मंगलबार, चैत ६, २०८०

बैधानिकता पुगेकालाईपनि एनआरएनए फ्रान्सको सदस्यता नदिएको खुलासा, सप्रमाण उजुरी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २४ गते १०:०५

गैर आवाशिय नेपाली संघ फ्रान्स (एनआरएनए फ्रान्स) को सदस्यता बन्न समयमै आबेदन भरि शुल्क बुझाएकालाईसमेत जानिजानि सदस्यता दिन बन्चित गरिएको खुलासा भएको छ ।

सदस्यता ठिक भएको भन्दै लगाइएको ठिक मार्क सहितको सूची

एनआरएनए फ्रान्सको सदस्यता आबेदन दिएर कार्य समितिलेनै आबेदनको प्रक्रिया पुरा भएको भन्दै टिक मार्क (ठिक चिन्ह) लगाएका झण्डै दुई दर्जनलाई सदस्यताबाट बन्चित गरिएपछि बिवाद उत्कर्षमा पुगेको छ ।

एनआरएनए फ्रान्सको सदस्य बन्न संगिता कोइरालाले आफूले सदस्यता बन्ने म्याद छँदै आबेदन दिएको, सदस्यताको रकम बुझाएको र कोषाध्यक्ष लाल सोडारीले सदस्यता सदर भएको भन्ने जवाफ दिएरपनि अन्त्यमा सदस्यता नदिएको आरोप नेपलप्लससित लगाएकि छन् । उनले त्यसको सप्रमाण नेपालप्लसलाई बुझाईन् । सन् २०२१९ -२०२१ को कार्यकालमापनि उनी एनआरएनए फ्रान्सको सदस्य थिईन् ।

“कोषाध्यक्ष लाल सोडारीले त मेरो दाजुलाई उहाँको फोटो अलि मलिन भएछ अर्को पठाउँन भनेपछि फेरि भोलिपल्टै फोटो पठाइयो । अब ठिक छ भनेर भन्नुभएको थियो । तर अहिले सदस्यता भएन भन्न पाइन्छ ?” संगिता कोइरालाले भनिन् ।

त्यसैगरि सुजन भट्टले आफूले आफ्नोसहित अनिल पँगेनी, शंकर अधिकारी लगायत चार जनाले आबेदनको म्याद छँदै आबेदन र रकम बुझाएपनि सदस्यताबाट जानिजानि बन्चित गरिएको बताए ।

“हामीले एनआरएनएको सदस्यता भर्‍यौं । म्याद छँदै कोषाध्यक्ष लाल सोडारीलाई नगद रकमपनि बुझायौं । उहाँले तपाईहरुको सदस्यता हुन्छ, ढुक्क हुनुस् भनेर जवाफपनि दिनु भयो । तर अहिले सदस्यको सूचीमा नाम राख्नुनुभएको छैन” सुजन भट्टले नेपालप्लससित भने “हामीले पटक पटक सोध्यौं आबेदन ठिक भए नभएको र सदस्यताको रकम पाए नपाएको बारे । कोषाध्यक्षले रकम आएको छ, आबेदन ठिक छ भन्नुभएको थियो । अहिले आएर सदस्यता दिनुभएन ।”

‘नगद पायौं, भ्यालिड भयो’ भन्दै कोषाध्यक्षले दिएको जवाफ

एनआरएनए फ्रान्सको सदस्यता बन्न आबेदन बुझाएकाहरुको सूचीमा आबेदन आएको र आबेदन ठिक रहेको भन्दै एनआरएनए फ्रान्सकै तर्फबाट टिक (ठिक चिन्ह) लगाएर सदस्यता पाउने जानकारि एनआरएनए फ्रान्सले दिएको थियो । तर तिनलाई पछि सदस्यताबाट बन्चित गरिएको पिडितहरुले नेपालप्लसलाई बताएका छन् ।

कोषाध्यक्ष लाल सोडारीले हाल एनआरएनए आइसिसी पदकालागि उमेदवार बनेकि जिता कटवाल मार्फत सदस्य बन्नेको सूची (लिस्ट) आएको लिखित जवाफ दिएका थिए । सोडारीले संगिता कोइराला र सुनिल पँगेनीको रकम आएको, एप्रुभ (सदर) भएको भन्दै लिखित जवाफनै दिएका थिए । सदस्यताको रकम नगद प्राप्त गरेकोसमेत उनले उल्लेख गरेका थिए । (हेर्नुस्, दाहिनेतिरको फोटो)

समितिकै वरिष्ठ उपाध्यक्ष अमर भण्डारीले सदस्यता छानबिन, सदस्यता नबिकरण, निर्वाचन समिति तोक्ने, निर्वाचन आयोग बनाउने, आजसम्मका सदस्यता भ्यालिड संवन्धि निर्णय लिन एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही ठकुरी, प्रमुख सल्लाहकार एकेन्द्र मल्ल र आइसिसी सदस्य पार्वती मल्लसमेतलाई एनआरएनए फ्रान्सको बैठक डाकेर छफल गर्न आग्रह गर्दै लिखित माग गरेका थिए । तर उनको मागमा समितिले सुनुवाई नगरेको भण्डारीले बताए ।

सदस्यता नबिकरण र आबेदनका बारेमा सदस्य बन्न इच्क्षुकहरुले एनआरएनए फ्रान्सको कार्य समिति समक्ष पटक पटक माग गरेका थिए । धेरैको माग आएपछि समितिको बैठक बस्न माग गरेका वरिष्ठ उपाध्यक्ष अमर भण्डारीलाई अध्यक्ष नरेन्द्र शाहीले “कार्य समितिले जिम्मा दिएको मेम्बरशिप कमिटीले काम गर्दै छ, साथीहरु धैर्यधारण गर्नुस्, सबैको डकुमेन्ट चेक भैरहेको छ, समयमानै साथीहरुले जानकारि पाउनुहुने छ, मेम्बरसिपमा कुनै समस्या भए कमिटीका साथीहरु वा मलाई कुनैपनि बेला सम्पर्क गर्नसक्नुहुनेछ” भन्ने लिखित जवाफ राखेका थिए । तर सदस्यतामा भएका यावत समस्यामा अध्यक्ष नरेन्द्र शाहीले कुनै सुनुवाई गरेनन् ।

यस विषयमा नेपालप्लसले अध्यक्ष नरेन्द्र शाहीसित पटक पटक फोन र एसएमएस पठाएर सम्पर्कमा आउन आग्रह गर्दापनि शाहीसित सम्पर्क हुन सकेन।

सदस्यता छानबिन, निर्वाचन कमिटि र निर्वाचन गठनककालागि बैठक बस्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष अमर भण्डारीले कार्यसमितिमा राखेको लिखित प्रस्ताव (माथिल्लो) र अध्यक्ष नरेन्द्र शाहीले दिएको जवाफ (तल्लो) ।

 

यि लगायतका अन्य प्रमाणहरुसहित असन्तुस्ट पक्षले एनआरएनए युरोप क्षेत्रिय संयोजक नारायण आचार्य, एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्मा सहित केन्द्रिय कार्यालयमा उजुरि दिएको उजुरिकर्ता मध्येका एकले नेपालप्लसलाई बताएका छन् ।

सदस्यतामा धाँधली भएको यस अघिको समाचारपनि हेर्नुस्

एनआरएनए फ्रान्सको सदस्यता प्रमाणीकरणमा धाँधली !

तपाइँको प्रतिक्रिया

फेसबुक