शुक्रबार, वैशाख ७, २०८१

नेपाल वायुसेवाको छानबिन रिपोर्टले कारवाहिको सिफारिस गरेका को हुन् यी जुहारचन ?

नेपालप्लस संवाददाता /काठमाडौं२०७८ असार २३ गते १८:०९

आफ्नै कार्यशैली र मतिबुद्धीका कारण ओरालैओरालो लागेको नेपाल वायुसेवा निगमको दुर्गतीका बारेमा यो साता राष्ट्रिय सतर्कता केन्द्रको एक छानबिन प्रतिवेदन आयो जसमा सबैभन्दा बढी कसैको चर्चा र उच्चारण छ भने त्यो हो— क्याप्टेन दिपुराज ज्वार्चन । आखिरमा को हुन् यी मुस्तांगे ज्वार्चन ?

सबैभन्दा ठूलो कुरा के छ भने यति समुहका हर्ताकर्ता नोर्बुछिरिङ शेर्पाका साथी र ब्यवसायिक पार्टनर समेत हुन् ज्वार्चन । यी दीप ज्वार्चनका बाबु यम ज्वार्चन समेत नेपाल बायुसेवामैं क्याप्टेन छन् । सातौं तहबाट नेपाल बायुसेवामा जागिर सुरु गरेका दिपुराज अहिले यति बिध्न प्रभाव–पहुँचमा पुगेका छन् कि उनी हुनलाई ९ तहका भएपनि १० तह सरहको ‘अपरेसन डाइरेक्टर’को जिम्मेवारी सम्हालेका छन् ।

यो साता सार्वजनिक भएको नेपाल बायुसेवा संघको बेथितीमाथिको रिपोर्टमा सबैतिर जुहार्चनको नाम छाएको छ— बेथिती र कुसंस्कारका सबै कामकारवाहीमा । प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेल, प्रहरी नायव उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनीको कार्यदलले तयार पारेको रिपोर्टका आधारमा आवश्यक कारवाही तथा कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगिसकेको छ । हुन त सबैतिर प्रभाव–पहुँच र ‘सेटिङ’का भरमा चलिरहेको राज्यपद्धतीमा अहिलेको शर्तकर्ता केन्द्रको रिपोर्ट कार्यान्वयनमा आउला भन्नु पनि भ्रम मात्रै हुनेछ ।
तैपनि प्रतिवेदनमा जनाइएको मुख्य सरोकार यस्तो छ —

—क्याप्टेन दिपुराज ज्वार्चनको अपरेशन निर्देशकको नियुक्ति निगमको अपरेशन म्यानुअल पार्ट ए को दफा १।३।१ मा उल्लेखि प्रावधान अनुसारको योग्यता नभएको ।

—नेपाल वायुसेवा निगमसंग रहेका २ वटा एअरवस ३३० अर्थात वाईडवडीका लागि स्थायी पदमा कार्यरत कर्मचारी नेपाली पाईलटहरु तयार नगरी अपरेशन विभाग प्रमुख दिपुराज ज्वार्चनले वायुसेवाको ठुलो आर्थिक ब्यवहारमा पारी महँगोमा कमिशन लई करारमा निरन्तरता दिईरहेको ।

— कोभिड १९ का कारण आर्थिक मन्दीका कारण संसारभरी धेरै वायुसेवा कम्पनीहरुले आफ्ना अन्तराष्ट्रिय उडान वन्द गर्दै विदेशी पाईलट कटौटी गरेको अवस्था रहेकोमा निगमका अपरेशन निर्देशक दिपुराज ज्वार्चनले विदेशी पाईलटलाई विना उडान कमिशन लिई मासिक करोडौं रुपैयाँ तलव भत्ता प्रदान गरी वायुसेवाको रकम अनावस्यक हिनामिना भएको ।

—अपरेशन निर्देशक दिपुराज ज्वार्चनले आफू निकट ईन्जिनियरद्वय अमृत थापा र विशाल पौडेललाई सन् २०१९ नोभेम्वर १८ देखि २२ सम्म ५ दिनको तालिमको लागि फ्रान्सको तुलुज पठाईएकोमा ७ दिनको भ्रमण भत्ता दिनुपर्नेमा निगमलाई आर्थिक भार पर्ने गरी थप ५ दिनको भ्रमण भत्ता उपलब्ध गराएको ।

—निगमका अपरेशन निर्देशक दिपुराज ज्वार्चन र मानव संसाधन विभाग प्रमुखको मिलेमतोमा आर्थिक चलखेल गरी करारमा कार्यरत क्याविन क्रु र क्याप्टेनहरको करार नविकरण गर्दा प्रचलित कानुन बमोजिम विज्ञापन प्रकाशित गर्नुपर्नेमा सो नगरी आफूखुसी करार नविकरण गरेको ।

— नेपाल वायुसेवा निगमका अपरेशन निर्देशक दिपुराज ज्वार्चनले क्रुशरुको आवासका लागि निगमको अपरेशन म्यानुअल ७९५० खरिद ऐनको प्रकृया विपरीत न्यूनतम ३ वटा कोटेशन विना, टेण्डर नगरी तीन तारे होटल नारितासँग संझौता गरी ठूलो आर्थिक अनियमितता गरेको ।

—क्याप्टेन दिपुराज ज्वार्चनको अपरेशन निर्देशकको नियुक्ति निगमको अपरेशन म्यानुअल पार्ट ए को दफा १।३।१ मा उल्लेखि प्रावधान अनुसारको योग्यता नपुगी भएको सम्वन्धमा :

–दिपुराज जुहार्चनलाई नेपाल वायुसेवा निगमको रिफरेन्स : पि एण्ड जि एस डि /१० /८२२  (Ref: P&GSD/10/822) मिति २०६४-६-२८ को पत्रबाट को पाईलटको लागि तालिममा छनोट गरेको देखिनेछ ।

–त्यसैगरी नेपाल वायुसेवाको रिफरेन्स : पि एण्ड जि एस डि /१० / ११२३ (Ref: P&GSD/10/1123) मिति २०६४-९-१९ को पत्रबाट निजलाई स्थायी जुनियर को पाईलटमा नियुक्त गरेको देखिन्छ ।

–त्यसैगरी नेपाल वायुसेवाको रिफरेन्स : एच आर डि /१८ / १९७५ (Ref: HRD/18/1975) मिति २०७२-३-२४ को पत्रबाट निजलाई व्क्याप्टेन पदमा वढुवा गरेको देखिन्छ ।

–नेपाल वायुसेवाको पत्र संख्या ईसिएमर २३ र ७१० र ०७५ र ७६ मिति २०७६ र ३ र ३१ को पत्रानुसार निगमको कर्मचारीहरुको सेवा शर्त सम्वन्धि विनियमावली, २०५८ को विनियम ३३ अनुसार तत्काल लागु हुनेगरी बढीमा ६ महिनाको लागि अपरेशन विभागको निर्देशक पद ९ दशौं तहमा कायम मुकरर गरीएको पाईन्छ ।

—नेपाल वायुसेवा निगमबाट प्राप्त कागजातहरुमा अन्तिम वढुवा भई तह ९ मा रहेका  क्रु मेम्वर (crew member) हरुको नामावली अनुसारको जेष्ठता हेर्दा निज जुहार्चन १९ औ नंमा रहेको देखिएको तथा नेपाल नागरिक उड्ययन प्राधिकरणवाट कारवाही समेत भएको देखिएको अवस्थामा निजको अपरेशन विभागको प्रमुखमा भएको नियुक्ति बैधानिक नदेखिएकोले निजलाई नियुक्ति गर्ने पदाधिकारी, नियुक्त हुने पदाधिकारी तथा वायुसेवा निगमका कर्मचारीहरको सेवा, शर्त सम्वन्धि विनियमावली, २०५८ मा उल्लेखित प्रावधान भन्दा कुनै ब्यक्तिको लागि मिल्ने खालको प्रावधान राखी नियम विपरीत कार्यविधि नपुर्याई कार्यविधि शंसोधन गरी सोही अनुसार निजलाई अपरेशन्स विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने पदाधिकारी र गैरकानुनी शंसोधनलाई प्रमाणित गर्ने नेपाल वायुसेवा प्राधिकरणका पदाधिकारी तथा सो शंसोधनलाई समर्थन गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई कानुन बमोजिम कारवाही गर्न र नियम विपरीत वढुवा भई लिएको रकम समेत सम्वन्धित पदाधिकारीबाट अशुलउपर हुनुपर्ने देखिन्छ । साथै कार्यविधि लगायत विषयमा शंसोधन थपघट गर्दा कानुनले तोकेको कार्यविधिको अक्षरस पालना गर्न वायुसेवा निगम तथा प्राधिकरणलाई निर्देशन दिन मनासिव हुने देखिन्छ ।

— क्याप्टेन दिपुराज ज्वार्चनलाई अपरेशन निर्देशकको रुपमा नियुक्ति नेपाल वायुसेवाका कर्मचारीहरुको सेवा, शर्त सम्वन्धि विनियम, २०५८ को विनियम ३३ मा तोकिएको योग्यता विपरीत अपरेशन्स म्यानुअल संशोधन गरी निजसंग मिल्ने निजलाई शुरुमै नियुक्त गरी नियुक्त भैसकेपछी अपरेशन्स म्यानुअल संशोधन गरीनु तथा नियमनकारी निकाय नेपाल नागरीक उड्डयन प्राधिकरणबाट निजको नियुक्ति भैसकेपछी अन्तरवार्ता तथा लिखित जाँच लिई निजको नियुक्ति तथा गैरकानुनी रुपमा संशोधित अपरेशन्स म्यानुअललाई समर्थन गर्ने कार्य कानुनको भावना विपरीत देखिन्छ ।

त्यसैगरी अपरेशन्स म्यानुअल संशोधन गर्ने कार्यविधिको समेत पालना नगरी आफूखुसी हचुवाको भरमा नियुक्त गर्ने कार्य, नियम विपरीत नियुक्त हुने तथा सो संशोधनलाई समर्थन गर्ने पदाधिकारीलाई कानुन वमोजिम कारवाही गरी गैरकानुनी प्रकृयाबाट पद प्राप्त गर्ने र उक्त पद उपलब्ध गराउनेलाई कानून बमोजिम कारवाही गरी गैरकानुनी रुपमा प्राप्त गरेको पदबाट प्राप्त गरेको रकम तथा सुविधावापत लिएको रकम सम्वन्धितबाट अशुलउपर गरी नियमानुसार नियुक्त गर्न तथा नियमावलीको प्रतिकुल नहुने गरी आवस्यक प्रकृया पुरा गरेर मात्र अपरेशन्स म्यानुअल लगायत कानुनी प्रावधानहरु शंसोधन थपघट गर्न तथा सो सम्वन्धमा छानविनको क्रममा देखिएका प्रतिवेदनमा उल्लेखित कुराहरुको समेत पालना गर्न र कारवाहीको जानकारी केन्द्रलाई उपलब्ध गराउन भनी श्री पर्यटन तथा नागरीक उड्डययन मन्त्रालय, नेपाल नागरीक उड्ययन प्राधिकरण तथा संचालक समिति, नेपाल वायुसेवा निगमलाई निर्देशन दिन मनासिव हुने ।

तपाइँको प्रतिक्रिया

फेसबुक