शनिबार, वैशाख ८, २०८१

युरोकप जितेकोमा ईटालीभरि बिजय बिस्फोट

नेपालप्लस संवाददाता / ईटाली२०७८ असार २८ गते १३:०२

Photo-FaceBook Ranil Perera

युरोकप च्याम्पियनशिप बिजय हाँसिल गरेपछि ईटालीभरि बिजय उत्सव बिष्फोट भएको छ ।  उनीहरु यो कप हात पारेसँगै यसलाई नयाँ बिजय शुरु भएको भन्दै देशभरि उत्सव मनाएका छन् । युवा राष्ट्रिय फूटबल टोलीकालागि मात्रै नभएर यो जितको शुरुवात सम्पूर्ण देशकै लागि भएको ईटालीयनहरुले बताएका छन् । यसले कोरोनाकालभरि सुस्ताएको जनजिवनलाई एकैसाथ जगमगाइदिएको छ ।

सन् २००६ को विश्वकपपछि इटालीले पेनाल्टी शुटआउटमा आइतवार बेलायतलाई हराएपछि हजारौं मानिसहरू रोममा रातभरि कारको ट्वाँट्वाँ बजाउँदै, आतिशबाजी र गित संगितका दर्जनौं टोली सडकमा निस्किएर रातभर नाचगान गरेका थिए ।

“अन्य देश जस्तै हामी निकै कठिन एक वर्षपछिको समयमा छौं र त्यसले हामीलाई थकित पारेको छ” नाप्लेसका २८ वर्षिय फाब्रिजियो गालियानोले फ्रंस २४ न्युजसित भने ” यसको अर्थ धेरै हो हाम्रो लागि । हामीलाई समस्या पार्ने अन्य विषयभन्दा बाहिर फुटबल एउटा यस्तो खेल हो जसले हामीलाई एकताबद्द गराउँछ । हामीले गुमाईरहेको आनन्द र खुशिको अहिले मौका उठाउन पायौं । यो खेलकुद भन्दा धेरै परको आनन्द र उत्सव हो ।”

धेरै इटालियनहरूले युरोपियन च्याम्पियनशिपलाई आफ्नो देशको लागि पुन: बिजयको सुरुवातका रूपमा लिएका छन् जुन विगत १६ महिनामा लकडाउनका विभिन्न चरणहरूमा बिताउन बाध्य भएका थिए ।

कोविड १९ महामारीको चपेटामा इटाली एशिया बाहिर पहिलो धेरै प्रभाबित देश हो । विशेष गरी २०२० को वसन्त ऋतुमा जब उत्तरी इटालीका अस्पतालहरू बिरामीहरूले भरिएका थिए र मर्नेहरूको संख्या उच्च थियो । इटालीमा एक लाख २७ हजार भन्दा बढी कोविड १९ बाट मृत्यु भएको छ । यो युरोपेली परिषदका सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च हो ।

“यो सबैको लागी एक जटिल वर्ष हो । विशेष गरी हाम्रो लागि झन जटिल । किनकि पहिले धेरै प्रभावित हुने देशहरू मध्ये एक भएकोले । युरो जित्नु नयाँ सुरुवातको संकेत हो” मिलानमा भोज र कार्यक्रम आयोजना गर्ने ३० वर्षिय मिचेला सोल्फानेल्लीले भने ।

ईटालीमा वसन्त ऋतुको आगमनदेखि धेरैजसो भाइरस प्रतिबन्ध हटाइएको छ । इटालीका प्रशंसकहरूले “हामी युरोपको च्याम्पियन हौं” भन्ने नारा लगाउँदै ब्यापक मात्रामा स्वास्थ्य सुरक्षाको बेवास्ता गरेका छन् ।

दक्षिणी शहर बारीका २३ वर्षीय डेभिड बेलोमोले यसलाई इटालीको दोस्रो ठूलो विजयका रुपमा औंल्याए । इटालेली ब्यान्ड मानेस्किनले मे महिनामा युरोभिसन गीत प्रतियोगितामा जितेका थिए ।

“युरोभिसन र यस खेल र(फुटबल) दुबैलाई धन्यवाद जुन हामी यस वर्ष बिजयमा फर्कन सफल भएका छौं” उनले भने ।

भिडमभिड भएर प्रशंसकहरूले पिआज्जा देल पोपोलो, रोमको ऐतिहासिक केन्द्रको किनारमा एक अण्डाकार कोबीस्टोन स्क्वायरमा स्थापित दुई ठूला स्क्रीनहरूमा पेनाल्टी शुटआउट हेरेका थिए । इटालीका गोलकीपर जियानलुइगी डोन्नारुम्माले बेलायतीले हानेको अन्तिम पेनाल्टी बचाएपछि एउटा विशाल गर्जन आकाशमा उचालिँदै माथि माथि चढ्यो ।

समुद्री नीलो रङको इटालीका खेलाडीको जर्सीमा सेनेगलका आप्रवासी परिवार थिए जो पिआज्जामा भीडसँग फाइनलको अनुभव लिन रोमभन्दा एक घण्टा पर जागरोलो शहरबाट आएका थिए ।

“म इटालियन होइन । तर भावनाहरू महसुस गर्नसक्छु । ४२ वर्षिय फालिलु यान्कोहोले भने “मलाई ईटालियनलाई जस्तै महसुस भएको छ ।”

उनका १३ वर्षे छोरा यान्को इटालीका प्रशंसक र ईटालियन फुटबल टीमद्वारा प्रभावित थिए ।

“उनीहरूले साहस देखाए । पहिलो गोलले निराश बनाएपनि उनीहरूले कहिल्यै हार मानेनन् ” उनले भने “यिनीहरु बिजयका राम्रो लायक छन् । तिनीहरू सम्पूर्ण टूर्नामेन्ट उत्कृष्ट खेलिरहेका छन् । ”

मानिसहरूले अझै भीडभाडमा जाँदा मुखौटो (मास्क) लगाउन आवश्यक छ । तर यो भिडले मास्क लगाएको थिएन । प्रहरीलेपनि हस्तक्षेप गर्न सकेन । किनभने पिआज्जाबाट हजारौं हजार प्रशंशकहरु नाचगान गर्दै, ईटालीको राष्ट्रिय गान गाउँदै झण्डा बोकेर अर्ध नग्न अवस्थामापनि सडकमा उत्रिएका थिए । उनीहरुले तिसबाजीसमेत गरेका थिए । पटका अपड्काएका थिए ।

भिडबाट परै बसेर म्याच हेर्नेमा डा आन्नामारिया आल्तोमारेपनि थिइन् । उनी एक साथीसित बसेर खेलसँगै त्यहाँको तमासापनि हेर्दै थिईन् । यि दुबैले मास्क लगाएका थिए ।

“हामी यो गडबडीमा डेल्टा भेरियन्टबाट बच्न चाहन्छौं” उनले हाँस्दै भनिन् ।

Photo-FaceBook Ranil Perera

(नेपालप्लस, फ्रँस २४ न्युज, एपी र ए एफपी)

 

तपाइँको प्रतिक्रिया

फेसबुक