बिहीबार, चैत १५, २०८०

अफ्गानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

नेपालप्लस संवाददाता२०७८ असार २२ गते १९:३७

Photo Credit-military.com

अमेरिकी सेना अफ्गानिस्तानको कमाण्डलाई खबरनै नगरि बग्राम एयरबेसबाट गुपचुप बाहिरिएको छ ।

अमेरिकी सेनाले उनीहरूलाई खबर नगरी हटेपछि बग्राम एयर बेसमा सुरक्षा गरिरहेका अफ्गानी सैनिकहरू हजारौं तालिवानका बन्दी कैदीहरूसँग बाँकी रहेका छन् । र उनीहरुमाथि शत्रुले आक्रमण गर्ने डर छ ।

राजधानी काबुलबाट करीव ६० किलोमिटर उत्तरमा फैलिएको सैनिक अखडामा दसौं हजार अमेरिकी तथा सहयोगी सैनिकहरू थिए । त्यो अफ्गानिस्तानमा दुई दशकको युद्धको सबैभन्दा महत्त्वपूर्ण सैन्य स्थलहरूको एउटा अखडाको रुपमा थियो ।

तर अन्तिम अमेरिकी सैनिकहरुले गत हप्ता चुपचाप बेस छोडेर गए । उनीहरूले अफ्गानिस्तानबाट फिर्ता लिने कार्यलाई पूर्णता दिए र अफ्गान सेनाले संघर्ष गर्न सक्ने ठूलो सुरक्षालाई शून्यमा छोडिदिए ।

बग्राम अड्डाका नयाँ कमाण्डर जनरल मिरासदुल्लाह कोहिस्तानीले सोमबार अगाडि आउने चुनौतीहरूको बारेमा पत्रकारहरुसित खुलस्त कुरा गरे । त्यस दिन पत्रकारहरुलाई त्यो ठूलो सुनसान सैनिक अड्डाको भ्रमण गराइएको थियो।

“तपाईंलाई थाहा छ यदि हामी आफैंलाई अमेरिकीहरूसँग तुलना गर्‍यौं भने ठूलो भिन्नता छ” कोहिस्तानीले भने “हाम्रा सेनाहरू अमेरिकीहरू जत्तिकै शक्तिशाली हुन सक्दैनन् ।”

“तर हाम्रो क्षमता अनुसार हामी सक्दो राम्रो, सकेसम्म सुरक्षित र सबै व्यक्तिहरूको सेवा गर्ने प्रयास गरिरहेका छौं ” उनको भनाई थियो ।

त्यहाँ स्पष्ट हस्तान्तरण वा संक्रमण योजनाको अभावले कार्यलाई अझ चुनौतीपूर्ण बनाएको जस्तो देखिन्छ । कोहिस्तानीले विदेशी सेनाहरू भागिसकेपछि बल्ल उनीहरु हटेका रहेछन् भन्ने थाहा पाएको बताउँदै भने “हामीलाई उनीहरु प्रस्थान गर्ने समयनै थाहा थिएन । तिनीहरूले कहिले छोड्ने हामीलाई भनेनन् ।”

अमेरिकाले आफ्ना सेना अन्तिमरुपमा फिर्ता लिनु भन्दा अगाडि यो देशको सबभन्दा ठूलो एयरफील्ड पूर्ण रूपमा खाली गरिसकेको शुक्रवार घोषणा गरेको थियो । अमेरिकी रक्षा मन्त्रालयले अगस्टको अन्त्यसम्म सम्पन्न गर्ने भनेको छ ।

“हामीले हल्ला सुनेका थियौं अमेरिकीहरूले बग्राम छोडे भनेर । र बिहान सात बजेतिर हेर्दा त उनीहरूले बग्राम छोडेको कुरा पुष्टि भयो” कोहिस्तानीले भने ।

बग्राम अड्डा अफगानिस्तानको राजधानी सुरक्षाको लागि महत्वपूर्ण छ । यसले देशको कट्टर उत्तरी इलाकामा रणनीतिक आवरण प्रदान गर्दछ जहाँ तालिबानले उनीहरूको हालैका आक्रमणहरूलाई केन्द्रित गरेको छ ।

कोहिस्तानीले आफ्नो सेनाले तालिबानबाट अड्डा लिन सक्ने कुरामा जोड दिए । उनीसँग पर्याप्त सैनिक रहेको बताए ।

तर उनको कमान्डमा रहेको करीव ३,००० सेना अमेरिकाको नेतृत्वमा रहेका सेनाको तुलमा सानो प्रतिशत हो ।

अमेरिकी सेनाका लागि मनोबल उच्च राख्न त्यहाँ मिनी शहर बनाइएको थियो । त्यहाँ पौंडी पोखरी, सिनेमाघर, स्पा र बर्गर किंग र पिज्जा हट जस्ता फास्ट फूड आउटलेटहरूको सुबिधा थियो ।

कोहकिस्तानका पुरुषहरूका लागि मनोरञ्जन स्थलहरू बन्द छन् । गोदामहरूमा ताल्चा लगाइएको छ । सटरभित्रको भोजनालयमा भोजन प्याकहरूको बक्सबाट सडेको खानाको दुर्गन्ध मात्र निस्किन्छ ।

अमेरिकी समर्थन बिना अफ्गान सेनाले सामना गर्ने चुनौतिहरू धेरै छन् । देशको उत्तरमा तालिबानसँग लडिरहेका १,००० सेना सोमबार छिमेकी ताजिकिस्तानमा भागेका छन् ।

‘तालिवानले आक्रमण कोशिश गर्नेछ’

कोहिस्तानीले तालिबानले ग्रामीण इलाकामा आन्दोलन गरिरहेको खबर पाइसकेका छन् ।

रफिउल्लाह निजि (सैनिक फौजको नाम) नाम गरेका सैनिकका अनुसार दुश्मन कटिबद्ध छ । निश्चित रूपमा यहाँ हमला गर्ने कोशिश गर्नेछन् । दुई अफ्गान सैन्य हेलिकप्टरहरु उनको पछाडि उत्रिएको उनले देखेका थिए ।

“तर हामी उनीहरूलाई मौका दिनेछैनौं” उनले भने ।

यदि तालिबानले बग्रामलाई कब्जा गर्न आक्रमण गरेमा उनीहरूको निशानामा पक्कै पनि एउटा ठूलो जेल हुनसक्छ । किनभने यो जेलमा तिनका ५००० तालिवान कैदीहरु छन् ।

“हामी यहाँ सुत्न आएका छैनौं । बग्रामलाई सुरक्षित राख्न यहाँ सबै जना तयार छन् । हाम्रो मनोबल उच्च छ” रफीउल्लाले भने।

एक अर्का सेनाले पनि तालिवानसँग लड्न तयार रहेको कुरा बताए । तर उनले आफ्नो पक्षको शक्ति र नेतृत्वको अभाव भएको महसुस गर्दै असन्तुष्टि पोखे ।

“हामी आत्मसमर्पण गर्दैनौं । तर हामीलाई हतियार र हाम्रा नेताहरूको कडा समर्थन आवश्यक छ” उनले भने।

यदि तालिवानले बग्रामलाई आफ्नो कब्जामा लिए भने यो लामो समयदेखि उनीहरुले गरेको प्रयास सफल हुने छ । सन् १९५० को शीतयुद्धको बेला आफ्ना अफ्गानी सहयोगीका लागि अमेरिकीहरूले पहिलोपल्ट यहाँको एयरफिल्ड बनाएका थिए ।

सन् १९७९ मा रेड आर्मीले अफगानिस्तानमा आक्रमण गरेपछि सोभियत संघले यसको विस्तृत विस्तार गर्‍यो । उनीहरू फिर्ता भएपछि मस्को समर्थित सरकार र पछि सन् १९९० को गृहयुद्धमा अस्थिर मुजाहिद्दीन प्रशासनले उक्त आधारलाई नियन्त्रण गर्‍यो ।
एक समयमा तालिबानले तीन किलोमिटर रनवेको एक छेउमा नियन्त्रण गरेको बताइन्छ । र विपक्षी गठबन्धनले अर्को उत्तरी भाग नियन्त्रमा लिएको थियो ।

सन् १९९० को बीचमा उनीहरूले देशको ठूलो हिस्सा ओगटेपछि बग्राम अन्ततः तालिबानीको हातमा पर्‍यो ।

अमेरिकामा सेप्टेम्बर ११ को आक्रमण र अफ्गानिस्तानमा अमेरिकी आक्रमणपछि अमेरिकीहरूले उक्त बेस नियन्त्रण लिए र यसलाई हवाई हमला गर्ने प्याडको रूपमा प्रयोग गरे ।

(नेपालप्लस, फ्रंस २४ न्युज, एफपी र एपी)

तपाइँको प्रतिक्रिया

फेसबुक