछु । आज सारा दुनियाँका अगाडि त्यो यथार्थ छरपष्ट भएको छ । छर्लंग भएको छ । छ्याङ्गपनि भएको छ ।

हिजो वार्षिक साधारण सभाको पहिलो सत्रमै सुनियोजित किसिमले मन्चन भएको नाटकको पहिलो भागले त्यसको पुन: पुष्टी गरिदिएको छ । भात्री संगठनहरुको खुलेआम संलग्नता यो संगठन भित्रको जड हो । ठूलो रोग हो । यो संगठन कसैको खल्ती र गोजीबाट जब बाहिर आयो त्यसको आरम्भिक दिनहरुबाटै नेपाली कांग्रेस पार्टी समर्थित नेपाली जनसम्पर्क समितिका कार्यकर्ताहरुले बिचौलिया र ठेकेदारको भूमिका निर्वाह गर्दै आए । तिनले केही धनाढ्य पैसावालहरुलाई छानीछानी जिताउन थाले । पहिलो चिठ्ठा दशकौं अमेरिकामा सामाजिक हैसियतमा नितान्त लो प्रोफायलमा कानुनविदको ब्यबसायिक निर्माणमा अग्रसर रहेका खगेन्द्र क्षेत्रीलाई पर्यो । त्यसपछि डा केशब पौडेल र सुनील साह । पछिलो सत्रमा तिनै चक्रब्यूह रचनाकार मास्टर माईण्डहरुले द्रब्यको बलले बुध्दी सुबेदीलाई जिताईदिए ।

आफ्नो घरमा आगो झोसेर छिमेकीको आँगन सफा गर्ने नाटक मन्चन गरिरहेका नेपाली जनसम्पर्क समितिका हर्ताकर्ताहरुले एनआरएनए अमेरिकामा तथाकथित लोकतन्त्रबादी यानेकी कांग्रेसीलाई जिताउनु आफ्नो गुट र प्रतिष्ठासँग जोड्न थाले । पछिल्लो निर्वाचनसम्म आईपुग्दा उनीहरु तीन तिर विभाजित भए । यसको अर्थ उनीहरु बाहेकमा अन्य पार्टीका भात्री संगठनहरु चाहीं दुधले नुहाएका साधु बिरालो हुन त ? यो एउटा प्रश्न स्वाभाविकरुपमा अगाडी आउँदछ । तर नि:शन्देह होइन ।

कन्युनिष्ट पार्टीका भात्री संगठन नेपाली प्रवासी मंच पनि त्यही दाई कांग्रेसको पदचापमा अगाडी बढीरहेका छन् । तर उनीहरुको हालत र हैसियत सिंहले आफै सिकार गरेर खाईरहेको बेला रमिता हेरेर बस्ने हुँडारहरुको जस्तो छ । दुलो भित्रबाट लोभिएर सिकार हेरिरहेको राष्ट्रीय प्रजातन्त्र पार्टीको भात्री संगठन सानै रुपमा भएपनि यसपालीको निर्वाचनमा र्याल काड्दै अगाडी आयो ।

जुलाई ३ तारिखका दिन वार्षिक साधारण सभा स्थल न्युयोर्कमा छताछुल्ल पोखिएका प्रदर्शन र त्यहाँ भएगरिएका लजास्पद अराजक दृश्यहरुले गत जनवरी ६ तारिखका दिन आफ्ना अन्धोभक्त स्वेत सर्बोच्चताबादी समर्थकहरुलाई उचालेर प्रोभोक गर्ने राष्ट्रपति डोनाल्ड जे ट्रम्पले प्रदर्शन गरेको घटनासँग नियत र अभिष्टका हिसाबले पनि मिल्दाजुल्दा छन् । जनवरी ६ तारिख घटनाका अधिकांश दोषीहरुलाई अमेरिकी सरकार र प्रशासनले मौजुदा कानुनको अधिनमा ल्याईसकेका छन् । तर नियम कानुन, बिधि-बिधान भन्दा पनि मन र स्वार्थले संगठन चल्ने चलाईने हाम्रा संगठनका नेपाली डोनाल्ड ट्रम्पहरुलाई अझै कानुनको अधिनमा ल्याउन सकिएको छैन । किनकी हाम्रो समाज अझै १८औं शताब्दीको पुरातनिक विचार र सोंचमा बाँचेका छन् ।

हामीलाई सधैं बदनामी गर्ने राजनैतिक गुन्डागर्दी र चलखेल हुने यस्ता संगठन अब राख्नु भन्दा यसको औचित्यनै समाप्त गरिनु पर्दछ भन्ने अभिमत अहिले ह्वात्तै बढेको छ । तर म चाहिं अझै भन्छु ‘कानुनी र न्यायिक तरिकाले यस्ता बदमासीहरुको निरुपण गर्न सकिन्छ ।’

सधैं हेजेमोनिक दम्भ बोल्ने हाम्रो अमेरिकाको यो अर्को कर्तुतले हामीलाई थप लज्जित बनाएको छ । हामीलाई सधैं बदनामी गर्ने राजनैतिक गुन्डागर्दी र चलखेल हुने यस्ता संगठन अब राख्नु भन्दा यसको औचित्यनै समाप्त गरिनु पर्दछ भन्ने अभिमत अहिले ह्वात्तै बढेको छ । तर म चाहिं अझै भन्छु ‘कानुनी र न्यायिक तरिकाले यस्ता बदमासीहरुको निरुपण गर्न सकिन्छ ।’ किनकी हामी अमेरिकामा छौँ । सुर्य (साल) लम्सालको लडाई पनि यहि अपराधिक मनोवृत्ति भएका गिरोहहरुका बिरुध्दमा थियो । तर सबै खाले गिरोहहरु एकठ्ठा भए । र भर्खर सम्पन्न भएको निर्वाचनमा बिधानमै परिमार्जन गरेर उनलाई उम्मेदवारसम्म बन्न दिईएन ।

हामीले ईतिहासमा पढेकै छौँ, कुनै कालखण्डमा यो पृथ्बी गोलो छ भन्नेलाई पनि मृत्युदण्ड दिईएको थियो । एक्काईसौं शताब्दीको समुन्नत राष्ट्र अमेरिकामै बसे पनि हामी चेतनाका दृष्टीमा अझै १८औं शताब्दीमै बाँचिरहेका छौँ । अबको समय, चेतनशील पुस्ता र कालखण्डले उनको अभियान र न्यायिक लडाईको मुल्यांकन पक्कै गर्नेछ । तर दुर्भाग्य यस्ता बदमासहरुका बिरुद्ध न्यायालय जाने उनै सुर्य (साल) लम्साललाई हाम्रो समाजले अपराधि जस्तो गरेर हेर्ने गरेको छ । कोठाका सबै झ्याल-ढोका बन्द गरेर बिरालोलाई पिटे झैं उनलाई यी बदमासहरुले मिलेर पिट्दा हामी मौन बस्यौं । रमिते बन्यौं !

पछिल्ला समयमा ओरालो लागेको हरिणलाई बाच्छोले खेदेको जस्तो गरेर सुर्य (साल) लम्साललाई निसाना बनाईएको छ । तर दुनियाँले बिर्सन नहुने कुरो केपनि हो भने सन् २०१५-१७ को घोषित परिणामको बिरुध्दमा सन् २०१५ मै प्रतिवादी नागेन्द्र पौडेल, गणेश कुँवर, श्री पराजुली, रमा सिंह, सीता खरेल, नेदेन दोङ्ग्ला, कुन्ती थापा, उमा कार्की थापा, मोहन बहादुर थापा, सन्जीब श्रेष्ठ, महेश्वर पन्त, सीता उप्रेती प्रसाई र रबिन बज्राचार्यले टेनेसी कोर्टमा मुद्दा दायर गरेका थिए । पछि आपसी सौदाबाजीमा कैयनले मुद्दा फिर्ता लिए । त्यो मुद्दाले सहि बाटो पक्रिएको भए अहिले हुने गरेका बदमासीहरु त्यही कालखण्डबाट बन्द हुन्थ्यो । त्यहाँनिर न्याय खोज्ने कुरोमा हामी चुक्यौं ।

सन् २००० को राष्ट्रपतीय निर्वाचनमा फ्लोरिडाको रि-काउन्टबाट करिव ५३७ मतले मात्रपछि परेका एल गोरले लेगल मेरिट भएकै अवस्थामा पनि न्यायिक निरुपणका लागि सुप्रिम कोर्टसम्म त्यो विषयलाई लान चाहेनन् । उनले आफ्नो हार स्वीकार गरिदिए । तर मेरिटनै नभएको अवस्थामा पनि आफ्नै प्रशासनले गराएको निर्वाचनमा पनि धाँधली भयो भन्दै डोनाल्ड जे ट्रम्प बीसौं राज्यको अदालत र सुप्रिम कोर्टसम्मै पुगे । र अझै आफ्नो पराजयलाई स्वीकार गरिसकेका छैनन् । अमेरिकामा बसेका विद्वान बुज्रुकहरुले यहाँको न्यायिक निरुपणको ईतिहास र प्रचलनहरुका बारेमा पनि जानकारी राख्नु पर्दछ ।

समुदायमा चिनिएका एनआरएनए अमेरिका र राजनैतिक संगठनहरुमा सामेल भएर सबैले जानेका चिनेका बेद खरेल, खगेन्द्र क्षेत्री, डा. केशब पौडेल, कृष्ण पोख्रेलहरुको गतिबिधिले हेर्दा उनीहरुको तयारीदेखि नियत र अभिष्ट छर्लंगै देखिएका छन् ।

घटना किन र कसरी भयो ?

मैले माथि उल्लेख गरेजस्तै कुनै न कुनै खाले मुठभेडको सम्भावना अधिक थियो । त्यसका तयारीमा स्ववियु निर्वाचन शैलीमा ईतर-भित्र दुबै तयारी अवस्था मै थिए । सामान्यतया प्रचलनमा के छ भने निर्वाचित कार्यसमितिले दुईवटा वार्षिक साधारण सभा गर्ने गर्दछ । अघिल्लो पटक कोभिड महामारीका कारण वर्तमान बरिष्ट उपाध्यक्ष डा अर्जुन बन्जाडे कन्भेनर रहेको भर्चुअल वार्षिक साधारण सभा सम्पन्न भएको थियो । न्युयोर्कमा हुन गईरहेको यो कार्यसमितिको दोश्रो वार्षिक साधारण सभा थियो। नियमत उनीहरुलाई महासचिबको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन लगायतका प्रतिबेदनहरु सम्पूर्ण उपस्थित साधारण सदस्य सामु पेस गर्ने अधिकार र दायित्व हुने गर्दछ । सारा दुनियाँलाई त्यहि लागेको थियो । तर दुर्भाग्य अर्ध-भूमिगत गिरोहको निर्देशनमा सत्रलाई अर्कै किसिमले अपहरण गर्ने तयारी गरिएको रहेछ । त्यो डिजाईन अन्तरगत निवर्तमान उपाध्यक्ष तथा कन्भेनर बाबुराम लामालाई उपयोग गरिएको रहेछ । त्यो दृश्यमै देखिएकै छ । मैले अब थप शब्दहरु खर्च गर्नै परेन ।

एनआरएनए अमेरिकाको साधारण सभामा हुलहुज्जत भएको द्रिष्य

कार्यतालिका अनुसार कार्यक्रम अघि नबढेपछि अध्यक्ष सुनील साह मंचमा चढेर त्यसको अर्थात् त्यो बुनिएको षडयन्त्रको प्रतिकार गरे । त्यो सर्वथा र नितान्त जायज छ । त्यो मुठभेड र झडपको दृश्य हेर्दा प्रजातन्त्र प्राप्ति पश्चात भएको पहिलो आम निर्वाचनमा मतगणना स्थल काठमाडौँको सिटीहलमा पुग्ने गरेको दिन र दृश्य सम्झिएँ । त्यहाँ एकापट्टी कांग्रेस समर्थक र अर्का तर्फ एमाले समर्थितहरु एकाबिहानै मत मतगणता परिणाम सुन्न भेला हुन्थे । तर त्यो भेला यहाँ भएको घटना जस्तो अराजक र उत्तेजित हुँदैनथ्यो । निकै सौहार्द र आत्मीय हुनेगर्दथ्यो ।

अमेरिका बसेर एनआरएनए अमेरिकाको गुदी, भित्री चलखेल र राजनीति बुझेकाहरु ‘यो मन्चनको मूल कारण डा. केशब पौडेल र गौरीराज जोशीको वैयक्तिक टकराव र ईगो हो’ भन्ने गर्दछन् ।

शनिवार मंचित घटनामा वैयक्तिक द्वेष र ईगोमा वर्षौंदेखि रमाएका भात्री संगठनका ठेकेदार, बिचौलिया र कार्यकर्ताहरु आ-आफ्ना कुण्डले-मण्डले जत्थाका साथ मंचको दायाँ र बायाँ तैनाथ गरिएका थिए । पछि खगेन्द्र क्षेत्रले सहजता प्रदान गरिदिएपछि त्यो जत्था अनाधिकृतरुपमा मंचमा पुगेर माईक खोस्न सक्षम भए । त्यो दृश्य स्पष्टै देखिएको छ । मंचको दायाँ भागमा भएको हुलहुज्जत हेर्दा त्यस्तो तयारी स्पष्टै देखिन्छ ।

समुदायमा चिनिएका एनआरएनए अमेरिका र राजनैतिक संगठनहरुमा सामेल भएर सबैले जानेका चिनेका बेद खरेल, खगेन्द्र क्षेत्री, डा. केशब पौडेल, कृष्ण पोख्रेलहरुको गतिबिधिले हेर्दा उनीहरुको तयारीदेखि नियत र अभिष्ट छर्लंगै देखिएका छन् । मंचमा त्यसरी जो कोहीलाई पनि जाने छुट हुँदैन । उद्घोषकले बोलाएको अवस्थामा बाहेक । तर मंचका दुवै तर्फ स्ववियु निर्वाचन शैलीमा आ-आफ्ना कार्यकर्ताहरुलाई उतारिएको थियो यो कार्यक्रममा ।

देश-विदेशबाट अतिथिका रुपमा आएका पाहुनाहरु अक्कबक्क भएर रमिते बन्नु परको थियो । मंचको मध्यभागमा एनआरएनएका हर्ताकर्ता, अभियन्ताहरु उपाध्यक्ष सोनाम लामा, पूर्व अध्यक्ष डा. केशब पौडेल, सचिव गौरी राज जोशी ठेलमठेलमा मस्त र व्यस्त देखिन्थे । अमेरिका बसेर एनआरएनए अमेरिकाको गुदी, भित्री चलखेल र राजनीति बुझेकाहरु ‘यो मन्चनको मूल कारण डा. केशब पौडेल र गौरीराज जोशीको वैयक्तिक टकराव र ईगो हो’ भन्ने गर्दछन् ।

चलायमान संगठनमा व्यक्ति आउने जाने गर्दछ । तर नयाँ संचारकर्मीका हैसियतमा यहि विषय र बिटमा आठ वर्ष निरन्तर सम्प्रेषण कार्यक्रम संचालन गरें मैले । यहि विषयमा लेखिरहनेसमेत गरेको हैसियतमा मेरो बुझाई के छ भने समस्याको मूल र जड नै प्रवासमा नेपालको राजनीति गर्न गठित भात्री संगठन, तिनका बेरोजगार बिचौलिया र ठेकेदारहरु हुन् । ति “अल्छे तिघ्रो, स्वादे जोब्रो” को हैसियतमा अलिअलि बुध्दी भएको तर अथाह द्रब्य भएका मुर्गाहरु खोजिरहेका हुन्छन् ।

अमेरिकी सम्भावनायुक्त समुदायमा ठग, गिरोह र बिचौलियाहरु जन्माउने एनआरएनए जस्ता प्रत्युत्पादक संगठनको कुनै काम छैन भन्ने अभिमान जुलाई तीनको घटनाबाट ह्वात्तै बढेको छ ।

अमेरिकी सम्भावनायुक्त समुदायमा ठग, गिरोह र बिचौलियाहरु जन्माउने एनआरएनए जस्ता प्रत्युत्पादक संगठनको कुनै काम छैन भन्ने अभिमान जुलाई तीनको घटनाबाट ह्वात्तै बढेको छ । तर मेरो मत भने अलि भिन्न छ । म अझै भन्छु ‘मियो बिनाको दाईं भएरहेको प्रवासमा सबैको हुनैपर्ने र बनाउन सकिन्छ । त्यसकोलागि एनआरएनएलाई नयाँ प्राण भरेर जगाउनु पर्दछ । त्यस्तो संस्था बनाउन संगठन मनले होइन, बिधि-बिधान, मौजुदा नियम कानुन र बिधान निर्देशित निर्देशिकाको आधारमा संचालन गरिनु पर्दछ । त्यसको पहिलो सर्त भनेकै अमेरिकी दर्ता र बिधानले किटानका साथ निषेध गरेको दलगत राजनैतिक चलखेलका सबै पाटा र बाटाहरु निशर्त बन्द गरिदिनु पर्दछ । मैले भने बादल भित्र चाँदीका घेराहरु देखेको छु ।

यसैसित संवन्धित अघिल्लो समाचार

एनआरएन अमेरिकाको साधारण सभामा हात हालाहाल, अपहरण शैलीमा सभा

तपाइँको प्रतिक्रिया

फेसबुक