शुक्रबार, चैत १६, २०८०

जापानद्वारा ओलम्पिक अवधिभर टोकियोमा आपतकालिन घोषणा

बिक्रम कोइराला / जापान२०७८ असार २४ गते १२:४०

Image-olympic.com

जापान सरकारले ओलम्पिक अवधिभर टोकियो शहरमा आपतकालिन अवस्था लागु गरेको छ ।

आयोजकहरुले अनियन्त्रित भिडलाई रोक्न सक्नेहुँदा भाईरस प्रशारलाई ध्यानमा राख्दै आजै बिहीवार यस्तो घोषणा गरेको हो । आपतकालिन अवस्था घोषणा गरेपछि आयोजकहरुले प्रशंसक र दर्शकहरुलाई नियन्त्रण गर्न सक्नेहुँदा आपतकालिन अवस्था घोषा गर्ने सुझाव बिज्ञहरुले दिएका थिए ।

“हामी टोकियोमा आपतकालिन अवस्था लागू गर्नेछौं” प्रधानमन्त्री योशीहिदे सुगाले संक्रमण उपाय अपनाउन आयोजित सरकारी बैठकमा भने “यो अवधि अगस्ट २२ सम्म लागू हुनेछ ।”

राजधानीमा कोरोना भाईरसका संक्रमितहरुको संख्या बढिरहेको र जुलाई २३ को उद्घाटन समारोहसम्म पुग्दा स्थिति झन बिकराल हुने देखिएपछि जापान सरकारले यस्तो निर्णय गरेको मेडिया रिपोर्टहरुमा उल्लेख छ । अधिक संक्रामक डेल्टा प्रकारको फैलावट बढिरहेकाले अधिकारीहरुलाई त्रसित बनाएको हो ।

संक्रमणको बढ्दो घटनाहरूले ओलम्पिक खेलहरूमा १०,००० स्थानीय प्रशंसकहरूसम्म जान दिने योजनालाई अबरुद्द गर्नुपर्ने बनाएको छ ।

“टोकियोमा नयाँ घटनाको संख्या लगातार बढिरहेको छ” जापानका भाइरस नियन्त्रण निकायको प्रमुखसमेत रहेका मन्त्री यासुतोशी निशिमुराले बिहीवार चेतावनी दिएका छन् ।

“मानिसहरुको भिड बढ्दै जाँदा संक्रामक मध्ये ३० प्रतिशत डेल्टाबाट संक्रमित छन् । यो थप विस्तार हुने अपेक्षा गरिएको छ” उनले थपे ।

संसारका अन्य भागहरूमा देखिए अनुसार भाइरस आपतकालीन नियमहरू कठोर लकडाउनहरू भन्दा कम प्रभावकारि छन् ।

बार र रेस्टुरेन्टहरूमा मदिरा प्रतिबन्ध लगाइनेछ । ति बेलुका ८ सम्ममा बन्द गर्नुपर्ने छ । कन्सर्ट र कन्फेरेन्स जस्ता कार्यक्रमहरू बेलुका ९ बजे बन्द गरिसक्नुपर्ने छ । कार्यक्रमहरूमा दर्शकहरू ५,००० मा सिमित राखिने छ । अथवा स्थल क्षमताको ५० प्रतिशतलाई मात्रै पहुँच दिईने छ ।

“हामी टोकियोलाई आपतकालिन स्थितिमा राखेर संक्रमणको फैलावटलाई कम गर्ने आशा गर्दछौं” निशिमुराले मेडियाहरुसित भने । उनक अनुसार ४० देखि ५० वर्षे उमेरका ब्यक्तिहरु संक्रमित भएर अस्पताल भर्ना हुने क्रम बढेको छ ।

ओलम्पिकमा कति दर्शकहरु जम्मा होलान् भनेर सोचिरहेका, धेरैलाई आकर्षित गर्न खोजिरहेका आयोजकहरुलाई यस निर्णयले दबाब दिएको छ । यसले आयोजकहरुलाई अब के गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्न दबाब परेको छ ।

धेरै जापानी मेडियाहरूले बिहीवार आयोजकहरूले अब टोकियो र वरपरका तीन क्षेत्रका सबै प्रतिस्पर्धा स्थलहरूबाट दर्शकहरूलाई प्रतिबन्ध लगाउने उल्लेख गरेका छन् ।

टोकियो २०२० का आयोजकहरूले स्थानीय, राष्ट्रिय सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय ओलम्पिक र प्याराओलम्पिक समितिसँग आज बिहीवार साँझसम्म बैठक बसेर निर्णय लिने अपेक्षा गरिएको जापानको आसाही सिन्बुनले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि प्रमुख टोकियोमा

जापानले हालसम्म तुलनात्मक रूपमा भाईरसको सानो प्रकोप मात्रै अनुभव गरेको छ । कडा प्रतिबन्धहरु नलगाएपनि त्यहाँ हालसम्म कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १४ हजार नौ सय पुगेको छ । कोरोना भाईरस बिरुद्दको खोप कार्यक्रम उति तिब्र हुनसकेको छैन ।

जनसंख्याको १५ प्रतिशत भन्दा अलिकति बढिले मात्रै अहिलेसम्म पूर्ण खोप लगाएका छन् । त्यहाँ डेल्टा भेरिएन्टले नयाँ छाल ल्याउन सक्ने चिन्ता गरिएको छ । यसले चाँडै नै स्थानीय चिकित्सा पद्दती, संस्थाहरुलाई ओझेलमा पार्न सक्ने आशंका गरिएको छ ।
विदेशका प्रशंसक, दर्शकहरूलाई यसमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । आयोजकहरूले गत महिनानै स्थानीय १० हजार ब्यक्तिलाई मात्रै प्रवेश गर्न दिने र क्षमताको ५० प्रतिशतमा सिमित गर्ने बताएका थिए ।

तर अधिकारीहरुले यो तथ्यांक भन्दापनि दर्शकहरु कम हुनसक्ने बताएका छन् । टोकियोमा भाईरसको संक्रमण ज्यादै बढेमा दर्शकहरुलाई कडा प्रतिबन्ध लगाएरपनि खेल अगाडि बढाउन सक्ने बताएका छन् ।

दर्शकहरुलाई बिक्रि गरिसकिएको टिकटहरु के गर्ने भन्ने अन्तिम निर्णय लिन आइतवार टिकट बिक्रि गर्ने आयोजकहरुको बैठक बस्ने बताइएको छ ।

यसैबिच ओलम्पिक अन्तर्राष्ट्रिय कमिटीका प्रमुख थोमर बाख आजै बिहिवार टोकियो आइपुगेका छन् । सार्वजनिक कार्यक्रमा उपस्थित हुनु अघि उनी आफैं तिन दिन क्वारेन्टाईनमा बस्नुपर्ने छ । त्यसपछिपनि उनलाई आवतजावतमा सिमित अनुमति तोकिने जापानी अखबारहरुले उल्लेख गरेका छन् ।

ओलम्पिक सहभागीहरूले सामान्यतया पूर्ण १४ दिन क्वारन्टाइनमा बस्नुपर्दैन । तर जापानमा उनीहरूको समयमा प्रतिबन्ध र सिमितता तोकिने छ । खेलाडीहरू आफ्ना ठाउँहरू र ओलम्पिक गाउँमा सीमित छन् । उनीहरुको दैनिक परीक्षण गरिन्छ ।
टोक्यो २०२० फाइनल काउन्टडाउन सुरु हुने बित्तिकै खेलहरूको लागि गति र उत्साह निर्माण गर्न जापानले संघर्ष गरिरहेको छ।

एउटा टर्च र्‍यालीको यात्रा देशव्यापी हुँदा उत्साहित बनाउनुपर्ने थियो जापानलाई । तर भाइरसको जोखिमको कारण देशका धेरैजसो सार्वजनिक सडकहरूमा गरिने भनिएको र्‍याली रद्द गरिएको छ । राजधानीमापनि र्‍यालीले दर्शकबिहिन अवस्था गुजार्ने छ ।

प्रशंसक र दर्शकहरूलाई उत्तरी होक्काईदोबाट शुरु हुने यो ओलम्पिक म्याराथनको मार्ग बेवास्ता गर्न आग्रह गरिएको छ ।

सर्वेक्षणले के देखाएको छ भने अधिकांश जापानीहरु यो ओलम्पिकको मिति सार्न, स्थागित गर्न वा पूर्णरुपमा रद्द गर्न चाहन्छन् । तर ओलम्पिकको मिति नजिकिँदै जाँदा त्यस्ता बिमतीहरु मत्थर हुँदै गएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक