शुक्रबार, चैत १६, २०८०

योगीको अध्यक्षतामा गैर आवाशिय नेपाली पत्रकार महासंघ घोषणा

नेपालप्लस संवाददाता / लण्डन२०७८ असार २५ गते १७:१८

बेलायतमा बसोवास गर्दै आइरहेका वरिष्ठ पत्रकार भगीरथ योगीको अध्यक्षतामा गैर आवाशिय नेपाली पत्रकार महासंघ घोषणा गरिएको छ । महासंघले गैर आवाशिय नेपाली संघसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ । तर उसले भनेको छ ‘यो संस्था नेपाल सरकारको कुनैपनि नियम र कानुन अन्तर्गत भने रहने छैन ।’

नव गठित संस्थाका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) छन् । यसैगरी सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) छन् ।

त्यस्तै, सल्लाहकारहरुमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) छन् । महासंघले अबको ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयाँ कार्य समिति गठन गरिसक्ने जनाएको छ । तर राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन् ।

केही वर्ष अघि नेपाल पत्रकार महासंघले समेत प्रवासमा आफ्ना शाखाहरु बिस्तार गर्दै थियो । तर शाखाहरु भित्र जातिय र पार्टीका नाराहरु देखिन शुरु गरेपछी नेपाल पत्रकार महासंघको मान्यता प्राप्त ति शाखाहरु या त निष्कृय छन या त सिमित ब्यक्तिहरुले आफ्नो अन्तर्गत राखेका छन् ।

नेपाल पत्रकार महासंघले समेट्न नसकेका अथवा जातिय र राजनीतिक नाराहरुमा सामेल नभएर बाहिर रहेका सकृय पत्रकारहरुका लागि गैर आवाशिय नेपाली पत्रकार महासंघ गतिलो गन्तब्य हुन सक्ने छ ।

त्यस्तै, कुनै पनि संघसंस्थाको कार्यकारी तहमा अहिलेसम्म नदेखिएका वरिष्ठ पत्रकार भगीरथ योगीको नेतृत्वले पनि यो संस्था प्रती बढी नै अपेक्षित बनाएको छ ।

पत्रकार योगीसँग व्यवशायिक पत्रकारिताको लामो अनुभव छ । उनी बीबीसीका अवकाश प्राप्त पत्रकार हुन् भने त्यस अघि उनी काठमाडौंबाट प्रकाशित हुने अंग्रेजी भाषाको पत्रीका स्पोटलाइट सँग आवद्ध थिए । योगी नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ‘ईन्जा’ युरोपको सल्लाहकारसमेत हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक