सोमबार, मंसिर १३, २०७८

भुटानमा बितेको वाल्यकालिन धुमिल सम्झना

कमलराज भट्टराई२०७८ असार २७ गते ९:२७

आज मेरो जन्मस्थान छोडेको ६२ वर्ष पुरा भएछ जुन ठाउँको धमिलो चित्र मात्रै बाँकी छ । पछि फर्किएर हेर्दा झल्याकझुलुक सम्झनाहरु आउँछन् ।

त्यो एक सानो गाउँ थियो । हाम्रा पिताजी पण्डित टेकनाथ भट्टराई वि.सं. १९९८ सालतिर पूर्वी नेपालको ताप्लेजुङ्गबाट जीविकोपार्जनका लागि नयाँ संसार खोज्दै भुटान देश पुग्नु भएछ । धेरै अघिदेखि यताका छिमेकीहरु गएर बसेको ठाउँ भुटानको दोरोखा । उहाँ चाहिँ पारिपट्टि देन्छुका भन्ने ठाउँको पनि सानो उपगाउँ म्यानाटार गएर बस्न थाल्नु भएको हो । सायद पहिला जानेहरुले आफ्नो छोराछोरीहरुको शिक्षा, दिक्षा र सामाजिक परम्पराको स्थापना गर्न गुरुको रुपमा उहाँलाई लिएर गएका थिए होलान् ।

सुरुका दिनहरुमा वरिपरि गाउँका युवाहरु भेला भएर हिउँदका फुर्सदिला दिनमा अस्थाई कटेरा बनाएर पढाइन्थ्यो भन्ने कुरा तत्कालीन विद्यार्थी जगन्नाथ दंगाल (माल्दाइ) भन्ने गर्नुहुन्छ । पछि २००४ सालतिर माताजीलाई पनि साथै लिएर जानुभएछ । त्यतैको केही कमाईले म्यानाटारको माथी भित्तामा सानो जग्गा लिएर हाम्रो घर बनाइएको ठाउँ मलाई अलिअलि याद छ ।

उक्त घरमा जन्तरे काका, अन्तरे र कान्छा काकासमेत गएर बस्नुभएको थियो । सोहि घरमा २००८ साल माघ २५ गते मेरो जन्म भएको हो । मेरा दाजु (तुलसीप्रसाद) दुई वर्ष अगाडि २००६ साल पौषमा तल गाउँकै पाठशालामा जन्मनु भएको हो अरे । मेरो जन्मपछि नै माताजीलाई रोग लागेछ । रोगले सताउँदै जाँदा २०१० भाद्रमा देहावसान भएछ । जतिखेर दाजुको उमेर ४ वर्ष ८ महिना र मेरो उमेर १ वर्ष ९ महिना अर्थात् १९ महिना मात्र थियो । माताको उमेर २३ वर्ष मात्रै हुँदै थियो । २०१२ सालसम्म त्यही घरमा बसियो । पछि त्यही जग्गाको माथि सिरानतिर अर्को ठुलो घर बनाएर सरियो ।

एकदिन हाम्रो घरको आँगनमा एक जना दंगाल थरिका मानिस चित्रा बुनिरहेका थिए । त्यसैबेला एउटा अनौठो किरा आयो । त्यो देखेर भाईले ‘माइला त्यो के किरा हो ?’ भनेर सोध्नासाथ मैले दंगाल किरा भनेछु ।

भाई गोविन्द पनि तलकै घरमा जन्मेर तीन वर्ष उमेर पार गरेका थिए । पिताजीको दोस्रो विवाह २००४ सालमा भएको थियो । पछि २००७ सालमा आमा र दाजुलाई लिएर नेपाल आउँदा दोस्रो आमालाई पनि लिएर जानुभएको अरे । दुवैजना आमाहरु २००४ पौष देखि २०१० भाद्रसम्म सँगै बस्ने अवसर पाउनुभएको रहेछ । आमाहरु नातामा दिदीबहिनी पर्नुहुँदो रहेछ । मेरी आमाकी फुपूकी छोरी । त्यसैले दिदीबहिनी भएर बस्दा मेरी आमाको बिरामी हुँदा हेरचाह गर्नुका साथै दाजु, म र भाई गोविन्दको समेत पालनपोषण सँगै भएको हो ।

त्यो समयका केही अविष्मरणीय घटनाहरु छन् । एकदिन हाम्रो घरको आँगनमा एक जना दंगाल थरिका मानिस चित्रा बुनिरहेका थिए । त्यसैबेला एउटा अनौठो किरा आयो । त्यो देखेर भाईले ‘माइला त्यो के किरा हो ?’ भनेर सोध्नासाथ मैले दंगाल किरा भनेछु । त्यो मान्छेलाई पीर परेछ क्याहो । काकाहरुले कुरा सपार्नु भयो । हाम्रो घरमा बस्ने पण्डित शिरोमणि खतिवडा हुनुहुन्थ्यो जो यसै वर्ष मोरंगको पथरीमा बित्नु भयो । उहाँ केटाकेटी मन नपराउने खालको हुनुहुन्थ्यो ।

एकदिन हामी सबैजना मिलेर काला चोर कमिला भनिने निकै टोक्ने कमिलाहरुको कम्मरमा जनैको डोराले कस्दै लामो माला तयार पारी गुरुजी आएर बस्ने वरण्डाको खाटमा लुकाएर राखिदियौँ । संयोगवश, गुरु ढिलो आएछन् । तर पिताजी पहिले आएर बस्न खोज्दा कमिलाले टोकेछ । हामी धेरै डरायौँ तर केही भएन ।

हाम्रा छिमेकीहरुमध्ये एक घर पौडेल (रणबहादुर) थिए जो बेलडाँगी शिविरमा धेरै वर्ष बसेर हाल अमेरिका आप्रवासनमा गएका छन् । भुटानको त्यो गाउँमा धेरै उखु खेति गरेर हिउँदभरि उखु पेलिवरी सख्खर र खुदो बनाउने गर्दथे । हाम्रो घरबाट धेरै तल एउटा खोला थियो । त्यसलाई तखती खोला भनिन्थ्यो । हिउँद महिनामा पानीजति सबै थुनेर गाउँतिर लगिने हुँदा पानी हुँदैन थियो । बर्खामा भने ठुलै भेल आउँथ्यो । पौडेलको घर खोला पारी थियो । हामी केटाकेटी एक्लै पनि पुग्ने गर्दथ्यौँ । उखु पेल्ने सिजनभरि हाम्रो दिनभरि बसाई त्यतै हुन्थ्यो । सकेजति उखु खायो अथवा, मकै–कोदोको पिठो खुदोमा मुछेर भुंग्रोमा पकाएको ठूलो रोटीको टुक्रा खान पाइन्थ्यो धेरै मिठो ।

त्यहाँ एउटा ओडार थियो— बाहिरबाट पर्खाल ल्याएर थुनेको थियो । डल्लेले हामीलाई भन्यो— यहाँभित्र भोटेहरु मर्दा ल्याएर बसाएर राख्छन् अनि, बाहिरबाट बन्दि गरिदिन्छन् । हामीलाई निक्कै डर लाग्यो ।

तल टारमा कुइकेलहरुका घर थिए । एउटा घरलाई ठूला घर भनिन्थ्यो । त्यो घरका नाती टिकाराम मसँगैका थिए । तिनको बिहे पाँच वर्षको उमेरमा नजिकैको गाउँकी छ वर्षकी घिमिरे थरकी कन्यासँग भएको थियो । त्यो विवाहमा गणेश काका र पिताजी देवी काका (लाउरे काका, हाल–सेती अञ्चल) पनि हुनुहुन्थ्यो । मलाई देवी काकाले बोकेर लानु भएको थियो । पछि ती कुइकेलहरु यतै झापाको धरमपूरतिर आएर बसे ।

हाम्रो काइलो भाइको नाम ईस्वरी हो, जसकोे त्यसबेलाको सम्झना धमिलो मात्रै थियो । २०१४ साल चैत्रदेखि अर्थात हामी भुटान छोडेर नेपालको पहाड फर्केर आएपछि मात्रै आफ्नै भाइसँग राम्रो चिनजान भएको थियो । उसलाई एक वर्षको हुँदा २०१२ साल माघतिर आमा बुवाले पहाडतिर लिएर आउनुभएको रहेछ । ताप्लेजुङ्ग जिल्लाको हाङदेवा गाउँ पुगेपछि मावलकी हजुरआमाले यतै राख्नु भएछ । देश छोडी गएकी छोरीको मायाको चिनुजस्तो भएर भाइ मावलमै हुर्कियो । त्यसैले मलाई कमै मात्र सम्झना भएको हो । हामी तीन भाई– तुलसी, म र गोविन्द खाना खान बस्ता उसको लागि ईस्वरीको ठाउँ भन्दै खाली ठाउँ छोडेर खाना खान्थ्यौँ । त्यतिबेला अहिलेजस्तो यातायात नभएको बेला हिडेर एकतर्फी नेपाल–भुटान गर्नै सात दिन लाग्थ्यो । आउनजान १५ दिन लाग्ने बेलामा, १ वर्षे काखे नानीलाई हजुरआमाको जिम्मा छोडेर जान आमाले सक्नु भएकै हो । सायद बहिनी पद्मा जन्मिने थिई क्यार । त्यसैले छोड्नुभयो होला ।

हाम्रो घरमा धेरै समय बस्नुहुने मावली काका, ठुलो मावली काका नन्दिकेसर पौडेल, साना मावली काका देवीप्रसाद पौडेल, बुवाका मामाका छोराहरुको सम्झना पनि छँदैछ । जन्तरे काका पनि लामै समय बस्नुभयो जस्तो लाग्छ । गणेश काका (बुवाका कान्छा काकाका छोरा) पनि हाम्रै घरमा बस्ने गर्नुहुन्थ्यो ।

एकदिन हामी सबैजना मिलेर काला चोर कमिला भनिने निकै टोक्ने कमिलाहरुको कम्मरमा जनैको डोराले कस्दै लामो माला तयार पारी गुरुजी आएर बस्ने वरण्डाको खाटमा लुकाएर राखिदियौँ । संयोगवश, गुरु ढिलो आएछन् । तर पिताजी पहिले आएर बस्न खोज्दा कमिलाले टोकेछ ।

एकपल्ट शायद २०१२ सालको हिउँदमा होला आमाबुवा काइलो भाईलाई लिएर पहाडतिर आउनुभयो । हामी तीन भाईदाजु, म र गोविन्दलाई जन्तरे काकाको जिम्मा छाडिएको थियो । एक महिना जति हामी काकासँगै बस्यौँ । त्यतिखेर हाम्रो घरमा धेरै आउजाउ गरिरहने ‘पौठाक’ भन्ने गाउँकी अन्तरी दिदी थिइन् । हाम्रो घरका धेरै काम उनैले गर्थिन् । हामी काकासँग बसेको बेला पनि तिनै दिदी आएर पिठो कुटेर रोटी पकाएपछि खान पाइन्थ्यो । एकदिन हामी बाहिर बसेर रोटी खाइरहेका थियौं, गोविन्दले बसेकै ठाउँमा आची गरेछन् । अनि, काकाले नै सफा गरिदिनुभयो ।

हाम्रो पहिलेको घर अलि तल थापाको घरभन्दा माथि पाखाको सिरानमा थियो । माथि घर बनाएर सरेपछि त्यो घर भत्केर तलको तलाको गारो मात्र थियो । हाम्रो घरछेउमा ठुलो ओडार थियो, त्यहाँ हामी खेल्ने गाई बाख्रा बाँध्ने गर्थ्यौं । ओडार अलिपर एक जोर ठुला र अग्ला ढुंगा थिए । हरेक वर्ष हाम्रो घरमा आइरहने पिताजीको इस्ट पाछिरे भन्ने भोटे थियो । त्यहाँ आएका बेला ढुंगामाथि चढेर जाँड, रक्सी र अन्य के–के हो, तितेपाती र अन्य फूलपाती चढाउँदै के–के फलाक्ने गर्दथ्यो । शायद त्यो ठाउँ उनीहरुको पित्रृथलो थियो कि ?

घरबारी वरीपरी ढुंगाको पर्खाल र बाँस, काठ आदिले घेराबारा गरिएको थियो— बाली जोगाउने । घरमा खानेपानीको व्यवस्था गर्न धेरै परको तातोपानीको धारा थियो, त्यहिँबाट ल्याउनु पर्थ्यो । जंगलभित्र भएकाले बिहानबेलुका भएकाले त्यता जानु डरमर्दो हुन्थ्यो । पछि कतै बाँसबाट केहि ठाउँ उता कुलो बनाएर घरछेउमै मुलको पानी ल्याइएको थियो ।

हाम्रो घरबाट अलि माथि बानियाँको घर थियो । बानियाँका जेठो छोरो डल्ले हामीभन्दा अलि ठुलो थियो । हामी प्राय उसँगै खेल्ने गर्थ्यौं । एकदिन खेल्दै जाँदा निकै पर पुगिएछ । त्यहाँ एउटा ओडार थियो— बाहिरबाट पर्खाल ल्याएर थुनेको थियो । डल्लेले हामीलाई भन्यो— यहाँभित्र भोटेहरु मर्दा ल्याएर बसाएर राख्छन् अनि, बाहिरबाट बन्दि गरिदिन्छन् । हामीलाई निक्कै डर लाग्यो ।

हामी खेल्न गएको ठाउँबारे मैले घरमा आएर बेलुका सुनाएको थिएँ । त्यसको भोलिपल्ट पिताजीले कुसङगीहरुसँग लागेर नानीहरु बिग्रने भए भनेर कुरा गरेको सुनेँ ।

हामीलाई पढाउन भनेर एकजना गुरु (पण्डित शिरोमणी खतिवडा जो पछि गएर जन्तरे काकाका सम्धि हुनुभयो र, गत वर्ष स्वर्गीय हुनुभयो) लाई एउटा कोठा दिएर खाने–बस्ने व्यवस्थासहित मिलाइएको थियो । गुरु सधैँ जजमानी पेसामा व्यस्त रहनेहुँदा र स्वभाव पनि कडा हुँदा हामी छेउ पर्न आँट गरेनौँ । त्यसैले दाजुबाहेक म ६ वर्ष र गोविन्द ५ वर्षको हुँदासम्म अक्षराम्भ भएको थिएन, हामी खेलेरै समय बिताउथ्यौँ ।

एकदिन कर्मिहरु गारो लगाउँदै थिए । गोविन्द र म छेउमै ढुंगा खेल्दै थियौँ । ढुंगा फुटाउन भनेर एउटा ठुलो ढुंगा माथि सानो ढुंगा राखेर मैले देब्रे हातले समाएको रहेछु । गोविन्दले ढुंगा फोर्ने सानो ह्याम्मरले हान्दा मेरो देब्रे हातको साइली औलाको पुरै हड्डी धुलो भएछ । आमाले केके औषधी लगाएर बाँधिदिनुभयो र, धेरै पछि निको भयो । तर आजसम्म पनि नङ बढ्दा साइली औंलोको फुटेको अवस्था अरुभन्दा फरक
देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक