मंगलबार, वैशाख ११, २०८१

काठफोरहरुको टोर्र टोर्र, ईन्जिनियरहरुलाई शिक्षा

ददि सापकोटा२०७८ असार ३१ गते १०:२९

भर्खर जंगल छिर्दै थियौं हामी । जंगलको मुखमा पस्नासाथै ‘टोर्र टोर्र, टटर्र टट’ आवाज आयो । लामो सुकेको रुखबाट झर्दै थियो त्यो आवाज । जंगली जिवन सिक्न, देख्न र भोग्न हिँडेको उसलाई मैले भनें ‘किशोर ऊ सुन त । कस्तो गज्जबले रुख हान्दै छ ।’

उसले भन्यो ‘ह्या, यस्तो जाबो त कहिले नसुनेको हो र ? सधैं टोर्र टोर्र गरिराख्या हुन्छ ।’

‘अरे होइन केटा । यो त गज्जबको कुरा हो । काठफोरले रुख हान्नुमा ठूलो रहस्य छ । उसले सुकेका रुखमा टटर्र टटर्र पार्नुमा प्रेम छ । रिस छ । दम्भ छ । हार छ । र त्यसैमा जितपनि छ । मायालु प्रेमका बह पनि छन् । प्रियलाई सुन्दर सन्देशपनि छ, ‘म तिमीलाई प्रेम गर्छु ।’

ऊसका आँखाले आँखिभौंलाई जरक्कै उचाले । आस्चर्य चकित भयो ‘त्यस्तोपनि हुन्छ र ?’

‘ल यो लाहाँचे वा काठफोरले आफ्नो ठोंड रुखमा हानेको राम्रोसित अनुसन्धान गर्ने हो भने त सुरक्षित कार बनाउन सकिन्छ । विमान ठोक्किंदापनि दूर्घटना नहुने पार्न सकिन्छ’ ऊसको अच्म्मित पर्ने सिमाले चार कोसे झाडीको पल्लो छेउ नाघ्यो ‘हैन होला ।’

त्यसले रुख ठुँङ्छ त्यो हेरेर के बलियो कार बनाउनु नी !’ उसलाई अब जोक जस्तो लाग्यो ।

लाहाँचे चराहरुले सुकेका रुखमा ब्वाङका ब्वाङ हान्दा ‘कटर्र कटर्र, टोर्र टोर्र, कटर्र कटकट’ आवाज आउँछ । यो हेरेर कसरि बलिया कार बनाउन सकिन्छ ? यसो भन्दा मुर्ख्याइँ, ठट्टा जस्तो लाग्दैन त ?

काठफोरले सुकेका रुखमा टटर्र टटर्र पार्नुमा प्रेम छ । रिस छ । दम्भ छ । हार छ । र त्यसैमा जितपनि छ । मायालु प्रेमका बह पनि छन् । प्रियलाई सुन्दर सन्देशपनि छ, ‘म तिमीलाई प्रेम गर्छु ।’

हो त, यसको टाउकोलाई जोगाउने क्षमताले ईन्जिनियरहरूलाई सुरक्षित कार, विमानहरू निर्माण गर्न मद्दत गर्दछ ।

लाहाँचे चराले ब्वाङका ब्वाङ ठोंडले हान्दा कसरि आफ्नो टाउको छिन्नभिन्न हुनबाट जोगाउँछ भन्ने यिनको क्षमता र टाउकोको संरचना बुझ्ने हो भने ईन्जिनियरहरुलाई सुरक्षित कार निर्माण गर्न मद्दत पुग्छ ।

यो चरो सानो छ । यसको टाउको मान्छेको टाउकोमा प्याट्ट ठोक्किँदापनि त्यसको टाउको चकनाचुर हुन्छ जस्तो लाग्छ । तर टाउकोले कुनै रुखमा हान्ने प्रतिस्पर्धा मान्छे र यो चराबिच गर्ने हो भने तपाईलाइ काठफोर चराले सजिलै जितिदिन्छ ।

यसको कारण के हो भने काठमा टाउकोले ब्वाङका ब्वाङ हान्दा ठूलो चोटहरू सामना गर्न सक्ने अद्भुत क्षमता उनीहरुमा हुन्छ । त्यो हान्ने कला यस्तो हुन्छ कि त्यो उनीहरूको उच्च-गतिबाट ठोक्ने शक्ति मस्तिष्कमा क्षति बिनानै झिकेका हुन्छन् । त्यसरि हिर्काउँदा दिमाखमा चोट त के सामान्य दुखाईपनि पर्दैन ।

चितवन राष्ट्रिय निकुञ्जमा काठफोर । Image- Suntoro Tjoe via http://suntorophotolibrary.blogspot.com

आँखा चिम्लेर मुढामा प्रतिघण्टा २० किमीको बेगमा मान्छेले टाउको बजार्ने हो भने के होला ? चटनी बन्छ टाउको । आँखा र मगज प्ल्यात्तै बाहिर निस्किन्छ । तर लाहाँचे चराहरुले प्रतिघण्टा २० देखि २४ किमीको बेगमा आफ्नो ठोंडले मुढा, रुखमा हिर्काउँछन् । यो गतीमा प्रत्येक दिन करिब १२ हजार पटक रुखमा हिर्काउँदापनि यिनको टाउको, आँखा, मगज केहि हुन्न । लाखौं करोडौं वर्षदेखि यिनको पूर्खाबाटै विकसित हुँदै आएकाले यिनको टाउकोमा मेशिनको गियर चस्तै चल्ने संयन्त्रको विकास भएको हुन्छ ।

यो त्यस्तो क्षमता हो सामान्य मानिसलाई सामान्य जस्तो लाग्छ । तर वैज्ञानिकहरूलाइ भने शैक्षिक हिसाबले मात्र नभएर दशकौंसम्म मनमस्तिस्कमा मोहित पारिराख्यो । चासो जगाइरह्यो । कौतुहल बनाइररह्यो ।

यदि मानिसले काठफोर (कतै कतै काँठपाकापनि भन्छन्) को प्रभावशाली एन्टि-शक शंयन्त्रलाई नक्कल गर्नसक्ने हो भने कार वा विमान जस्ता सवारी साधनहरूमा सुरक्षा सुविधाहरू व्यापक रूपमा सुधार गर्न सक्छन् । जुनकुनै खाले टक्कर र ठक्कर खाँदापनि जोगाउन सकिन्छ ।

आँखा चिम्लेर मुढामा प्रतिघण्टा २० किमीको बेगमा मान्छेले टाउको बजार्ने हो भने के होला ? चटनी बन्छ टाउको । आँखा र मगज प्ल्यात्तै बाहिर निस्किन्छ । तर लाहाँचे चराहरुले प्रतिघण्टा २० देखि २४ किमीको बेगमा आफ्नो ठोंडले मुढा, रुखमा हिर्काउँछन् । यो गतीमा प्रत्येक दिन करिब १२ हजार पटक रुखमा हिर्काउँदापनि यिनको टाउको, आँखा, मगज केहि हुन्न ।

काठफोर चराहरुले यसरि दिमाखमा चोट नपुर्‍याई ठोक्न सक्नुमा तिनको दिमाखको संरचनाले गर्दा हो । किनभने अरू चराहरू भन्दा लहाँचे चराहरूमा विभिन्न प्रकारका खोपडी (स्कल्स) हरू हुन्छन् । तर अहिलेसम्म तिनीहरूमा शरीर रचना (एनाटोमी) बाट कसरी मस्तिष्कलाई सुरक्षित राख्छ भन्ने कुराको राम्रो ज्ञान थिएन ।

चीनको डालियान युनिभर्सिटी अफ टेक्नोलोजीका अन्वेषकहरूले कम्प्युटर टोमोग्राफी (सीटी) स्क्यानको प्रयोग गरे जुन शरीरको विस्तृत, डिजिटल मोडल बनाउनका लागि वास्तविक काठफोर चराले जसरिनै काम गर्छ । त्यसपछि चराको पेकिंग (खोप्ने, हान्ने तरिका) नक्कल गर्नका लागि तिनीहरूले सफ्टवेयर प्रयोग गरे । त्यो प्रक्रिया जुन काठफोरको टाउकोले १५०० ग्राम बराबर इकाइहरूको बल वा हिर्काइ सहन सक्दछ । तुलनाको लागि एक सामान्य रोलर कोस्टर यात्रीले जम्मा ५ ग्रामको मात्र अनुभव गर्छ ।

हालै चाइना टेक्नोलोजिकल साइन्समा प्रकाशित अध्ययनले के देखाउँदछ भने लाहाँचेको अस्तित्व यसले लिने वा शोषण गर्ने उर्जालाई कसरि रूपान्तरण गर्दछ भन्नेमा भरपर्छ । जब एउटा लाहाँचेले रूखमा प्रहार गर्दछ (हान्ने प्रभावले उर्जा निकाल्छ) वा टक्करको बेलामा उत्पन्न हुने ऊर्जा शरीरमा तनाव ऊर्जामा रूपान्तरण हुन्छ । टाउकोमा धेरै तनाव रहनु विनाशकारी हुनसक्छ । तर लाहाँचेको अविश्वसनीय शरीर रचना, एक विशेष खाले ठोंड, खप्परले त्यो हिर्काउँदाको ठूलो उर्जालाई टाउकोको सट्टा शरीरको बाँकी भागमा पुनर्निर्देशित गर्दछ ।

वास्तवमा, ९९ दशमलव सात प्रतिशत तनाव ऊर्जा लाहाँचेको शरीरमा रूपान्तरण हुन्छ र शुन्य दशमलव तिन प्रतिशत मात्रै टाउकोमा रूपान्तरण हुन्छ । तनावको यो सानो मात्रा तातोको रूपमा टाउकोबाट चाँडै नष्ट हुन्छ । यस प्रक्रियाले दिमागलाई क्षतिबाट जोगाउँछ । तर खोपडी भित्रको तापक्रम द्रुत रूपमा बढ्नका लागि कारण बनिदिन्छ । यसलाई काठ काट्ने मानिसहरुको काम हेर्दा झन सजिलोसित बुझिन्छ ।

आरा लगाउँदा एक खालको ताप निस्किन्छ । दिमाखपनि तात्छ । हात पाखुरा गल्छन् । आरोपनि ज्यादै तात्छ र त्यसमा केन्द्रित रहँदा दिमाखपनि तात्छ । त्यसैले तिनले केहि बेरको अन्तरालमा आराम लिन्छन्, लिनुपर्छ । त्यस्तै हो लाहाँचे चराहरुमापनि । मतलब काठ काट्नेहरूले बारम्बार विश्राम लिनुपर्दछ जब उनीहरूले काठमा चुटिरहेका, ठोकिरहेका हुन्छन् । यस तरिकाले, लाहाँचेको सम्पूर्ण शरीर आफ्नो दिमागलाई नोक्सान हुनबाट बचाउन संघर्षमा सामेल हुन्छ । उनीहरु रुखमा हिर्काउँदा केहिबेरको अन्तरालमा आराम लिन्छन् ।

यो ऊर्जा खपतको अक्किल बुझ्ने इञ्जिनियरहरूको लागि ठूलो हुनसक्छ । विशेष गरी जो यातायातसँग संवन्धित छन् । जसले यातायातको इन्जिनियरिङ गर्छन् तिनकोलागि ज्यादै महत्वपूर्ण हुनसक्छ । विश्वको सबैभन्दा टकराव-प्रतिरोधी जनावरहरूको टाउको, दिमाख र शरिर बिज्ञानको संरचना, त्यसबारे अझ ठूलो ज्ञानले मानिसलाई भविष्यमा अझ राम्रो सुरक्षा सुविधाहरू निर्माण गर्न मद्दत गर्दछ ।

वास्तवमा, ९९ दशमलव सात प्रतिशत तनाव ऊर्जा लाहाँचेको शरीरमा रूपान्तरण हुन्छ र शुन्य दशमलव तिन प्रतिशत मात्रै टाउकोमा रूपान्तरण हुन्छ । तनावको यो सानो मात्रा तातोको रूपमा टाउकोबाट चाँडै नष्ट हुन्छ ।

लाहाँचे चराको आवाज प्रतीकात्मकपनि हुन्छ । यसका नयाँ अवसरहरूको बारेमा बुझ्नाले तपाइको बुझाईलाई फराकिलो बनाउन सहयोग पुग्छ । तपाइको वरिपरि रहेका कमजोरलाई रक्षा गर्न र तपाइको सृजनात्मकता र नवीनता हटाउनकालागि शक्ति दिन आवश्यक छ । लाहाँचेको ध्वनीले त्यसलाई संकेत गर्छ ।

प्रतिकवाद बुझ्नुले संसारको विभिन्न चक्र, बान्की र तालहरू बुझ्न मद्दत गर्दछ ।

प्रतीकवादले कसरी आफू, अन्य मानिस र संसारले काम गर्छन् र आफूले कसरी उन्नति गर्नुपर्छ भनेर अनुकूलित पार्ने तपाइको बुझाईको ढोका खोल्छ । यो भविष्यवाणी र चेतावनीको अर्थ र पृथ्वीसँग कसरी संपर्कमा रहने भन्ने सिकाउँछ ।

लाहाँचेको प्रतीकात्मकता हाम्रो जीवनमा ढकढक्याउने नयाँ अवसरहरूसँग सम्बन्धित छ जसमध्ये प्रायजसो हामीले बेवास्ता गरिरहेका हुन्छौं । प्रतीकवादको ज्ञानले हामीलाई परिवर्तनहरूमा हाम्रो ध्यान केन्द्रित गर्न र हाम्रो जीवनमा के भइरहेको छ याद गर्न मद्दत गर्दछ ।

यो जागरूकताले हाम्रो प्राकृतिक ऊर्जा र रचनात्मकतालाई बढाइदिन्छ । अवसरहरू साकार पार्न प्रेरित गर्छ ।

लाहाँचे एउटा आत्मिक प्राणी पनि हो । यसले यो समय हाम्रो तालमा अघि बढ्ने र सांसारिक हस्तक्षेपले हामीलाई विचलित नगरीकन अवसरहरूको ढोकाबाट अगाडि बढ्ने समय हो भनेरपनि उजागर गर्छ । यसका साथसाथै काठफोर, कटकोर अर्थ हाम्रो कार्यहरू अन्य खतराहरूबाट पनि सुरक्षित राख्नुपर्ने आवश्यकतासँग सम्बन्धित छ ।

संसारले तपाईंको उदारता र दयालुपनको निरन्तर दुरुपयोग गर्न कोशिस गरिरहेको हुन्छ । यसैले तपाइको खोजीको बीचमा, तपाइको सतर्कता र दयालुपनको बीचमा सन्तुलन कायम गर्नुपर्ने छ । खासगरि जब तपाइ आफ्ना त्यागिएको सपना र खोजीहरूलाई नवीकरण गर्नुहुन्छ ।

रुखमा टटर्र टटर्र हान्नुका कारण – पोथी वा भाले बोलाउन, प्रेमको संकेत गर्न । शत्रुलाई ‘परै जा’, ‘जोरि नखोज यो मेरो क्षेत्र हो’ भनेर सूचना दिन, सजग गराउन । रुखका बोक्रामा लुकेका किरालाई बाहिर निकालेर कप्लक्क निल्न । रुखमा टोड्को पारेर गूँड बनाउन ।

प्रतीकात्मक हिसाबले काठफोरको अर्थ हो : पहल लिनु, फर्किनु, सन्तुलन, विवेक, सञ्चार, अवसर, संकेत गर्नु, निर्धारण, प्रतिबद्दता, प्रगती, धान दिनु, सतर्कता, संरक्षण ।

काठफोरका धेरै खाले आवाज हुन्छन् । ति मध्ये एउटालाई ड्रमिङ भनिन्छ । ड्रमिंगलाई अंग्रेजीमा ट्याटुइङ, ट्यापिंग, र र्‍यापिङ समेत भनिन्छ । काठफोरले ध्वनीको ढाँचा सिर्जना गर्न एक गुंजयमान वस्तु (काठ) लाई छिटो ठोक्ने, हिर्काउने काम गर्दछ । वासस्थानको प्रक्रिति र निर्भरता अनुसार काठफोरहरुले आवाज निकाल्न जेमा हान्छन् ति हान्ने वस्तु प्राकृतिक र कृत्रिम दुबै वस्तुहरू छनौट गर्न सक्दछन् ।

रुखमा टटर्र टटर्र हान्नुका कारण – पोथी वा भाले बोलाउन, प्रेमको संकेत गर्न । शत्रुलाई ‘परै जा’, ‘जोरि नखोज यो मेरो क्षेत्र हो’ भनेर सूचना दिन, सजग गराउन । रुखका बोक्रामा लुकेका किरालाई बाहिर निकालेर कप्लक्क निल्न । रुखमा टोड्को पारेर गूँड बनाउन ।

साना काठफोरहरूले सामान्यतया साना वस्तुहरूमा हिर्काउँछन् । जबकि ठूला, अधिक शक्तिशाली काठफोरहरू अधिक ध्वनि निस्किने वस्तुमा लाग्छन् र ठूलै जोडले हिर्काउँछन् । ड्रमिंगको वास्तविक ढाँचा काठको धोद्रोपन, लय, लम्बाई, र जातिहरूको आधारमा भर पर्छ । त्यसै आधारमा आवाज र लयमा भिन्न हुन्छ । र प्रायजसो प्रजातिहरूको विशिष्ट ड्रमिंग आवाज र बान्की हुन्छ ।

काठफोरसँग विशेष शारीरिक रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ जसले आफुलाई चोट नपुर्‍याई कठोर वस्तुहरूमा छिटो र दोहोर्याएर हान्न मद्दत गर्दछ ।

बाक्लो खोपडीले चराहरूको दिमाग र कडा प्रभावको टाउकोमा गद्दा राखेर सुरक्षित, कमलो पारेजस्तो हुन्छ र कडा घाँटीका मांसपेशीहरूले तनाव बिना लामो समयसम्म हिर्काउन सहज बनाइदिन्छन् ।

जोडी बनेका भालेपोथी काठफोरहरूले ड्रमिंगको प्रयोग गरी एक अर्कालाई खाद्य स्रोतको बारेमा थाहा दिन वा गुँडमा ‘मलाई तिम्रो सहयोग चाहियो आउ’ भनेर बोलाउन हुनसक्छ ।

तिनीहरूको ठोंड पनि बाक्लो, सीधा र हिर्काउँदा निस्किनसक्ने प्रभावहरूको सामना गर्न सक्नेगरि कडारुपले बनेका हुन्छ । ठोंडमा हुने कडा झुम्मिएका रौंहरुले काठ वा धुलो कणको सानो टुक्रालाई ड्रमिंगगर्दा (हिर्काउँदा) निकाल्न मद्दत गर्दछ । त्यसैले चराको आँखा चिम्चिँदैन वा खुम्चिँदैन ।

रुखमा किन हिर्काउँछन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो । अन्य गित गाउने चराहरुसित झैं काठफोरसँग उनीहरूको एभियन (चरा वर्ग) शब्दावलीको अंशको रूपमा विशिष्ट गीत हुँदैन । यसको सट्टा ड्रमिंग (हिर्काउनु, ढोल बजाएजस्तो आवाज निकाल्नु) भनेको यी चराहरूको सञ्चार गर्ने तरिका हो । र काठफोरले दुई मुख्य कारणका लागि ड्रम गर्छन्- जीवनसाथी आकर्षित गर्न वा आफ्नो क्षेत्र र वासस्थानको विज्ञापन गर्न वा प्रचार गर्न, अरुलाई यो मेरो क्षेत्र हो भनेर जानकारि दिन ।

यी प्राथमिक कारणहरू बाहेक ड्रमिंगपनि तिनको अधिक स्थानीयकृत संचार हुनसक्छ । जोडी बनेका भालेपोथी काठफोरहरूले ड्रमिंगको प्रयोग गरी एक अर्कालाई खाद्य स्रोतको बारेमा थाहा दिन वा गुँडमा ‘मलाई तिम्रो सहयोग चाहियो आउ’ भनेर बोलाउन हुनसक्छ । काठफोरले नजिकै लुकिरहेको शिकारीको बारेमा सतर्कता, धम्की बढाउन ड्रम गर्न पनि सक्छन् ।

जब एउटा काठफोरले एक गुंजयमान वस्तुमा ड्रम गर्दछ त्यसबाट निस्किने ध्वनी अन्य पक्षीहरूले लामो दूरीसम्म सुन्न सक्छन् । अन्य काठफोरहरूले ध्वनिलाई यसको ढाँचा र आवाजले चिन्न सक्छन् । उही प्रजातिका चराहरूलाई ड्रमिंगको माध्यमबाट सम्भावित जोडीहरूतर्फ आकर्षित गर्नसक्छ । उही समयमा ड्रमिंगले प्रतिस्पर्धीहरूलाई सतर्क गराउँछ कि नजिकको क्षेत्र त्यो आवाज निकाल्नेले आफ्नो दाबी गरेको छ । बलियो, हैकम चलाउन सक्ने काठफोरले आफ्नो क्षेत्र, वासस्थानको रक्षा गर्न सक्छ जसले राम्रो ड्रमिंग उत्पादन गर्न सक्दछ । ड्रमिंगको गुणस्तर, यसको खण्ड र पुनरावृत्तिहरूको संख्याले तिनको स्वास्थ्य, शक्ति र चराको प्रभुत्वलाई विज्ञापन गर्न मद्दत गर्दछ ।

हिउँदको अन्त र वसन्तको शुरुमा प्राय: सामान्य हुन्छ जब चराहरूले जीवनसाथीलाई आकर्षित गर्न र क्षेत्रहरू स्थापना गर्न कोशिस गर्दै हुन्छन् ।

चराको गीतहरू झैं डमिङपनि सामान्य कुरो हो चराहरुमा । हिउँदको अन्त र वसन्तको शुरुमा प्राय: सामान्य हुन्छ जब चराहरूले जीवनसाथीलाई आकर्षित गर्न र क्षेत्रहरू स्थापना गर्न कोशिस गर्दै हुन्छन् । काठफोर्रहरू प्रायः बिहान ड्रम गर्दछन् । जबकि केही ड्रमिंग दिनको कुनै पनि समयमा सुन्न सकिन्छ । भाले र पोथी दुबै चराहरूले ड्रम गर्छन् ।

दोहोर्‍याएर हिर्काउँदा (ड्रमिङ गर्दा) काठको सतहमा साना, थुप्रै प्वालहरू बनाउँछ । ति प्वालहरुले कीरा वा ओसिलोपनाबाट ठूलो क्षति निम्त्याउन सक्छ ।

अर्कोपल्ट तपाई कतै जंगल गैरहेको बेला कटर्र कटर्र सुन्नुहोला । त्यो ध्वनीले तपाईको ध्यान तान्दा त्यसले तपाईको जिवन जोगाउन सक्ने, सुरक्षित राख्न सक्ने संकेत, जानकारिपनि प्रशारित गरिरहेको हुन्छ । उसले काठमा हानेको ठक्करले तपाईलाइ जगाउँदा त्यसले एक दिन तपाईको जीवन बचाउन सक्छ भन्ने हेक्कापनि दिलाउने छ । स्मरण गराउने छ ।

तपाइँको प्रतिक्रिया