बिहीबार, वैशाख १३, २०८१

अमेरिकी राष्ट्रपतीद्वारा रुसी राष्ट्रपतीलाई साईबर हमला बिरुद्द कदम नचाले बदला लिने चेतावनी

नेपालप्लस संवाददाता२०७८ असार २६ गते २२:०४

अमेरिकी राष्ट्रपती जे विडेनले रुसी राष्ट्रपती भ्लादिमिर पुटिनलाई पछिल्लो समयमा रुसीहरुद्वारा गरिएको साईबर आक्रमण बिरुद्द कदम नचाले बदला लिने चेतावनी दिएका छन् ।

रुसी साईबरवालाहरुको समुह रानसोमबेयरबाट अमेरिकी संस्थाहरुका साइट र तथ्यांकमा साईबर हमला गरेपछि तिनलाई रोक्न बिडेनले आग्रह गरेका हुन् ।

रामसोमवेयर समुह रुसबाट सन्चालन भएकोले त्यसलाई रोक्न रुसलाई आग्रह गर्दै यदि रुसले यसका बिरुद्द काम नगरे अमेरिकाले त्यसको प्रतिक्रिया दिने शुक्रवार साँझ चेतावनी दिएका हुन् ।

दुई नेताहरूले शुक्रबार एक घण्टा लामो फोन वार्ता गरेको रोयटर्सलाई उल्लेख गर्दै फ्रंस २४ न्युजले जनाएको छ । उनीहरुबिच पहिलो पटक जेनेभामा जुन १६ मा भएको वार्तामा रामसोमवेयर हमला सम्बन्धी छलफल भएको थियो । उक्त भेटमा पुटिनलाई बिडेनले सीधा सन्देश दिएको समाचारमा उल्लेख छ ।

यसरि लगातार साईबर हमला गर्दा अमेरिकाका प्रमुख क्षेत्रहरुमा बाधा पुर्‍याउने र त्यसले अस्थिर बनाउने भन्दै बिडेनले त्यसलाई तत्काल रोक्न आग्रह गरेका थिए ।

“मैले उनलाई यो कुरा स्पष्ट पारें कि राज्यद्वारा प्रायोजित नभएपनि जब उनको भूमिबाट साईबर हमला चलाउने अभियान सञ्चालन भइरहेको छ भने त्यसलाई रोक्ने काम गर्नुपर्छ । हामीले त्यस हमलबारे त्यो समुह को हो भनेर उनीहरुलाई पर्याप्त जानकारी दिएपछि त्यसलाई रोक्न काम गर्नुपर्ने अपेक्षा गरेका छौं” बिडेनले पत्रकारलाई भने।

उनले अब दुबै सरकारले नियमित रुपमा कुराकानी गर्ने माध्यम स्थापित गरेको उल्लेख गरे । “हामी दुबैले अर्को देशमा केहि हुँदैछ भने त्यसले आफ्नो देशलाईपनि असर गर्छ भनेर सोच्दछौं । कुराकानी राम्रो भयो । म आशावादी छु ” उनले पत्रकारहरुलाई सुनाए ।

संयुक्त राज्य अमेरिकाले रसियाबाट हुने आक्रमणलाई कसरी प्रतिक्रिया दिने भन्ने योजनालाई संकेत गरेको छैन । तर बिडेनले यो साईबर हमला रोक्न रूसी सहयोग नआए डिजिटल प्रतिशोधको संकेत गरे ।

रोयटर्सका एक रिपोर्टरले यस्तो घुसपैठमा प्रयोग भएका रूसी सर्भरहरूलाई आक्रमण गर्नु जायज हुन्छ ? भनेर सोधेका थिए । बिडेनले मुस्कुराएर भने “हो ।”

बिडेनले पत्रकारलाई रुसी निष्क्रियताको परिणाम निस्किने बताएका थिए । के परिणाम भन्ने कुनै विवरण भने दिएनन् । उनले भने “जुलाई १६ को लागि एक संयुक्त बैठक तय गरिएको छ । मलाई विश्वास छ हामी सहयोग प्राप्त गर्नेछौं “।

रुसी साईबर हमलाकारीहरुले केहि साता अघि अमेरिकाका कम्तिमा दुई सय कम्पनीहरुलाई प्रभाव पार्ने गरि साईबर आक्रमण गरेका थिए । कासेया द्वारा सन्चालित कम्प्युटरहरुको उपकरण सन्जाल प्रवन्धन कम्पनीमाथिनै साईबर आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले उनीहरुको तथ्यांकको पद्दतीमै आक्रमण गरेर अबरुद्द गरिदिएका थिए ।

यो आक्रमणले गर्दा स्विडेनी कूप किराना स्टोर चेन आफ्ना सबै ८०० स्टोरहरू बन्द गर्न बाध्य भएको थियो । किनभने यो आक्रमणले गर्दा कम्पनी नगद रजिस्टरहरू सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको थियो । (रोयटर्स र फ्रंस २४ न्युजको साथमा)

संवन्धित समाचार हेर्नुस्

साईबर आक्रमणकारीहरूद्वारा स्विस वेबसाइटसित चार लाख डलर माग

अमेरिकामा साईबर आक्रमणपछि डाटा पुनर्स्थापना गर्न ह्याकरद्वारा सात करोड डलर माग

अमेरिकाका २०० कम्पनी साईबर आक्रमणमा

तपाइँको प्रतिक्रिया