शुक्रबार, चैत १६, २०८०

साईबर आक्रमणकारीहरूद्वारा स्विस वेबसाइटसित चार लाख डलर माग

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असार २५ गते २१:४६

एक लोकप्रिय स्विस मूल्य तुलना वेबसाइट (प्राइस कम्पेरिजन) बन्द गरिदिएपछि साइबर आक्रमणकारीहरुले अनलाईन फिर्ता राखिदिन चार लाख अमेरिकी डलर माग गरेका छन् । रामसमवेयर भनिने नामको समूहका ति साईबर आक्रमणकारीहरुले क्रिप्टोकरेन्सीमा चार लाख डलर माग गरेका हुन् ।

एक वर्षमा आठ करोड ब्यक्तिले भ्रमण गर्ने कम्पारिस डट सिएच लाई उनीहरुले हमला गरेका हुन् जुन उपभोक्ताहरूले आफूलाई मन परेको वा इच्क्षा अनुसार बीमा र धितो सम्झौताको मूल्यहरूमा तुलना गर्न प्रयोग गर्दछन् ।

यहि वेभसाईटलाई साईबर हमलाकारीहरुले बुधवारदेखि आक्रमण शुरु गरेका थिए र हिजो बिहीवारबाट वेबसाइट बन्द भएको थियो । साईवर आक्रमणमा परेपनि कम्पनीले कुनैपनि ग्राहकको डाटा उल्लंघन नभएको जनाएको छ ।

आजै शुक्रवार केहिबेर अघि मात्रै कम्पारिसले वेबसाइट फेरि सञ्चालनमा आएको बताएको छ । यसका प्रवक्ताले हमलाकारीले माग गरेअनुरुप फिरौती नतिरेको दाबी गरेका छन् ।

यस अघि अमेरिकामापनि साईबर हमलाकारीहरुले साइबर आक्रमण गरि कम्तीमा २ सयवटा व्यवसायहरू प्रभावित गरिदिएका थिए । अधिकांश सूचना प्रविधि कम्पनी प्रभावित थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक