बिहीबार, वैशाख १३, २०८१

एनआरएनमा पैसा बोल्न शुरु गरेको त्यो दृष्य

तिर्थनाथ कँडेल / बेलायत२०७८ असार २७ गते १२:२१

सन् २०१२ तिर हुनु पर्दछ, जीवा लामिछाने एनआरएन बेलायतको एउटा कार्यक्रममा आउँदा उनी बडो ठाँटका साथ कार्यक्रम हलको मन्चमा बसेका थिए । हल भित्र नअटाएका दर्शकले ढोका बाहिर उभिएर ताली बजाइरहेका हुन्थे । देशमा लगानी भित्र्याउने दौडमा लागेका लामिछने र उनको अभियानका पछी लागेको जमातलाई हेर्दा कस्तो लाग्यो भने अब नेपालको बिकासका लागि गैर आवाशिय नेपालीहरुको रुपान्तरित शक्ति मजबुत किल्ला भएर उभिने छ ।

पक्ष विपक्ष बेलायतको समितिमा पनि थियो । तर त्यो पुरै अवधिभर त्यस्तो कुनै अप्रिय सोच हुर्कन पाएन । विदेशमा बस्ने नेपाली आफ्नो छाता हुर्कदै गरेकोमा मख्ख परेभने नेपाल सरकारले एनआरएन अधिवेशनका लागि बजेटमै रकमको ब्यवस्था गर्‍यो । भारतमा एनआरआइले त्यहाँको पुर्वाधार बिकासमा पुर्याएको योगदान देखेको नेपाल सरकार लोभियो । तर एनआरएन सँग न त्यस्तो सोच थियो न कुनै परिकल्पना ।

पछिल्ला घटनाक्रमहरुले बताएको परिणाम के हो भने यो सँस्थाको स्थापनामा माथिल्ला मानिसहरुको ब्यापारिक स्वार्थ, माझौलाहरुको नाम कमाउने स्वार्थ र तल्लो तहको नेपाली जो साँच्चै नै देशलाई मायाँ गर्छ, उसको देश बनाउने स्वार्थ । तीन स्वार्थका बिचमा संस्था स्थापना भयो । लाभ लिनसक्ने समुहले लिए पनि । वा लिइरहेका छन ।

नितान्त ब्यक्तिगत स्वार्थ भएका समुहका विचमा कुरा नमिल्नु स्वभाविक हो । त्यो कहिले देखियो भने जतिबेला जिवा लामिछने आफ्ना उत्तराधिकारी शेष घलेको चुनावी दौडाहमा जर्मनी पुगे त्यसबेला असोचनिय झडप भयो । त्यो झडप मात्र थिएन नितान्त रुपमा नेपाललाई मायाँ गर्ने र एनआरएनमा अत्यधिक भरोसा गरिरहेको समुहको आक्रोश थियो । त्यहिबेला देखि एनआरएनमा पैसा बोल्न शुरु गरेको थियो ।

विदेशमा बस्ने नेपाली आफ्नो छाता हुर्कदै गरेकोमा मख्ख परेभने नेपाल सरकारले एनआरएन अधिवेशनका लागि बजेटमै रकमको ब्यवस्था गर्‍यो । भारतमा एनआरआइले त्यहाँको पुर्वाधार बिकासमा पुर्याएको योगदान देखेको नेपाल सरकार लोभियो ।

लण्डनमा भएको त्यो कार्यक्रममा जीवा लामिछनेको सोच र ब्यक्तित्वले प्रभावित भएको म सामान्य प्रवासी मजदुर जर्मनीमा भएको झडप पछी आफ्नो लगाम खिच्न बाध्य भएको थिएँ । किनभने जीवा लामिछनेले शेष घलेलाई काँधमा बोकेर हिंड्दै गरेको दृष्‍य अत्यन्तै भयानक देखिएको थियो । स्वार्थ समुहहरु कसरी एकअर्कासँग स्वार्थ रहुन्जेल घाँटी जोडीरहन सक्छन भन्ने गतिलो उदाहरण थियो त्यो । त्यहि दिन मेरो दिमागबाट जीवा लामिछनेको ब्यक्तित्व पतन भयो । र, एनआरएनएमा त्यही दिन देखि मुड्की र पाखुराको राजनीति शुरु भयो ।

जर्मनीमा शेष घले र जीवा लामिछनेको उपस्थितिमै भएको त्यो घटना सामान्य जस्तो देखिए पनि त्यसपछिका दिनहरुमा त्यही घटनाले एनआरएनलाई नेतृत्व गरिरहेको छ । नाम र पदका लागि जब मान्छे दुर्व्यशिन हुन्छ तब यस्ता सामाजिक संस्थामा शारिरिक झडपहरु हुने गर्दछन । शेष घले, जीवा लानिछाने उपस्थित झडप यस्तै एउटा दूर्ब्यवशिन परिणाम थियो । जसले समग्र संस्थालाई उत्तेजित बनाएको छ ।

सन् २००५ मा विदेशमा अध्ययन गरिरहेका हामी केही बिद्यार्थीहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा उनले भनेका थिए- “एनआरएनमा लाग्नु होला, देश र तपाईंहरुको भलाई पनि त्यसैले गर्नेछ” । हाम्रो आकर्षण त पक्कै पनि बढ्यो । किनभने नेपाल सरकारले सोचे जस्तै पढेलेखेका मान्छेहरुले नेतृत्व गरेको हुनाले पनि देश बिकासको अभियानमा यो संस्थाले अहं भूमिका खेल्ने छ । तर त्यस्तो  भएन । न सरकारले सोचे जस्तो भयो न हामीले सोचे जस्तो भयो । म अझै पनि असमन्जसमा छु,  खासमा नेपाल सरकार वा हामीले सोचेको के थियो ?

उपेन्द्र महतोले बनाएको हेलिकप्टर बस्ने हस्पिटल थियो या जीवा लामिछाने संलग्न बैंक र इन्सुरेन्स कम्पनीहरु । साँच्चै एनआरएनले नेपाललाई दिन खोजेको सहयोग यस्तै नाफामुलक मात्रै हो ? यस्ता धेरै प्रश्न छन । एनआरएनमा किन झडप भाईरहन्छ भन्ने कुरा नेपालमा भएका भनिएका पछिल्ला लगानीले बताउँछ । सर्वसाधारणले सुविधा पाउने गरी खासमा के गरेको छ एनआरएनले ? हेलिकप्टर अस्पताल अथवा सानीमा बैंक- कहाँनेर सर्वसाधारणले सुविधा पाएका छन ? छैनन ।

माथि उल्लेख गरिए जस्तै एनआरएनमा ३ समुह छन् । ति मध्ये पहिलो र दोस्रो समुह दाम र नामका लागि हरेक वर्ष झडप गरिरहन्छ । पछिल्लो महाधिवेशनमा कुल आचार्य पक्षधर र कुमार पन्त पक्षधरको काठमाडौंमा देखिएको ताण्डव त्यस्तै स्वार्थ केन्द्रित थियो । जो जो सम्मेलनका कुर्सी उचालेर एक अर्कालाई प्रहार गर्दै थिए तिनमा कस्तो मदहोसी थियो होला । उदेक लाग्दो दृष्‍य थियो त्यो । त्यो जीवा लामिछने र शेष घलेले जर्मनीमा रोपेको बिरुवा थियो जुन काठमाडौंको अधिवेशनसम्म फैलिएको थियो ।

बद्री केसीको थाप्लोमा नेपालीको उद्दारमा आएको आइएलओ रकममा भएको भ्रष्टाचार मामिला पनि टाँसिएको छ । तथापी उनले सामान्य एनआरएलाई खासै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । या उनले दिन चाहँदैनन् । कुरा स्पष्ट छ । बद्री केसी मान्छेहरु लडाएर आइएलओ भ्रष्टाचार आगामी महाधिवेशनका लागि ओझेलमा पार्न चाहन्छन् ।

अहिले आउँदो महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्बारी घोषणा गरिसकेका बद्री केसी चलायमान देखिएका छन् । उनी उपस्थित अमेरिकाको कार्यक्रममा जस्तो खाले ताण्डव देखियो त्यसले के निर्देश गर्दछ ? मानौं उनी अध्यक्ष भाईहाले पनि एनआरएनए कुन गतीमा अगाडि बढ्दछ ? न्युयोर्कको साधारण सभा भन्दा दुई दिन अघि देखिनै त्यसको तयारी चलिरहेको थियो । गौरी जोशी आफैं पनि महासचिवमा उम्मेद्बारी दिने तयारी गरिरहेका छन् । भिडन्तका नाइके यिनै थिए जो बद्री केसीको योजना मुताविक चलिरहेका थिए ।

गौरी जोशीका बारेमा छुट्टै लेखौंला । तर अहिले भने एनआरएनको अध्यक्ष पदको आकांक्षी रहेका बद्री केसी भिडन्तको एउटा अंग बनेर देखिनुले आगामी नेतृत्व कस्तो होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । बद्री केसी एनआरएनको अध्यक्ष होलान् नहोलान् यो भविष्यको कुरा भयो । तर एनसीसीमा उत्तेजना फैलाउने र नेपाली नेपाली विच द्वेष फैलाउने कामका लागि उनको नाम पटक पटक निर्वाचित भैरहने छ ।

त्यसो त, बद्री केसीको थाप्लोमा नेपालीको उद्दारमा आएको आइएलओ रकममा भएको भ्रष्टाचार मामिला पनि टाँसिएको छ । तथापी उनले सामान्य एनआरएलाई खासै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । या उनले दिन चाहँदैनन् । कुरा स्पष्ट छ । बद्री केसी मान्छेहरु लडाएर आइएलओ भ्रष्टाचार आगामी महाधिवेशनका लागि ओझेलमा पार्न चाहन्छन् । हामी काठमाडौंमा अर्को हेलिकप्टर अस्पताल बन्ने प्रतिक्षा गरौं ।

तपाइँको प्रतिक्रिया