शुक्रबार, वैशाख ७, २०८१

कोरोना लागेको सात महिनापछिपनि ४० प्रतिशतमा कोरोना लक्षण

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २३ गते १८:३६

Image Credit- Tha Irish times

कोरोना भाईरसको संक्रमण भएर निको भएको सात महिनासम्मपनि करिब ४० प्रतिशतमा कोरोनाका लक्षणहरु देखिने गरेका छन् ।

युनिभर्सिटी हस्पिटल अफ जेनेभा (एचयूजी) र जेनेभा विश्वविद्यालय (युएनआईजीई) द्वारा गरिएको एक अध्ययन अनुसार उक्त रिपोर्ट सार्वजनिक भएको हो ।

उक्त अध्ययन अनुसार संक्रमणको सात महिनापछि पनि १० जनामध्ये चार जनालाई कोरोनाको लक्षण देखिने गरेको छ । यो भनेको ४० प्रतिशत हो ।

मंगलबार प्रकाशित गरिएको यो अध्ययनका अनुसार कोरोना लागेका ४१० व्यक्तिको बीचमा यो परिक्षण गरिएको थियो । तिनमा कोभिड १९ को सकारात्मक परीक्षणको नतिजा आएको थियो । तर तिनलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा भने थिएन । यिनीहरूमध्ये ३९ प्रतिशतले संक्रमण भएको सात देखि नौ महिनासम्मपनि लक्षण देखिएको थियो ।

लक्षणहरु मध्ये थकान सबैभन्दा चिरस्थायी प्रभाव थियो जुन २० थोप्लो सात प्रतिशत थियो । त्यसपछि स्वाद वा गन्ध १६ थोप्लो आठ प्रतिशतले घटेको थियो । सास फेर्ने क्रम तेस्रो स्थानमा थियो । तिनमा ११ थोप्लो सात प्रतिशत कमी भएको थियो ।
त्यसैगरि, चौथो लक्षण टाउको दुखाइ थियो र यस्तो हुनेमा १० प्रतिशत थियो ।

यो परिणामहरूलाई अन्यत्र भएका अन्तर्राष्ट्रिय अध्ययनसँग समान प्रकारको भनिएको छ । तर स्विजरल्याण्डमा सहभागीहरूको संख्या अन्य अन्तर्राष्ट्रिय अध्ययनमा भन्दा कम थियो ।

अध्ययनका अनुसार पुरुष र महिलामा यि लक्षणहरु समान तरिकाले देखिएका छैनन् । महिला बिरामीहरूमा थकान, सास फेर्ने र टाउको दुखाइको बढी सम्भावना रहेको मेसमम नेहमे एचयूजीको प्राथमिक हेरचाह विभागको वेभसाईटमा उल्लेख छ ।

लक्षणहरू आउने जाने भैरहन्छ

नेहेमलेको रिपोर्टका अनुसार सबै उमेर समूहहरू कोबिडबाट प्रभावित छन् । यद्यपि, केहि लक्षणहरूको संक्रमण उमेर समूहहरू बीच भिन्न हुन्छ । उदाहरणको लागि ४० देखि ६० वर्षकाहरुमा अधिक मांसपेशी दुखाई हुने गरेको छ ।

त्यसैगरि, जो मानिसमा कोबिड संक्रमण भएर पुन देखा पर्छ तिनमा कोबिडका लक्षणहरु लगातार देखापर्न सक्नेपनि अध्ययनले औंल्याएको छ । आश्चर्यको कुरा के छ भने कोबिडका लक्षणहरु यस्ता मानिसमा देखा पर्ने हराउने गरिरहन सक्छन् । तर यस्तो किन हुन्छ भन्ने स्पष्थ रहेको रिपोर्टमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक