बिहीबार, वैशाख १३, २०८१

स्पेन र पोर्चुगलको यात्रा नगर्न फ्रान्सेली सरकारको सुझाव

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २५ गते २२:२४

फ्रान्सेली सरकारले कोरोना भाईरसको डेल्टा स्वरुप (डेल्टा भेरियन्ट) बाट सतर्क रहनकालागि भन्दै स्पेन र पोर्चुगलको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ । कुनै कडा निर्देशन दिँदा ‘आफ्ना छिमेकीहरुलाई चोट पर्न सक्ने’ भन्दै ति दुई मुलुकको भ्रमण नगर्न फ्रान्सले सुझाव दिएको हो ।

“यो प्रतिबन्ध होईन । तर कडा सिफारिश हो” सरकारले आफ्ना नागरिकलाई सुझाव दिँदै भनेको छ । यि दुई मुलुकमा डेल्टा भेरियन्टको प्रशार भैरहेकाले ति मुलुकले डेल्टासित सामना गर्नु परिरहेको उल्लेख छ । डेल्टा भेरियन्टको संक्रमण स्पोर्चुगलमा बढिरहेको भन्ने सुचना त्यहाँका पर्यटन ब्यवशायीबाट र स्पेनबाट पाएको सरकारको सूचनामा छ ।

“जसले आफ्नो छुट्टिहरु बुक गरेका छैनन् तिनलाई स्पेन र पोर्तुगललाई आफ्नो गन्तव्यमा नराख्न अनुरोध गर्दछु । यो होसियारीको कुरा हो” फ्रान्सका युरोपेली मामिलासम्बन्धी विदेश सचिव क्लेमेन्ट ब्यूनले फ्रँस २ टिभीसित भनेका छन् ।

“यो मेरो सिफारिस हो र यसमा म जोड दिन्छु । फ्रान्समै घुम्नु राम्रो हो वा अरु देशहरूमा जानु उत्तम हुन्छ । किनभने हाम्रो अवस्था विशेष गरी चिन्ताजनक छ” उनले थपे “यी गन्तव्यहरू आधिकारिक नै हुन् तर होशियार रहनुहोस् । हामी ति देशका बारेमा आउँदो दिनमा निर्णय गर्नेछौं । तर हामी अझै भाईरसको संक्रमणलाई सुदृढीकरण गर्न सक्नेछौं । ” उनले सोमबार हुने फ्रान्सेली सुरक्षा परिषदलाई बयान दिने र परिषदले केहि निर्णय लिन सक्ने संभावना औंल्याए।

गर्मी बिदाको सुरुमा गरिएको यस टिप्पणीले निकै प्रश्न र चासो औंल्याएको छ । किनभने विशेष गरी स्पेन र पोर्चुगल फ्रान्सेलीहरूका लागि लोकप्रिय गन्तव्यहरू हुन् ।

तपाइँको प्रतिक्रिया