शुक्रबार, चैत १६, २०८०

स्पेनमा कोरोना संक्रमण फेरि बढ्दै, कातालोनिया प्रान्तमा प्रतिबन्ध शुरु

नेपालप्लस संवाददाता / स्पेन२०७८ असार २६ गते १३:२२

Credit-elpais.com

स्पेनमा हालैका दिनहरूमा स्वास्थ्य स्थिति द्रुतरुपमा बिग्रँदै गएको र कोविड १९ खासगरि युवाहरुमा विस्फोट भएको छ ।

स्पेनमा पछिल्लो समयमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि कातालोनिया प्रान्तमा स्वास्थ्य प्रतिबन्धहरु फेरि लगाइएको छ ।

विशेष गरी युवा वर्गमा संक्रमणको संख्या ब्यापकरुपमा बढ्दै गएपछि क्याटालोनियाले कोविड १९ को रोकथाम गर्न पुन स्वास्थ्य प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बन्द स्थानहरूमा रात्रि मनोरन्जन स्थलहरू सप्ताहन्तबाट बन्द हुने भएको छ । कोरोना भाईरस परिक्षणमा नेगेटिभ रिपोर्ट आएका र कोरोनाको खोप लगाएका ब्यक्तिहरु मात्रै खुला कार्यक्रममा भाग लिन पाउने छन् ।

कातालोनिय स्वायत्त सरकारका प्रवक्ता पेट्रसिया प्लाजाले पत्रकार सम्मेलनमा स्वास्थ्य प्रतिबन्ध लगाउने घोषणा गरेकि हुन् ।

पाँच सय भन्दा बढि भेला हुने कार्यक्रममा जाँदा उनीहरुले स्वास्थ्य प्रमाणपत्र (नेगेटिभ भएको वा खोप लगाएको) पेश गर्नुपर्नेछ ।

“कातालोनियामा महामारीको स्थिति अत्यन्त जटिल छ” उनले भनिन् “किनभने घटनाहरू संख्यात्मक रुपमा बढ्दै गइरहेका छन जुन हामीले सहनसक्ने स्तर भन्दा बढी छ”।

“महामारी समाप्त भएको छैन । नयाँ प्रकारको कोरोना भेरियन्ट धेरै संक्रामक छ । हामीसँग अझै जनसंख्याको ठूलो अंश खोप नलगगाउने छ । हामी भाइरसलाई जितेको दाबी गर्न सक्दैनौं” प्याट्रसिया प्लाजाले पत्रकार सम्मेलनमा चेतावनी दिईन् ।

उनले मुखौटो (मास्क) लगाउन अनिवार्य गरिने समेत बताइन् । यद्यपि यो निर्णय स्पेनभरि लागू गर्न कातालोनियाको स्वायत्त सरकारको क्षमतामा पर्दैन । स्पेनमा जुन २६ देखि मास्क लगाउनु अनिवार्य छैन ।

युवाहरूबीच बिस्फोट

स्पेनमा हालैका दिनहरूमा स्वास्थ्य स्थिति द्रुतगतिमा बिग्रँदै गएको छ । कोविड १९ संक्रमण युवाहरूमाझ ब्यापक रुपमा बढेको छ ।

स्वास्थ्य मन्त्रालयका मुख्य महामारीविज्ञ फर्नांडो साइमनले हालको तथ्यांक राम्रो नभएको र सामान्य जनसंख्याको तुलनामा युवाहरुमा ६०० भन्दा माथि र अन्य जनसंख्यामा २०० ले संक्रमण बढेको बताएका छन् ।

बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै धेरै क्षेत्रहरूले स्वास्थ्य प्रतिबन्धहरु फेरि लागू गर्ने संकेत दिएका छन् ।

कातालोनिया पछि उत्तरी क्षेत्रको नाभारेलेपनि बुधवारदेखि केहि नियमहरु घोषणा गर्दै जनजिवनलाई सिमित पारेको छ । दक्षिणको आन्डलुसियाले क्यातालोनियाको सिको गर्ने संकेत दिएको छ ।

यसैबिच स्पेनमा खोप अभियान पनि तीव्र हुँदै गइरहेको छ । करीव चार करोड ७० लाख जनसंख्यामा ४० थोप्लो तिन प्रतिशतले खोप पूर्णरुपमा लगाएका छन् ।

त्यस्तै एक मात्रा खोप लगाउनेको संख्या आधा वा ५५ थोप्लो नौ प्रतिशत पुगेको छ ।
गत हप्ता, मल्लोर्का भन्ने ठाउँमा ठूलो भोजमा सामेल युवाहरु फर्किएपछि बेलारिक्समा कम्तिमा १,८२४ संक्रमित मानिसहरू भेटिएका थिए । त्यसपछि स्पेनभर करिब ६००० लाई क्वारेन्टाईनमा राखिएको थियो ।

कोरोना भाईरसबाट करीब ८१ हजारको मृत्यु र तिन करोड ८० लाखमा कोरोना संक्रमित भएको स्पेन युरोपमा कोरोनाले सबैभन्दा बढी प्रभावित भएको देश हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक