बिहीबार, चैत १५, २०८०

विज्ञप्ती लेख्न नजान्ने राष्ट्रपती कार्यालय

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार २९ गते १७:५८

पूर्व प्रधानमन्त्री केपी ओलीले जे जे भन्छन् त्यसैमा लाहा छाप लगाउने गरेको आरोप झेल्दै आएकि राष्ट्रपती विध्यादेवी भण्डारीको कार्यालयले एक हरपको बिज्ञप्तीसमेत राम्रोसित लेख्न नजानेको देखिएको छ ।

राष्ट्रपति विध्यादेवी भण्डारीले आज मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी ‘सर्वोच्च अदालतको फैसला बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेको’ उल्लेख गरेकी थिईन् ।

संविधानको धारा उल्लेख नगरि विज्ञप्ती जारि गरेपछि देउवाले सपथ लिन अस्विकार गरेका थिए ।

त्यस लगत्तै राष्ट्रपती कार्यालयले आफ्नो विज्ञप्ती सच्याएर ‘सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको’ भन्ने उल्लेख गरेकि थिईन् ।

विज्ञप्ती सच्याएर ‘सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको’ उल्लेख गरेपछि बल्ल देउवाले सपथ लिएका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक