मंगलबार, वैशाख ११, २०८१

युरोप कप ईटालीको पोल्टामा : कस्तो थियो खेल बेलायत-ईटालीको ?

नेपालप्लस संवाददाता / बेलायत२०७८ असार २७ गते १३:५७

युरो कप च्याम्पियनशिप खेलमा अन्तत : ईटाली बिजयी भएको छ । खेलको २ मिनेट ३७ सेकेण्डमै बेलायतले इटालीबिरुद्द एक गोल गरेर पहिलो आधा समयसम्म दबाब दिइरहेको थियो । ईटाली तुलनात्मकरुपमा रक्षात्मक, कमजोर र हतास जस्तो देखिएको थियो । तर दोस्रो आधा समयमा ईटालीले खेलको रणनितिपनि बदल्यो । उसले रक्षा पङ्तिपनि बलियो पार्‍यो । दोस्रो आधा समयको खेलमा बेलायतका बिरुद्द एक गोल गरेर बराबरी बनायो । त्यसपछि थपिएको आधा घण्टामा बेलायत र इटाली दुबैले गोल गर्न नसकेपछि पेनाल्ट्मा गए । इटालीका तर्फबाट दुई र बेलायतका तर्फबाट ३ गोल खेर गएपछि ईटाली युरो च्याम्पियन बन्यो ।

Image credit-indianexpress.com

खेलका पारखीहरुको मुखमा शुरु देखिनै पानी रसाईदिएको यो खेल निकै चुनौतिपूर्ण मानिएकै थियो । फुटबलका विशेषज्ञ, लेखकहरु आफ्ना तर्क दिईरहेका थिए । कोहि भन्थे इटालीले जित्छ । अर्काथरि बेलायतले ।

ईटालियन टिम तर्फ पहिलो ४५ मिनेटसम्म बल राम्रो नियन्त्रणमा थिएन । बेलायती टिमले आक्रमण सुरक्षा दुबै बराबरी बनाएका थिए । उनीहरुले पछिल्लो लहरमा पाँच खेलाडी राखेर प्रतिरक्षालाई शुरुदेखिनै ध्यान दिए । दायाँ बायाँ दुई भए । केन्द्रमा तिन जना बसे । जबकि ईटालियनहरुले प्रतिरक्षा भन्दा आक्रमणमा ध्यान दिए । ईटालियन तर्फको प्रतिरक्षा कमजोर हुँदा बेलायतीलाई ईटालियन पोस्ट तर्फ बल घुसाउन बढि सहज देखियो । ईटालियनहरुलाई बेलायती आक्रमणको सुरक्षामै गाह्रो बन्यो । प्रतिरक्षा तर्फ बलियो पारेकाले ईटालियनहरुले आफूले लगेका बल बेलायती सुरक्षाको घेरो छिचोल्न धौधौ भयो ।

१६ को राउण्डपछिनै अब ईटालीले च्याम्पियन बन्ने पर्खाईमा छ भनेर धेरैले अड्कल काट्न थालिसकेका थिए । चार पटकको विश्व कप बिजेता ईटालीसित टुर्नामेन्ट कसरि खेल्नुपर्छ भन्ने राम्रो ज्ञान थियो । उनीहरुलाई खेलमा अति प्रेसर (दबाब) कसरि झेल्ने भन्नेपनि ज्ञान थियो । बिपक्षी खेलाडीहरु कति दबाबमा खेल खेलिरहेछन् भन्ने हेक्कापनि यिनका कोचलाई राम्रोसित थियो । बेल्जियमसितको खेलमा ईटालीले कसरि अभिनय गर्न सक्यो भन्ने हेर्दापनि बुझ्न सकिन्छ कि ईटालियन खेलाडीहरु खेल मैदानमा अभिनय गर्नपनि सिपालु छन् । त्यसैगरि स्पेनसितको खेलमा एक पछि अर्को छाल कसरि ल्याउन सकिन्छ भन्नेपनि ईटालीले खेल जित्नुसक्ने कारण मानिएको थियो । तर तय्सो हुन सकेन ।

पूर्व खेलाडी रोबर्टो मन्सिनी यस्ता कोच हुन् उनको नेतृत्वमा इटालियन संयोजनमा खेलाडीलाई जुनसुकै जोश ल्याउनसक्ने ताकत, ज्ञान र एकताको बल छ । उनले आफ्ना सहायकहरुलाई उसैगरि चुस्त र दुरुस्त राखेका थिए । उनका अनुयायी मानिएका बेयर्स कप्तान जर्जियो चिलीनी आफ्ना टिमलाई उसैगरि हौशला प्रदान गर्न सक्ने तगडा कप्तान मानिन्छन् । दोस्रो हाफमा कोचको त्यो कौशलता ईटालियन खेलाडीहरुमा देखियो ।

ईटालीले खेल जित्नुछ भनेर अनुमानको अर्को कारणपनि छ । बलको पहुँचमा छिटो पुग्नु । खेलमा अतुलनीय दौड र छरितोपनालाई संसारले गर्ने ईर्ष्या हो ईटालीको । बेलायतलाई ईटालीको त्यो लहर भाँच्न सकिन्छ भन्ने कुरामा विश्वास थिएन । इटालीयनहरूमा अर्को पक्ष के बलियो थियो भने उनीहरू आफ्ना प्रतिद्वन्द्वी जत्तिकै विश्वस्त थिए कि यो तिनको समय हो र बेलायतलाई हराउन सकिन्छ । बेलायतभन्दा हरेक मोर्चामा द्रुत र छरिता छौं भन्नेमापनि निर्धक्क थिए । उनीहरुका छोटाछोटा पासले बेलायतीहरुलाई खेलको कौशल बुझ्न हम्मे हम्मे पर्छ भन्ने अनुमानपनि यो पटक मेल खाएन ।

उता बेलायततर्फ टुर्नामेन्ट सुरु भएदेखि बेलायतको टीममा साह्रै चोटपटक लागेको थियो र पनि डेनमार्क बिरूद्ध १२० मिनेटपछि ताजा देखिएका थिए । घरको मैदानको फाइदाको भीड उनीहरूलाई खुशी पार्न पनि एक कारक रह्यो आजको फैऐनलमा । युवा सेट खेलाडीहरुले राम्रो खेलिरहेका थिए जसले कडा फाइनलमा ठूलो भूमिका खेल्न सक्यो । तर पहिलो हाफमा जस्तो कौशल बेलायतीले देखाउन सकेनन् दोस्रो हाफमा र तय्सपछि थपिएको समयमा ।

बेलायतले ठूलो प्रयास गरेको हो । तर इटाली ३३ खेलमा अपराजित थियो । ती मध्ये तीन खेलमा मात्र पछाडि परेको थियो । उनीहरू अत्यन्त फिट थिए । तैपनि पेनाल्तिमा नगएसम्म त्यो छबी अनुसार ईटालीको टिमले गोल हान्न सकेन ।

युरो कप खेलको सम्पूर्ण समयमै इटाली सबैभन्दा कठिन विपक्षी थिए बेलायतीले सामना गरेका । शानदार किसिमले दौडिएका थिए । यो अविश्वसनीय रूपमा कडा खेल हुनेछ भन्ने बेलायतलाईपनि थाह थियो । तर इटालीले स्पेनको बिरूद्ध धेरै कडासित सेमीफाइनल जितेको थियो । त्यसले बेलायतलाई प्रोत्साहित गर्न उत्साहित पारेको थियो । जसले स्पष्टतः आफ्नै विशेष गति लिएको थियो ।

बेलायतीहरुले आरामसँग डेनमार्कलाई हराए । इटालियनहरू भन्दा २४ घण्टा कम आराम गर्न पाएका बेलायती खेलाडीहरु बढि थाक्नु एउटा कारक थियो । तर बेलायतसित तयारिकालागि समय पर्याप्त थियो । तिनले उल्लेखनीयरुपमा शारीरिक लचिलोपन देखाएकापनि हुन् । साथै उनीहरू आफ्नै ग्रिह मैदानमा हुनुले बढि साहस, समर्थन र ढुक्कको अनूभुती दिलाएको थियो ।

बेलायत खेलको लचिलो प्रणालीमा उपयुक्त देखियो । ईटालियन टिमको सामना गर्न वेम्ब्लीमा घरेलु फाइदालाई हल्का ठानिएको थिएन । तर इटालीको सामूहिक संगठन उनीहरूको शक्ति हो । विशेष गरी आक्रमणकारीहरुलाई विकल्पका साथ गहिराईमा पुग्न बेलायत पहिलो हाफमा सक्षम देखियो ।

डेनमार्कसितको खेलपछि, सेमी फाइनल जीत पछि, यो टीमले राम्रो गति, संयोजन मिलाएको थियो । त्यसले निकै प्रभाव पारेको पार्‍यो ।

बेलायतले जर्मनी र डेनमार्कसितपनि हार्छ भनिएको थियो । तर अन्तत दुबै टिमलाई जित्यो । किनभने बेलायत खेल मैदानमा खेलको अक्किल, तौरतरिका बदल्न सिपालु टिम हो । र बेलायत यस्तो टिम हो जो कसैसितपनि डराउँदैन । उनीहरु ईतिहाँसमा भएको साँघुरोपन र हारको पराजयबाटपनि आत्तिंदैनन् ।

सेमिफाइनल पेनाल्टी-किक शुटआउटमा स्पेनलाई हराउने इटालीको तुलनामा बेलायती टिम थोरै अगाडि देखा पर्‍यो । सेमिफाइनलमा डेनमार्कलाई हराएपछि इंल्यान्ड युरो २०२१ को दाबेदारको रूपमा पुनर्स्थापित भएको थियो । तर आज भएको फैऐनल खेलमा बिलायतका तर्फबाट पेनाल्टी हान्नेहरु परिपक्क देखिएनन् । र बेलायतले आफ्नै देशको खेल मैदानमा खेल्न पाउँदापनि मुखैमा आएको युरो कप गुमाउनु पर्‍यो ।

तपाइँको प्रतिक्रिया