शुक्रबार, वैशाख ७, २०८१

अमेरिकामा साईबर आक्रमणपछि डाटा पुनर्स्थापना गर्न ह्याकरद्वारा सात करोड डलर माग

नेपालप्लस संवाददाता२०७८ असार २१ गते २१:५४

अमेरिकामा गरिएको शक्तिशाली साइबर आक्रमणका ह्याकरहरुले ति डाटा पुनर्स्थापित गरिदिन सात करोड अमेरिकी डलर माग गरेका छन् ।

स्पष्ठ नखुलेको वेब साइटमा पोष्ट गरिएको एक सूचना अनुसार ह्याकरहरुले ति डाटा पुनर्स्थापित गरिदिन सात करोड अमेरिकी डलर माग गरेको उल्लेख भएको भन्दै फ्रंस २४ न्युजले जनाएको छ । शनिवार ढिलो विश्वव्यापी सयौं कम्पनीलाई प्रभावित गर्नेगरि ह्याकरहरुले साइबर आक्रमण गरेका थिए । त्यसबाट कम्तिमा २०० कंपनी प्रभाबित भएको जनाइएको थियो ।

फ्रंस २४ न्युजका अनुसार उक्त माग ए उटा ब्लगमा पोस्ट गरिएको थियो जुन सामान्यतया रेभिल साइबर क्राइम गिरोहद्वारा प्रयोग गरिएको थियो । त्यो रूसी ह्याकरहरुसित सम्बन्धित समूह हो जुन साइबर अपराधमा विश्वको सबैभन्दा प्रख्यातको रूपमा गनिन्छ ।

यस गिरोहको एक सम्बद्ध संरचना रहेको छ जसले कहिलेकाहीं ह्याकर्सको पक्षमा बोल्ने भनेर निर्धारण गर्न गाह्रो बनाउँछ । तर साइबरसुरिटी फर्म रेकर्ड फ्यूचरका एलन लिस्काले यति रकम माग गरिएको सन्देश लगभग निश्चित रहेको भन्दै रेभिलको मुख्य नेतृत्वबाट आएको बताएका छन् ।

घटनाको मूल कारणको बारेमा धेरै सावधानीका साथ अनुसन्धान गरिरहेकाले तुरून्त आफ्नो सर्भर बन्द गर्न कासेयाले ब्यवशायीहरुलाई सूचना जारि गरेको छ ।

यो साइबर आक्रमणकारि समुहले स्वतन्त्र मेडियालाई प्रतिक्रिया दिएको छैन ।

ह्याकरहरुले कसेया कम्पनीको तथ्यांकमाथि पहुँंच कायम गरेपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट आक्रमण गरेका थिए । यस्तो खालको आक्रमणलाई केसियाले इतिहासको सबभन्दा ठूलो भनेको छ ।

यो घटना शनिबारनै विश्वव्यापी रूपमा फैलिएको थियो । यो घटनाले गर्दा स्विडेनी कूप किराना स्टोर चेन आफ्ना सबै ८०० स्टोरहरू बन्द गर्न बाध्य भयो । किनभने यो आक्रमणले गर्दा कम्पनी नगद रेजिस्टरहरू सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक