शनिबार, वैशाख १५, २०८१

केन्द्रिय समितिको हस्तक्षेपपछि एनआरएन फ्रान्समा सहमती : रित पुगेका आबेदकले सदस्यता पाउने, उमेदवारी दर्ताको समय लम्बियो

नेपाल प्लस२०७८ असार २९ गते २२:१२

एनआरएनए फ्रान्समा बिधी र बिधानलाई लत्याएर गरिएका निर्णयहरु बिरुद्द एनआरएनए केन्द्रिय समितिले हस्तक्षेप गरेको छ । केन्द्रमा सप्रमाण परेको उजुरिलाई सम्बोधन नगरिएको गुनासो पटक पटक लिखित रुपमा गरेपछी आज मंगलवार केहि बेर अघिसम्म केन्द्रिय अध्यक्ष कुमार पन्त, केन्द्रिय महासचिव डा. हेमराज शर्मा र युरोप संयोजक नारायण आचार्यसहित बसेको बैठकले हस्तक्षेप गरेको हो ।

बैठकमा एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, महासचिव मिनकुमार श्रेष्ठले संस्थापन पक्षको बचाउ गर्दै आफ्ना भनाई राखेका थिए । तर एनआरएनए फ्रान्सकै युवा संयोजक दिलिप गुरुङ र तप्त भण्डारीले तिनका बचाउ बिरुद्द आफ्ना प्रमाण र संस्थापन पक्षका कमजोरीहरुको फेहरिस्त सुनाएका थिए ।

दुबै तर्फका भनाईहरु सुनिसकेपछि केन्द्रिय अध्यक्ष कुमार पन्त, महासचिव डा. हेमराज शर्मा र एनआरएनए युरोप संयोजक नारायण आचार्यले एनआरएनएमा सदस्य बन्न खोज्ने जोकोहि नेपाली मूलका नागरिकलाई बन्चित गर्न नहुने बताए ।

करिब तिन घण्टा चलेको अनलाईन बैठकमा भुटानी मूलका नेपालीहरुलाईपनि समेट्नु पर्ने, रितपूर्वक आबेदन दिएकाहरुलाई सदस्यता दिनुपर्ने, बिधि र बिधानको पालना गर्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए । अध्यक्ष कुमार पन्तको भनाई थियो “जोसुकै होस्, यदि कसैले नेपाली नागरिकताको प्रमाण बुझाउँछ भने उसलाई एनआरएनएको सदस्य बन्नबाट बन्चित गर्न हुँदैन । सदस्य बनाउनुपर्छ ।”

संस्थापन पक्षले यसअघि आफ्नो पक्षमा मतदान गर्ने ठानिएका ब्यक्तिलाई भुटानी मूलका भएपनि सदस्यतामा दिने र संस्थापन पक्षले आफ्नो पक्षमा नरहेको ठानेकालाई सदस्यतामा बन्देज गरेका थिए । अब केन्द्रिय समितिसहित बसेको सामुहिक बैठकको निर्णय अनुसार नेपाली नागरिक भएको प्रमाणित गर्नसक्ने जोकोहि एनआरएनएको सदस्य बन्नबाट बन्चित हुने छैन, गर्न पाइन्न ।

बैठकमा अध्यक्ष पन्त र महासचिव शर्माले निर्वाचन प्रक्रियामा वा अन्य बिधिबिधान र प्रक्रियामा धाँधली गरेको, बिधिबिधान उल्लंघन गरेर एकतर्फी निर्णय गरेको पाइएमा केन्द्रमा उजुरि गर्न आग्रह गरेका थिए ।

आजको सामुहिक बैठकको निर्णय अनुसार आज मंगलवार साँझ ६ बजेसम्मको उमेदवारी दर्ताको समयलाई बढाएर बुधवार मध्यान्ह (दिउँसो १२ बजे) सम्मलाई बनाईएको छ । केन्द्रिय समिति र युरोप संयोजकसहितको बैठकका निर्णय पाएपछि बैठक लगत्तै एनआरएनए फ्रान्सको आगामी निर्वाचनकालागि उमेदवार छान्न दुबै तर्फका प्रतिनिधीहरु ब्यस्त छन् ।

तपाइँको प्रतिक्रिया