बुधबार, वैशाख १२, २०८१

देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथग्रहण साँझ ६ बजे

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार २९ गते ११:४९

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा प्रधनामन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यो नियुक्ति सँगै देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका छन् । नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री भन्ने अवशरपनि देउवालाईनै मिलेको छ ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै परमादेश जारि गरेको थियो । सोहि परमादेशलाई पालना गर्दै राष्ट्रपती भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकि हुन् ।

देउवाको सपथग्रहण आजै मंगलवार साँझ ६ बजे हुने राष्ट्रपतीको कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया