मंगलबार, चैत ६, २०८०

वनभरि ढकमक्कै फूल

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २१ गते ११:०७

युरोपमा गर्मीयाम लागेको छ । यो गर्मीयामले धेरैको जिवनलाई पुनरुत्थान गरिदिएको छ । कतै सुस्ताएर बसेका अनेकानेक जिवलाई पूनर्जिवन दिएको छ । जाडोयामभरि कतै सुस्ताएका, निस्कृय बनेका ससाना जिवदेखि वनस्पती र फूलहरुसम्म जुर्मुराएका छन् । मानिसको अनेक मेहनतले मलजल, मेहनत गरेरपनि उब्जनी गर्न नसक्ने फूलको उब्जनी बढेको छ । किसानले हुर्काउन नसक्ने वनस्पतीहरु फूलाउन सक्ने माली हो प्रकृति । वनमा गयो भने कुनै किसानले फूलको खेती गरेजस्तो लाग्छ । किनकि वनभरि फूलहरु ढकमक्कै फूलेका छन् । ति थरिथरिका फूलमा भिन्नभिन्न खाले माहुरी, बारुला र कुमालकुट्टीको रमझम देखिन्छ । सडकका छेउछाउ, खेतीयोग्य जमिनका किनारा र तालतलैयाका कोप्चेरामापनि फूल ढकमक्कै फूलेका छन् । वनका प्राकृतिक मालीहरुले आफ्नै मेहनतमा थरिथरिका, रंगिबिरंगी फूलहरुको खेती गरेका छन् । यस्तो लाग्छ, गर्मीयाम लागेपछि वन र मिल्किएका जमिनलाईपनि सुन्दर फूलवारीमा परिणत बनाउन सक्ने दक्ष माली प्रकृतिमा अनगिन्ति छन् ! हेर्नुहोस केहि तस्विरहरु !

तपाइँको प्रतिक्रिया

फेसबुक