शनिबार, वैशाख १५, २०८१

‘युरो कप कोरोना फैलाउने माध्यम’ स्वास्थ्य अधिकारी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २१ गते १४:४०

Photo-AP Via thehindu.com

युरोकप फूटबल कोरोना भाईरस फैलाउने माध्यम बनेको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

स्विजरल्याण्डको कोरोना भाइरस टास्कफोर्सका उपाध्यक्ष एवं वैज्ञानिक उर्स क्याररले युरोपका स्टेडियमहरूमा हुने अनियन्त्रित फुटबल चाख र भिडभाडले भाइरस फैलाउने क्रम बढाउने बताएका हुन् ।

काररले सोन्टाग्सब्लिक अखबारलाई भने “यो घटनाले मलाई अनावश्यक रूपमा युरोपभरि भाइरसको सामना गर्नुपर्ने अवस्था बनाएको देख्दा म छक्क परेको छु ।”

“युरो कप २०२० भाइरसको लागि आदर्श क्षेत्र हो” उनले बेलायतको स्टेडियममा कोरोना भाईरसबाट संक्रमित बनेका लगभग २,००० स्कटिश प्रशंसकलाई संकेत गर्दै भने “तिनले लन्डनमा कोरोना भाईरस बोके । सयौं भाईरस संक्रमित प्रशंसकले सेन्ट पीटर्सबर्गमा दुई खेल हेर्दा धेरैलाई संक्रमित गराए ।”

भिड नियन्त्रण गर्ने विविध प्रतिबन्धबिना यस्ता जमघट हुन दिनु कोरोना भाईरस रोकथामकालागि प्रतिकूल अवस्था हो । बेलायत र रुस कोरोनाको नयाँ भेरियन्टका ‘हट स्पट’ यि दुई क्षेत्रमा यसरि हजारौं फुटबलप्रेमी जम्मा हुँदा भाईरस ब्यापक मानिसमा सल्कने संभावना तिब्र भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुको भनाईमा स्वास्थ्यका कडा उपायहरू लगाइनुपर्छ । भाग लिन कस्तो ब्यक्तिलाई अनुमति दिइनु पर्छ भन्ने कडा नियमहरू बनाइनुपर्छ ।

“यो इश्गल स्क्वायर जत्तिकै छ” उनले अस्ट्रियन स्की रिसोर्टलाई औंल्याउँदै भने “जो मार्च २०२० मा संक्रमणको आकर्षण केन्द्र बन्यो । यसले युरोपमा भाइरस फैलाउन महत्वपूर्ण योगदान पुर्‍यायो ।”

क्याररले युरो २०२० ले कति संक्रमण गरायो भन्ने नतिजा र नयाँ प्रसारणको सीमा आगामी हप्ताहरूमा मात्र स्पष्ट हुने बताए । तर यो फुटबल प्रतिस्पर्धाले निश्चित रूपमा मृत्यु हुनेको संख्या बढाउने उनले ठोकुवा गरे ।

स्विजरल्याण्डमा कोविड सम्बन्धी निर्णयहरूको अन्तिम श्रृंखला पछि सामूहिक रुपमा फेरि भेला हुन पाइने बनाइएको छ । हाल १० भन्दा बढी व्यक्तिको ठूला जमघटहरू (जस्तै फुटबल खेलहरू) मा सामेल हुन् पाइन्छ । तर सहभागीहरूसँग एउटा कोभिड नेगेटिभ भएको प्रमाणपत्र वा दुबै मात्रा खोप लगाइएको वा कोरोना भाईरस लागेर निको भएको प्रमाण हुनुपर्छ ।

सोनटाग ब्लिक्स मेडियासितको अन्तर्वार्तामा क्याररले स्विट्जरल्याण्डको वर्तमान व्यवहारले आउँदो जाडोमा देशले कति राम्रोसँग कोरोनासित सामना गर्नेछ भन्ने कुराको निर्धारण गर्ने बताएका छन् । खोप लगाउने क्रमलाई तिब्र पार्नुपर्ने र कोरोना संक्रमणबाट सुरक्षित रहन कम्तिमा ८० प्रतिशतले खोप लगाउनुपर्ने भनाई उनको छ ।

तपाइँको प्रतिक्रिया