शुक्रबार, चैत १६, २०८०

समुद्रबाट युरोप छिर्ने आप्रवाशीहरूको मृत्यु यो वर्ष दोब्बर, ६ महिनामै १,१४६ को मृत्यु

नेपालप्लस संवाददाता / रोम, ईटाली२०७८ असार ३० गते २०:५०

Photo Credit-IHA via dailysabah.com

समुद्रबाट युरोपमा छिर्ने आप्रवासीहरूको मृत्यु सन् २०२१ मा दोब्बर भएको छ ।  आप्रवाशनका लागि अन्तर्राष्ट्रिय संगठनले बुधवार प्रकाशित गरेको एक प्रतिवेदनमा समुद्री मार्गबाट यूरोप पुग्ने प्रवासीहरूको मृत्युमा तीव्र वृद्धि भएको उल्लेख गरेको छ । संगठनले युरोपेली राज्यहरुलाई तत्काल कदम चाल्न आह्वानसमेत गरेको छ ।

‘युरोप छिर्ने क्रममा समुन्द्रमा मरेका आप्रवासीहरूको संख्या यस वर्ष दोब्बर भएको छ’ अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले आजै बुधवार प्रकाशित एक नयाँ रिपोर्टमा भनेको छ । कम्तिमा एक हजार एक सय ४६ मानिस सन् २०२१ को पहिलो ६ महिनामा युरोप पुग्ने क्रममा समुद्री किनारमा मरेका छन् । सन् २०२० को उहि समयभित्र त्यसरि मर्नेको संख्या ५१३ थियो । सन् २०१९ को त्यहि समयभित्र त्यस्तो संख्या ६७४ थियो ।

“नागरिक खोजी र उद्धारमा संलग्न संगठनहरूले गम्भिर अवरोधहरूको सामना गर्नुपर्‍यो । उनीहरूको अधिकांश जहाजहरू प्रशासनिक कब्जा र चालक दलका सदस्यहरू विरुद्ध भइरहेको आपराधिक र प्रशासनिक कार्यवाहीका कारण युरोपियन बन्दरगाहमा फस्ने गरेका छन् । त्यसले गर्दा समयमै उद्दार गर्न सकिएन” रिपोर्मा भनिएको छ ।

आईओएमका अनुसार मृत्युको बृद्धि यस्तो समयमा भएको छ जब उत्तर अफ्रिकाको समुद्री किनारमा प्रवासी बोक्ने डुंगाले अवरोध झेलिरहेको छ ।

धेरै वर्षदेखि इटाली र युरोपियन युनियनले लिवियाको समुद्री क्षेत्रमा लगानी, प्रशिक्षण र सुसज्जित पारेका छन् । तस्करले युरोपमा प्रवास गर्ने र शरणार्थीहरूलाई अस्थायी डुंगामा ल्याउने क्रमलाई उनीहरुले रोक्न सफल भए । ईटालीको ट्रिपोली (समुद्री तट) मा इटालियन नौसेना जहाजले उनीहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको छ ।

समुद्री तटरक्षकहरूद्वारा दुर्व्यवहारको आरोप

समुद्री तटरक्षकहरूले शरणार्थीलाई दुर्व्यवहार गरेको आरोपहरूको सामना गरिरहेका छन् । धेरै गैरसरकारी संस्थाहरूलाई यस नीतिको निन्दा गर्न उन्मुख बनाएको छ ।

अन्तर्राष्ट्रिय समुद्री कानून अन्तर्गत समुद्रमा उद्धार गरिएको व्यक्तिहरुलाई एक सुरक्षित पोर्टमा लगेर झार्नुपर्छ । संयुक्त राष्ट्र संघले लिबियालाई सुरक्षित पोर्ट मान्दैन ।

आईओएमले युरोपको समुद्री प्रवास मार्गमा ज्यान गुमाउने र अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्न तत्काल र सक्रिय कदम चाल्न युरोपेली राज्यलाई आफ्नो आह्वान दोहोर्‍याएको आईओएमका महानिर्देशक एन्टोनियो भिट्टिनोले बताएका छन् ।

“खोज र उद्धार प्रयासहरूको बृद्धि गर्दै आप्रवाशीहरु छिर्ने पूर्वानुमान योग्य प्रस्थान स्थलहरुमा यान्त्रिक संयन्त्रहरू राख्नुपर्छ । ति स्थलहरुको सुरक्षित र कानूनी आप्रवाशन मार्गहरूमा पहुँच सुनिश्चित गर्नु यो लक्ष्य हासिल गर्ने महत्वपूर्ण कदमहरू हुन्” उनले भनेका छन् ।

यस वर्षको पहिलो ६ महिनामा अधिकांश मानिसहरूको मृत्यु (८९६) भूमध्य सागरमा अभिलेख गरिएको थियो । सन् २०२० मा सोही अवधिको तुलनामा १३० प्रतिशतले बढेको छ । धेरैजसो मृत्यु मध्य भूमध्यसागरमा हुने गरेको छ । यहाँ नियमित रुपमा ७४१ जनाको मृत्यु हुनेगरेको उल्लेख छ ।

पूर्वी भूमध्यसागरलाई मानवीय एजेन्सीहरले विश्वको सबैभन्दा खतरनाक प्रवासी मार्गको रूपमा ब्याख्या गरेका छन् । टर्कीबाट समुद्री मार्ग हुँदै ग्रीस पुग्ने प्रयासमा ६ जनाको मृत्यु यसै वर्ष भएको छ । यही अवधिमा अटलान्टिक महासागरमा अवस्थित क्यानरी टापुमा पुग्न कोसिस गर्दा कम्तिमा २५० आप्रवासीहरूले समुद्रमा ज्यान गुमाएका थिए ।

अदृश्य जहाज दुर्घटना

आईओएमले उल्लेख गरेअनुसार यद्यपि यी तथ्यांकहरू यथार्थता भन्दा निकै कम छन् । सयौं अदृश्य जहाज दुर्घटनाका घटनाहरू गैरसरकारी संस्थाहरूले रिपोर्ट गरेका छन् जुन डुंगामा यात्रा गर्दा वा उनीहरूका परिवारहरूसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन् ।

“जुन घटनाहरू प्रमाणीकरण गर्न अत्यन्त गाह्रो छ । यसले यूरोप जाने समुद्री मार्गमा हुने मृत्युको संख्या उपलब्ध तथ्यांकले देखाएको भन्दा बढी छ” जेनेभास्थित अन्तर्राष्ट्रिय संगठनले उल्लेख गरेको छ ।

प्रतिवेदनले मध्य भूमध्य मार्गमा उत्तर अफ्रिकी राज्यहरूले समुद्री डुंगा संचालनमा लगातार दोस्रो वर्ष वृद्धि गरेको उल्लेख गरेको छ । आईओएमका अनुसार वर्षको पहिलो आधामा उत्तर अफ्रिकी अधिकारीहरूले ३१ हजार पाँच सय भन्दा बढी मानिसहरूलाई रोक्ने वा उद्धार गरेका थिए । सन् २०२० को पहिलो छ महिनामा २३ हजार एक सय १७ थियो ।

ट्युनिसियाको समुद्री तटमा यस प्रकारका अपरेशनहरू गत वर्षको समान अवधिको तुलनामा यस वर्षको पहिलो ५ महिनामा ९० प्रतिशतलेले वृद्धि भएको छ । सन् २०२१ को पहिलो ६ महिनामा १५ हजार तिन सय भन्दा बढी व्यक्तिलाई लिबिया फर्काइएको थियो । यो सन् २०२० को पहिलो ६ महिनामा भन्दा झन्डै तीन गुणा बढी हो ।

लीबिया फर्केका आप्रवासीहरूलाई मनोमानी हिरासतमा राख्ने, जबरजस्ती चन्दा लिने, बेपत्ता पार्ने र यातना दिने काम गरिएको आईओएमले उल्लेख गरेको छ । आईओएमले यो अवस्थालाई चिन्ताजनक भनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक