बिहीबार, वैशाख १३, २०८१

स्पेनको राजधानीमा गर्मीले जनजिवन आकुलब्याकुल

नेपालप्लस संवाददाता२०७८ असार २८ गते २०:१७

स्पेनको राजधानी मेड्रिड लगायत सेभिल्कमा अत्यधिक गर्मीले जनजिवन आकुलब्याकुल पारेको छ । गर्मीयाम लागेसँगै तापक्रम एक्कासि ४० डिग्रीसम्म पुगेपछि गर्मीले मानिसहरु आत्तिएका हुन् ।

तापक्रम ४० डिग्री पुगेपछि आत्तिएका मानिसहरु निकट भविषयमै ४४ डिग्रीसम्म पुग्ने मौसम बिभागको सूचना पाएपछि झनै अत्तालिएका छन् । तापक्रम गुआदलकिभिर उपत्यकाको सेभिलमा अत्यधिक बढेको छ । यो तापक्रम अझै बढ्ने क्रममा छ ।

आइतवार स्पेनका अधिकांश भागमा तापक्रम ४० डिग्री नाघेपछि स्थानिय र पर्यटकहरुले स्विमिङ पूल र अन्य नदी, समुद्र, पोखरीमा लामो समय बिताएका थिए । प्राय तापक्रम यति माथि जाने नगरेकोले त्यहाँका अधिकांश घर वातानुकुलित छैनन् ।

स्पेनको मौसम बिभागले तापक्रम अझै बढ्न सक्ने भन्दै आम नागरिकहरुलाई सचेत पारेको छ ।

केहि मानिसहरु म्याड्रिडको प्रसिद्ध प्राडो संग्रहालयको वातानुकूलित ग्यालरीहरूमा शरण लिन गएर चर्को तापबाट उम्केको स्पेनिस अलपाईस अखबारले उल्लेख गरेको छ ।

केहि मानिसहरु रोसा आल्फागेम पार्कतिर गएका थिए जहाँ प्राक्रितिक वातावरण दिने खालको ताल बनाइएको छ । केहि नगरपालिकाका स्विमिङ पूलपनि छन् ।

अधिकांश घरमा वातानुकुलित नभएको र हरेक वर्ष यस्तै गर्मी बढ्दै गएपनि मानिसहरुले भुल्दै जाने गरेकाले समस्याको समाधान नभएको स्थानियहरुले बताएका छन् ।

मेड्रिडमा १९ वटा स्विमिङ रहेको र आइतवार ति सबै खचाखच भरिएको अधिकारीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक