शुक्रबार, चैत १६, २०८०

भिषण बाढीले जर्मनीमा ३३ र बेल्जियममा ४ को मृत्यु, नेपाली सकुशल

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार ३१ गते १५:४९

Photo Credit-Screen shot of WOLFGANG RATTAY / REUTERS via lefigaro.fr

भिषण बाढीका कारण जर्मनीमा ३३ र बेल्जियममा चार ब्यक्तिको मृत्यु भएपनि नेपालीहरुको अप्रिय खबर नआएको जर्मनीको नेपाली दुतावासले जनाएको छ । गत केहि दिनदेखि परिरहेको अबिरल वर्षाका कारण नदीको सतह बढ्न गइ जर्मनीको पस्चिम क्षेत्र र बेल्जियमको पूर्वी क्षेत्रमा मानविय क्षती भएको हो । मानविय क्षती सँगै सयौं घरहरु क्षतिग्रस्त बनेका छन् । तर यसमा नेपालीहरु कोहि नपरेको जर्मनीको नेपाली दुतावास र एन आर एन ए जर्मनीका अध्यक्ष हरी न्यौपानीले नेपालप्लससितको सम्पर्कमा बताए ।

पछिल्लो समाचार अनुसार जर्मनीमा देखिएको गम्भीर खराब मौसमले कम्तिमा ३३ व्यक्तिको मृत्यु भएको छ । स्थानीय अधिकारीहरू र आपतकालीन सेवाहरूले आज बिहिवार बाढी पिडितहरुलाई उद्दार गरिरहेका छन् । धेरै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न सयौं अग्नी नियन्त्रक, उद्दारकर्मीहरु परिचालन गरिएको छ ।

जर्मनीका नेपाली पत्रकार दीपक धितालले नेपालसितको सम्पर्कमा त्यहाँ मिनेट मिनेटमा सोसल मेडिया मार्फत नागरिकहरुलाई सचेत गराइएको र दर्जनौं मानिसलाई क्षती पुर्‍याएको समाचार सार्वजनिक भएको बताए । उनका अनुसार नेपालीको क्षती भए नभएको भने हालसम्म कुनै यकिन जानकारि छैन ।
तर एन आर एन ए जर्मनीका अध्यक्ष हरी न्यौपानीले भने नेपालीहरुको कुनै क्षती नभएको बताउँदै भने “चिन्ता नलिनुस् । नेपालीहरु बाढिमा पौडिन तगडा हुन्छन् । सानोतिनो बाढीमा पौडिएरै बच्छन् । कोहि नेपाली परेको खबर छैन, पर्दैनन् ।”

राइनल्याण्ड-प्यालाटिनेटमा अह्र्विइलर जिल्लामा १८ जना पीडित छन् । कोबलेन्जको प्रहरीले ट्वीटरमा भनेको छ ‘यस क्षेत्र र उत्तरी राइन-वेस्टफालियाको छिमेकी भूमिमा धेरै व्यक्ति हराइरहेका छन् । तिनको खोजि भैरहेको छ ।’

जर्मन प्रहरीका अनुसार धेरै ब्यक्ति हराएको हुन सक्छ । पुरानो राजधानी बोनको दक्षिणमा पर्ने शुलड नगरपालिकामा नदीको छेउमा रहेका ६ वटा घरहरू भत्किएका छन् । प्रहरीले ५० देखि ६० जना हराइरहेको जनाएको छ । कोब्लेन्ज (राइनल्याण्ड-प्यालाटिनेट) को प्रहरीका अनुसार यस क्षेत्रमा चार जनाको मृत्यु भएको छ । यहाँ अन्य घरहरू भत्किने खतरा छ ।

स्थानीयहरुलाई प्रहरीले भिडियो र फोटो पठाउन आग्रह गरेको छ जसले गर्दा हराईरहेकाहरुको खोजि र पहिचानमा सहज हुने छ ।

त्यसैगरि उत्तर राइन-वेस्टफालियाको क्षेत्रमा दुई अग्नी लडाकु दम्पतीले उद्दारको क्रममा ज्यान गुमाएका छन् । अन्य दुई जना बाढीमा डुबेका छन् । यस क्षेत्रका एक लाख ३५ हजार मानिस बिजुलीबिहिन भएका छन् । बिजुलीको अभावका कारण, अधिकारीहरूले लगभग ५०० बाढीका बिरामीहरूलाई लेभेरकुसेन क्लिनिकबाट बाहिर निकाल्ने प्रयास गरेका छन् ।

उद्धार कार्य जटिल

जर्मनीको पश्‍चिममा मुसलधारे वर्षाको कारण नदीहरू बढेर रूखहरू, सडक र घरहरू भत्काएको छ ।

उद्दारकर्मीले पीडितलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । धेरैले घरको छानामा शरण लिएका छन् । तर धेरैलाई उद्दार गर्न मुस्किल परिरहेको छ । अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई सकेसम्म माथिल्लो तलामा सर्न आग्रह गरेका छन् ।
राइनल्याण्ड – प्यालेटिनेट क्षेत्रको नेता, मालू ड्रेयरलेआफ्ना नागरिकहरु जोखिममा परेकोले चिन्तित रहेको फ्रंस २४ न्युजसित बताइन् ।

सारल्याण्डका क्षेत्रहरू, पूर्व मेक्लेनबर्ग-भोर्पोमर्न (उत्तरपूर्व) क्षेत्रलाई आँधीबेहरी सतर्कतामा राखिएको छ । मंगलबार प्राकृतिक विपत्तिको अवस्था होफ जिल्लामा समेत घोषणा गरिएको थियो । सडकहरु त्यहाँ बाढी ग्रत बनेका छन् ।

बेल्जियममा चार जनाको मृत्यु

बेल्जियममा देशका पूर्वी भागस्थित भेभियर्स जिल्लामा बाढी पीडितलाई सहयोग पुर्‍याउन आएका सहयोगीहरूले चारवटा शव फेला पारेका थिए ।

आरटीबीएफ च्यानलका अनुसार हालका दिनहरूमा विशेष वालोनिया (दक्षिण र पूर्व फ्रान्सेली भाषा बोल्ने क्षेत्र) मा मुसलधारे वर्षा भएको छ । यहाँ कम्तिमा ६ व्यक्तिको मृत्यु भएको छ । भभेरियर्स नजिकै रहेका स्पा, थेक्स र पेपिंस्टर शहरहरू मुसलधारे वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका छन् जसको कारण यस क्षेत्रका नदीहरू आफ्नो सिमाबाट उर्लेर माथि बढेका छन् । पेपिंस्टरमा करिब १० वटा घरहरू भत्किएका छन् ।

बेल्जियमको पूर्वी क्षेत्र युपेनमा २२ वर्षको एक जवानलाई खोलाले बगाएको छ । लिजको दक्षिण क्षेत्र आइवाइलमा ५० बर्षे वृद्ध आफ्नै सिलिङ नजिक डेबुका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक