बुधबार, वैशाख १२, २०८१

होटल सोल्टीमा क्वारेन्टाइन बसेकै ११ करोड ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार २५ गते ११:२६

आश्चर्य छ । कोरोना कहरका कारण बाहिरी विश्वका सबैजसो मुलुकमा हवाइ सेवा बन्द रह्यो । तर, नेपालमा भने केही साताको अपबाद छाडेर ‘चार्टड जहाज’ उडिरहे ।

यति मात्रै होइन, कोभिड १९ र आर्थिक मन्दीका कारण संसारभरी धेरै वायुसेवा कम्पनीहरुले आफ्ना अन्तर्राष्ट्रिय उडान बन्द गर्दै विदेशी पाईलट कटौति गरेको अवस्था रहेकोमा निगमका अपरेशन निर्देशक दिपुराज ज्वार्चनले विदेशी पाईलटलाई विना उडान कमिशन लिएर मासिक करोडौं रुपैयाँ तलव भत्ता प्रदान गरी वायुसेवाको रकम अनावस्ययक हिनामिना गरेका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रका अनुसार, विदेशी पाईलटहरले सन् २०२० जनवरी देखि २०२० नोभेम्वरसम्म बुझेको रकमको विवरण निम्नानुसार रहेको संलग्न कागजातबाट देखिन्छ —

‘विदेशी पाईलटहरुलाई अनावस्यक नियुक्ति गरी निजहरुलाई आयकर ऐन अनुसार कर काटेर पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा सो नगरी आयकरको रकम समेत वायुसेवा निगमवाट भुक्तानी हुनु विधिसम्वत देखिएन, यसमा नेपाल वायुसेवा निगमको तालुक निकाय नेपाल नागरीक उड्ययन प्राधिकरणवाट छानविन गराई निष्कर्समा पुग्न मनासिव देखिन्छ ।’

अझ चाकडी र चाप्लुसीको भर्याङ उक्लेर आएका निगमका महाप्रबन्धक डीमप्रसाद पौडेल पनि यो जथाभावीको खर्चबारेमा जिम्मेवार हुनुपर्ने भगौडा झैं मिडियाको सम्पर्कमा आएकै छैनन् । उद्दार उडान गर्नको लागि धेरै क्रुहरुलाई निगमकै करोडौं खर्चमा पाँचतारे होटल सोल्टीमा राखेर आफ्ना निकटलाई मात्र उडानमा क्रियाशिल बनाएको तर अन्यलाई उडान गर्न तथा परिवारलाई भेट्न समेत नदिएको सम्वन्धमा——

अपरेन्स विभागवाट विश्वभरी फैलिएको कोभिड १९ का कारण विभिन्न मुलुकहरमा रहेका नेपाली नागरीकहरको उद्दार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय बमोजिम नेपाल वायुसेवा निगमले उद्दार फ्लाईट गर्नु निगमको जिम्मेवारी तथा सामाजिक दायित्व रहेको, उक्त फ्लाईटमा निगमका उड्ययन कर्मचारीले सावधानि अपनाउँदा अपनाउँदै यात्रुसँग प्रत्यक्ष सम्पर्कमा आईरहनुपर्ने हुँदा उनीहरु संक्रमणको जोखिममा परी असुरक्षित हुने संभावना रहने, जसको प्रत्यक्ष असर उनीहरुको परिवारजन एवं अरु नित्यकर्मका क्रमशः सामाजिक मिसावटमा घुलमिल भई यस महामारीको उच्च जोखिमको समयमा नचहँदा नचाहँदै पनि संक्रमणको श्रोत हुनसक्ने प्रवल सम्भावना हुँदा यि सबै उद्दार फ्लाईटमा संलग्न कर्मचारीहरुलाई उडान अवधिभर साथै उनीहरुको पिसिआर परीक्षणको नतिजा नेगेटीभ नआएसम्म ब्यवस्थित क्वारेन्टाईनमा राख्नको लागि काम कारवाही अगाडी बढाउन भनि उठाईएको टिप्पणी मिति २०७७–२–२३ मा स्विकृत भएको पाईन्छ ।

मिति २०७७–२–३२ मा अपरेशन्स विभागवाट निगमका कुनै पाईलटहरु कुनै कारणवस रद्द हुन गएमा यात्रुहरुको ब्यवस्थापनका लागि सोल्टी होटेलसंग इन्फ्लाईट क्याटरिङ अग्रिमेन्ट (INFLIGHT CATERING AGREEMENT ) भएको र उक्त यात्रुवासको प्रस्तावना उपर थप कारवाही गर्न यात्रुसेवा विभागलाई ईमेल मार्फत आग्रह गर्दा यात्रुसेवा विभागबाट यात्रुवासको पनि प्रावधान रहेको, निगमको उद्दार फ्लाईटहरु जुन १४, २०२० बाट गर्नको लागि नेपाल सरकारबाट निर्देशन दिएको, सोल्टी क्राउन प्लाजामा निगमको १२ प्रतिशत सेयर रहेको, पब्लिक लिमिटेड कम्पनी समेत भएको, प्रशस्त मात्रामा खुला ठाउँ भएको, न्याम्स (NAMS) बाट सर्टिफाईड प्राप्त कम्पनि समेत भएको र निगमका अन्तराष्ट्रिय फ्लाईटको क्यारिङको ब्यवस्था समेत सोल्टीले नै गर्दै आईरहेको, साथै अहिलेको परिप्रेक्ष्यमा सरकारबाट प्राप्त तालिका यस विभागमा मिति २०७७–२–२९ मा मात्र प्राप्त भई सोही अनुसार योजना बनाउने क्रममा समय अत्यन्तै कम भएको, सोल्टी होटलसंग इन्फ्लाईट क्याटरिङ भ्यालिड (INFLIGHT CATERING AGREEMENT Valid) रहेको र अरु होटेलबाट प्रस्तावना माग गरी सबै न्युनतम मापदण्डहरु पुरा गरेको कारण यस विभागले क्वारेन्टाईनको लागि सोल्टी क्राउन प्लाजाबाट प्राप्त उक्त मापदण्डहरु पुरा गरेको कारण उक्त होटेलसँग अहिलेको शर्तहरु अर्थात् टर्म्स एण्ड कन्डिसन (Terms and conditions ) यथावत रहने गरी २ महिना थप गर्ने भनि स्वीकृत गरेको पाईन्छ ।

कोभिड १९ को कारणबाट होटल सोल्टीमा मा राखिएको भनिएका क्रु–मेम्बरहरुको क्वारेन्टाइन खर्च यस प्रकार छ—

तपाइँको प्रतिक्रिया