बुधबार, वैशाख १९, २०८१

एनआरएनए केन्द्रले न्याय नगरे एनआरएन फ्रान्सको समानान्तर समिति गठन गरिने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार २९ गते १७:१८

एनआरएनए फ्रान्समा बिधी र बिधानलाई लत्याएर गरिएका निर्णयहरु बिरुद्द केन्द्रमा सप्रमाण परेको उजुरिलाई सम्बोधन नगरे एनआरएनए फ्रान्सको समानान्तर समिति गठन हुने भएको छ ।

एनआरएन फ्रान्समा सदस्यता प्रमाणिकरणमा धाँधली भएको, राजनितिक पार्टीको नेत्रित्वकर्तालाई निर्वाचन समितिमा राखेको र बैधानिकता पुगेकालाईसमेत सदस्यता नदिए को सप्रमाण केन्द्रमा उजुरि परेको हो । सप्रमाण दिईएको उक्त उजुरि बिरुद्द एनआरएनए केन्द्रिय समितिले उचित फैसला नगरे फ्रान्समा एनआरएनएको समानान्तर समिति गठन गर्ने निर्णय मारमा परेकाहरुले गरेका छन् ।

एनआरएनए केन्द्रिय समितिका एक पदाधिकारीबाट नेपालप्लसलाइ प्राप्त उक्त उजुरीका अनुसार संस्थापन पक्षका तर्फबाटै सो उजुरि परेको हो । उजुरि दिनेमा संस्थापन पक्षकै वरिष्ठ उपाध्यक्ष अमर भण्डारी, उपाध्यक्ष गिता खनाल, महिला संयोजक मिली कोइराला र युवा संयोजक दिलिप गुरुङ छन् ।

नेपालप्लसलाई प्राप्त उक्त उजुरिका अनुसार गैर आवाशिय नेपाली संघ फ्रान्स (एनआरएनए फ्रान्स) मा शुरुका दिनदेखिनै सदस्यता वितरण, सदस्यता प्रमाणिकरण, निर्वाचन समितिका बारेमा प्रस्ट रुपमा बिवाद रहँदै आएको थियो । यसका बारेमा उनीहरुले शुरुदेखिनै एनआरएनए केन्द्रिय समितिलाई मौखिक र लिखित रुपमा जानकारि गराएका थिए । तर केन्द्रले संवोधन गरेको थिएन ।

फ्रान्समा हाल कोरोना भाईरसका बिरुद्दको कुनैपनि स्वास्थ्य प्रतिबन्ध नरहेको अवस्थामा सामाजिक भेला, सभा र बैठकहरु गर्न खुल्ला भएको छ । यस्तो अवस्थामा कार्य समितिकै सदस्य र पंजिक्रित सदस्यका ५० प्रतिशतभन्दा बढिले बिद्दुतिय माध्यमबाट नभै प्रत्यक्ष वा शशरिर उपस्थित निर्वाचन गराउन आग्रह गरेका थिए । तर बहुमत सदस्य र कार्य समितिकै सदस्यहरुको आग्रहलाई बेवास्ता गरेर संस्थापन पक्षले बहुमतको दम्भ देखाउँदै बिद्दुतिय माध्यमबाट निर्वाचन गर्ने निर्णय गरेको आरोप उजुरिकर्ताहरुको छ ।

संस्थापन पक्षको यो पेलानका बिरुद्द आइतवार फ्रान्समा रहेका सामाजिक संस्थाहरुको सामुहिक बैठक बसेको थियो । एनआरएनए फ्रान्सको संस्थापन पक्षले आफूखुशि निर्वाचन गर्ने, निर्वाचन समितिमै राजनितिक दलको भात्री संगठका नेतालाई निर्वाचन समितिमै राख्ने र रित पुगेका ब्यक्तिहरुलाईसमेत सदस्य बन्न रोक्ने निर्णयका बिरुद्द बैठकमा छलफल भएको थियो ।

सामाजिक संस्थाका प्रतिनिधीहरुले एनआरएनए फ्रान्सको यो रवैयाका बिरुद्द सामुहिक बिरोध गरेका छन् । उनीहरुले यो सामुहिक बिरोधको एनआरएनए केन्द्रिय समितिसमक्ष यथाशिघ्र सम्बोधन गर्नपनि माग गरेका छन् ।

एनआरएनए फ्रान्सको यो गलत कदमका बिरुद्द केन्द्रले सम्वोधन नगरेको आरोप केन्द्रसमक्ष गरिएको उजुरिमा उल्लेख छ । निर्वाचन समितिले तोकेको उमेदवारी दर्ताको अन्तिम मिति आज मंगलवार १३ जुलाईसम्म केन्द्रद्वारा सम्बोधन नगरिए एनआरएनए फ्रान्सले आयोजना गर्ने निर्वाचनमा सहभागि नभै समानान्तर समिति गठन गर्ने चेतावनीसमेत उजुरि पत्रमा छ ।

यस विषयमा जानकारि लिन नेपालप्लसले एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तसित सम्पर्क गरेको थियो । नेपालप्लससितको फोन सम्पर्कमा कुमार पन्तले एनआरएनए फ्रान्सका बिरुद्द केन्द्रले उजुरि पाएको पुष्टि गर्दै भने ‘उजुरि पाएका छौं । यसका बारेमा सकेसम्म आजै मंगलवार केन्द्रिय समितिमा छलफल गर्छौं र एनआरएनए फ्रान्ससित सम्पर्क गरि उचित निर्णय गर्ने छौं ।”

“उजुरि पत्रको संवोधन नभए के हुन्छ त ?” भन्ने नेपालप्लसको प्रश्नमा पन्तले भने “एनआरएनएको बिधिबिधान अनुसार नचलेको भए निर्णय सच्याउन लगाउँछौं । कुनैपनि रित पुगेको ब्यक्ति एनआरएनए सदस्य बन्न चाह्न्छ भने त्यो राम्रो कुरो हो र त्यस्ता ब्यक्तिलाई एनआरएनएको सदस्य बन्नबाट बन्चित गरिनुहुन्न हुनुहुन्न ।”

एनआरएनए फ्रान्सको सदस्य बनन् चाहनेहरु बाहिरिएको भन्ने जानकारिसमेत आफूहरुसमक्ष आएको पन्तले बताए ।

निर्वाचन समितिमा राजनितिक दलकै कार्यकर्ता रहेको बारे प्रश्न गर्दा पन्तको भनाई थियो “राजनितिक दलकै तर्फबाट एनआरएनएको कुनैपनि निकायमा सहभागिता जनाउन पाइन्न । उहाँहरुको संलग्नता स्वतन्त्र हुनुपर्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक