शनिबार, वैशाख ८, २०८१

बेलायतमा जुलाई १९ देखि कोरोना प्रतिबन्ध हटाउने घोषणा

नेपाल प्लस२०७८ असार २४ गते १०:३१

बेलायतमा कोरोनाको डेल्टा उत्परिवरितका रुपहरुबाट हुने संक्रमण बढिरहेपनि जुलाई १९ बाट सबै स्वास्थ्य प्रतिबन्धहरु हटाउने घोषणा गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोनसनको घोषणा अनुसार मुखौटो (मास्क) अनिवार्यलाई हटाइने छ । सामाजिक दूरीको अन्त्य गर्नुका साथै हालसम्म बन्द रहेका नाइटक्लबहरू फेरि खोल्न पाइने छ ।

“हामी अनिवार्य प्रतिबन्धको अन्त्य गर्नेछौं र नागरिकहरूलाई भाइरसको बारेमा आफैं सतर्क बन्ने र जानकारी लिने अनुमति दिनेछौं” बेलायती सरकारका प्रमुख बोरिस जोनसनले प्रेस सम्मेलनमा भने ।

“नाईट क्लबहरु पुन खोलिने छन् । बारहरु हटाइने छ । हामी आफैं इमान्दार हुनुपर्छ । आगामी केहि सातामै गर्मीयामको छुट्टी शुरु हुने छ । पर्यटक आगमन शुरु हुने छ र स्कूलहरु बन्द रहनेछन् । यस्तो अवस्थामा सबैलाई अब कहिले खुल्ला भनेर अचम्म लाग्न सक्छ । त्यसैले जुलाई १९ बाट सबै स्वास्थ्य प्रतिबन्धहरु हटाइने छ” जोनसनले पत्रकार सम्मेलनमा भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक