बुधबार, वैशाख १२, २०८१

मर्दै गरेको ग्रहमा बाँचिरहेका हामी

आफ्नै फोहोरको धुवाँमा ज्युँदै उम्लिरहेको हाम्रो सभ्यता

उमाईर हाक२०७८ असार ३१ गते २३:२३

मेरो प्रिय डाक्टरको पत्नीले मलाई एकदिन भनिन् “तपाईलाई थाह छ क्यानडाको भेन्कुबर नजिकै उच्च तापले धेरै मानिस मरिरहेका छन् ? ” “उम,” मैले जवाफ दिएँ । र त्यसपछि म उठें । अचानक शब्दहरू सुनें “पख्नुस्, केरे ?”

क्यानाडा ठ्याक्कै त्यस्तो ठाउँ होइन जहाँ तपाईं गर्मीबाट मरेका धेरै मानिसको खबर सुन्नुपर्छ । बरु यस्तो खबर अब आउनेवाला छ । त्यो अत्यन्त गम्भिर कुरा हो ।

यो लू होइन । यो एक मर्ने ग्रह हो । प्रशान्त क्षेत्रको उत्तर पश्चिम प्राय: जसो जलवायु वैज्ञानिकहरूले “गर्मी गुम्बज (हिट डोम) भैरहेको” भनिरहेका छन् । यो समुद्री तटको माथि र तल तानिन्छ । पोर्टल्याण्ड, ओरेगनमा ११५ डिग्री थियो । त्यो कायरो, पाकिस्तानको कराँची वा इजिप्टको भन्दा बढि तातो हो ।

यो विश्वको त्यस्तो क्षेत्र हो जुन शीतोष्ण र चिसो हुनुपर्दछ । उम्लिने तातो हुनु हुँदैन। तर यो “गर्मी गुम्बज” को मुनि अल्झिएको छ जुन उच्च चापको एक विशाल क्षेत्र हो जसले शाब्दिक रुपमा प्रेशर कुकरले जस्तै प्रभाव पार्दछ । हिजोका तातो छालहरू सामान्य तापमान भन्दा केही दिनको उच्च “गर्मी गुम्बज” बन्न लागिरहेको छ । जब ग्रह सबै मान्यताहरू भन्दा पर गएर तात्छ त्यसले हामीलाई गम्भीर दुश्मनी निम्त्याउँछ ।
मैले किन खतरा भनिरहेको छु ? किनकि चरम गर्मीको जिवन खासमा कस्तो हुन्छ ?

अघिल्लो दिन, मैले पृथ्वीको सबभन्दा गर्मी ठाउँको बारेमा लेख पढें, जुन पाकिस्तानको याकूबबाद हो । यहाँ औसत तापक्रम ५२ डिग्री सेन्टिग्रेड भन्दा पर जान्छ । याद गर्नुहोस्, उत्तर पश्चिमी प्रशान्त क्षेत्रमा तातो गुम्बजले पहिले नै त्यहाँको तापक्रमलाई धक्का दिएको छ । त्यहाँ ४६ डिग्री सेल्सियस भैसकेको छ । पोर्टल्याण्ड र सियाटल यति तातो हुनेमा पुगिसके कि पृथ्वीको सबैभन्दा चर्को गर्मी हुने शहर नजिक पुग्न लागिसकेका छन् ।

मानिसहरु भागेर पुगेको ठाउँ गरिब र निर्धन बन्दै जान्छ । ति अब्यवस्थित बन्छन् । स्थानबाट मानिसहरू भाग्दै जान्छन् । ति गरीब र अधिक अस्थिर हुन्छन् । भागेर पुगेको ठाउँका मानिसद्वारा तिनलाई प्राय रुचाइन्न । खास गरी यदि तिनीहरू केहि नलिईकनै रित्तो हात आएका हुन् भने झन रुचाईदैनन् ।

त्यसलाई “मौसम परिवर्तन” वा अझ सहि रूपमा भन्नुपर्दा, ग्लोबल वार्मिंग । हामी जिवितै उम्लिन शुरु भएका छौं ।

यदि तपाइलाई यो अतिशयोक्ति जस्तो लाग्छ भने याकूबबादको जीवनचर्या विचार गर्नुहोस् । मान्छे घर धेरै छोडदैन जब तातो शुरु हुन्छ । उनीहरू भित्र बस्छन् । शान्त रहन कोशिस गर्छन् सकेसम्म । व्यापार, वाणिज्य, सामाजिक घटनाहरू सबै चीज बन्द हुन्छन् । त्यो तपाईंलाई कस्तो लाग्छ ? यो धेरैकलागि लकडाउन जस्तो सुनिन्छ । यदि तपाईं विश्व केही वर्ष वा दशकमा कस्तो देखिन्छ भनेर बुझ्न चाहानुहुन्छ भने सोच्नुस्; गम्भीर बनाउने छ । चरम गर्मी महामारीका बेलाको लकडाउन जस्तै हो किनकि यी दुबै विनाशकारी छन् । यि दुबैले असुरक्षित बनाईद्न्छन् जिवनलाई ।

महीनौं उम्लिरहेको छ याकूबबाद । पोर्टल्याण्ड, भ्याङकुबर र सियाटलको गर्मी गुम्बज टाढा हट्ने छ । तर यसमा धेरै फरक छ । किनभने सम्भावना के छ भने तातो गुम्बज अर्को वर्षमा फेरि आउँछ । र त्यसपछिको साल पनि आउँछ । आइरहनेछ । यो जुन ग्रहमा छ छिटो तातिरहेको छ । र त्यो तातिरहुन्जेल आइरहने छ ।

जेकवाबाद अझ तातो हुँदा के हुन्छ ? उत्तर पश्चिमी प्रशान्त क्षेत्रले अधिक गर्मीको गुम्बज अनुभव गर्नेबित्तिकै के हुन्छ ?

त्यो बुझ्न तपाईंले “भिजेको बल्बको तापक्रम” धारणा बुझ्नुपर्दछ । यसले जिउँदो चीजहरूमा तातो तनावको लागि दबाब दिन्छ । जब तपाईं भिजेको कपडाले थर्मामीटर बेर्नुहुन्छ त्यहाँ वाश्पिकरण हुन्छ र त्यो पसिनाले तपाईको शरिरलाई शितल पार्छ । मौसम वैज्ञानिक साइमन लुइस यसलाई यसरि ब्याख्या गर्छन् “मानिस ३५ डिग्री सेन्टिग्रेडभन्दा माथि भिजेको चिमबाट निस्किने तापक्रमको लामो एक्स्पोजरबाट बच्न सक्दैन । किनकि हाम्रो शरीरलाई चिसो पार्ने कुनै उपाय हुँदैन । छायाँमा पनि संभव हुन्न र असीमित पानीलेपनि संभव हुन्न ।

तपाईले बुझ्नुभयो ? ९५ डिग्री फरेनहाइटबाट अगाडि (३५ डिग्री सेन्टिग्रेड) १०० प्रतिशतको आर्द्रतामा तपाईं मर्नुहुन्छ । तपाईं आफैंलाई ठण्डा पार्न सक्नुहुन्न । तपाईंका अंगहरु असफल हुनथाल्छन् र शाब्दिक रूपमा भन्नुपर्दा भित्रबाट जीवित रुपमा तपाई उम्लेर बस्नुहुन्छ । किनकि तपाईंको प्रोटीनले इनकार गर्दछ ।

अहिले त्यो भिजेकोचिमको ताप केही स्थानहरूमा मात्र पुगेको छ । अहिलेसम्म केहि घण्टाको लागि । तर अब हामी नाटकीयरुपमा अति ताप विश्वभरि बढेको अनुभव गरिरहेका छौं । ताप बढ्ने कुरा केवल, चरमपन्थी र बेवकूफहरूले मात्रै इन्कार गर्न सक्छन् ।

तपाईले सोच्नु पर्छ, कति तातो, कति गर्मी, कति धुप भयो हाम्रो ग्रहमा भने तपाईहामीले कति महसुस गर्छौं । कुन हदसम्म सहन सक्छौं । हामीले ज्यादा गर्मी महसुस गर्दा वा गर्मी बढ्दा यो ग्रहपनि तातिरहेको छ भन्ने महसुस गर्नसक्नुपर्छ । हामीले सहन सक्ने र ग्रहलेपनि धान्न सक्ने गर्मीको रेखा कुन हो ? अहिले हामी हो त्यहि सिमारेखा पार गर्न गैरहेका छौं । मन्द मन्द गतिमा त्यो सिमारेखा हामी पार गर्ने दिशामा छौं । तर मानिसले सोचेको, महसुस गरेको भन्दा बढि द्रुत बेगमा लम्किरहेका छौं । हामी त्यो लाइन पार गर्न जाँदैछौं । कसैले कहिले निश्चित गर्न सक्दैन । तर हामी के भन्न सक्दछौं कि हामी यसको गति प्रकाशको वेगमा बढाइरहेका छौं, कसैले सोचेको भन्दा छिटो । पोर्टल्याण्ड र भ्यानकुबर पृथ्वीको अति ताता ठाउँमा परिणत हुँदै छन् । के तिब्र भएको होइन हाम्रो ग्रह तात्ने बेग ?

केहि ठाँउ नियमित रुपले तातो गुम्बजहरूद्वारा ग्रस्त हुनेछन् । केहि याकुबबाद जस्तै एकदम तातो, वर्षभरिनै सहिनसक्ने, लकडाउनमा घरभित्रै बस्नुपरे जस्तो तातोले बाहिर निस्किनै नसक्ने हुने छ । केहि ठाउँमा सुख्खा गर्मी, ताप छुट्ने छ जसले निरन्तर ठूला ठूला आगलागि निम्त्याउने छ ।

जब हामी भिजेको चिमको सीमा ३५ डिग्री सेन्टिग्रेड पार गर्छौं तब ठाउँहरू अकल्पनीय हुन्छन् । लुइस भन्छन्, “वास्तवमा भयंकर कुरा के देखा पर्दै छ भने अपत्यारिलो तातोको सृष्टि भैरहेको छ ।”

हामीले त्यो लाइन पार गर्दा के हुन्छ ? ठीक छ, तपाईं सोच्न सक्नुहुन्छ ‘म मेरो एयर कन्डिसनलाई अझै उच्च बनाउँछु । एसी जोडले चलाउँछु ।’ तर यो गलत हो । एसीहरू राम्रोसँग काम गर्न कम आर्द्रता (ह्युमिडिटी) चाहिन्छ र अधिक आर्द्र अवस्था हुँदा तिनीहरूलाई काम गर्न गाह्रो हुन्छ । यसको अर्थ तपाईको एसीले कडा परिश्रम गर्नुपर्छ । बिजुलीको शक्ति बढि माग गर्छ । एसी उच्च क्षमतामा चल्न विद्दुत वितरण गर्न गाडिएका अग्ला खम्बाहरुमा टाँगिएका जुन मोटा तारहरु हुन्छन् (ग्रिड) तिनको क्षमता बढि चाहिन्छ । हो बढ्दो शक्ति वा बिजुलीको माग अनुसार तिनलाई यथावत राख्दा तिनले माग अनुसारको दबाब धान्न सक्दैनन् र ति बिग्रेको बिग्रियै, जलेको जल्यै गर्छन् । जसरि याकुबबादमा गर्मी ज्यादा भएको छ । जसरि पोर्टल्याण्ड र भ्यानकुबरमा तातो अति बढ्दै गैरहेछ ।

उम्लिरहेको ग्रहमा आरामले बस्न सक्ने हामीसित अहिलेसम्म कुनैपनि प्रविधी छैन । मलाई थाहा छ कि हामी सोच्छौं भन्छौं । हामी गर्छौं भन्छौं । तर गर्दैनौं । किनभने म जस्तै तपाई पनि वातानुकूलित आनन्दको विलासिताका सामाग्रि प्रयोग गर्न उद्दत छौं । बानी लागेको छ । सत्य त के हो भने प्रविधीले वातावरणीय अवस्थाको गहिराइको साँघुरो दायरासम्म मात्रै काम गर्दछ । सायद ५० देखि १०० फरेनहाइट सम्म काम गर्छ र तुलनात्मक रूपमा कम आर्द्रता हुँदा मात्रै । हामी जसरि जिवितै उम्लिरहेका छौं त्यो उम्लिने क्रमलाई हाम्रो तरिका, हाम्रो प्रविधी वातानुकूलित गर्न सक्षम हुने छैन।

बरु ग्रहको सम्पूर्ण क्षेत्रहरू लुईसले भने जस्तो अपरिवर्तनीय, अकल्पनिय हुने छन् । केहि ठाँउ नियमित रुपले तातो गुम्बजहरूद्वारा ग्रस्त हुनेछन् । केहि याकुबबाद जस्तै एकदम तातो, वर्षभरिनै सहिनसक्ने, लकडाउनमा घरभित्रै बस्नुपरे जस्तो तातोले बाहिर निस्किनै नसक्ने हुने छ । केहि ठाउँमा सुख्खा गर्मी, ताप छुट्ने छ जसले निरन्तर ठूला ठूला आगलागि निम्त्याउने छ । यस्ता खाले क्षती यति धेरै हुन्छन् कि तपाईलाई अचम्म लाग्न सक्छ ।

हामीले सोचे भन्दा धेरै फरक हुने ठाउँपनि हुनेछन् । मियामीका सबै वातानुकूलित सिसाका टावरहरू ? तिनलाइ ग्रहको तापक्रम बढेसँगै शुभकामना भन्न सकिन्छ । तर तिपनि सुरक्षित रहने छैनन् । म्यानहाटनका ती सबै स्टिल र सिसाका विलाशी गगनचुम्बी भवनहरू? अब तिनले पावर ग्रिडसँग रमाईलो गर्नुपर्छ । किनभने बिजुलीको आपूर्ति गर्ने खम्बाका तारहरुलाई पूरै पूर्वी समुद्री तटले आपूर्ति गर्न सक्ने भन्दा बढी रस चाहिन्छ । कहाँबाट ल्याउने ?

हामीले ज्यादा गर्मी महसुस गर्दा वा गर्मी बढ्दा यो ग्रहपनि तातिरहेको छ भन्ने महसुस गर्नसक्नुपर्छ । हामीले सहन सक्ने र ग्रहलेपनि धान्न सक्ने गर्मीको रेखा कुन हो ? अहिले हामी हो त्यहि सिमारेखा पार गर्न गैरहेका छौं । मन्द मन्द गतिमा त्यो सिमारेखा हामी पार गर्ने दिशामा छौं ।

कुनै ठाउँ बस्न अयोग्य भएपछि के हुन्छ ? व्यापक स्तरमा अनेकौं अवरोध देखा पर्छन् । मान्छेहरू पहिले नै याकूबबादबाट भागेका छन् । “मानवको पूँजी सत्यानाश भएपछि  के हुन्छ ? निश्चित रूपमा अवरोधहरू तीन तहमा देखा पर्छ । मानिसहरु भागेर पुगेको ठाउँ गरिब र निर्धन बन्दै जान्छ । ति अब्यवस्थित बन्छन् । स्थानबाट मानिसहरू भाग्दै जान्छन् । ति गरीब र अधिक अस्थिर हुन्छन् । भागेर पुगेको ठाउँका मानिसद्वारा तिनलाई प्राय रुचाइन्न । खास गरी यदि तिनीहरू केहि नलिईकनै रित्तो हात आएका हुन् भने झन रुचाईदैनन् ।

तिनीहरू केहि नलिइकन आउँछन् । यी सबै जलवायु शरणार्थीहरू र आप्रवासीहरू मध्ये धेरैको मात्र एउटा वास्तविक सम्पत्ति हुन्छ । त्योपनि यदि हामी भाग्यशाली छौं भने । त्यो हाम्रो घर हो । तर यदि तपाइले बढि तातोका कारण आफ्नो ठाउँ बस्न अयोग भएर छोड्नुपर्‍यो भने कसैले पनि तपाईंको घर किन्दैन । यो बेकार हुन् छ । ल बधाई छ, अब तपाईं युद्ध शरणार्थी जस्तो बन्नुहुन्छ । आफ्नो ढाडमा केहि लुगा बोकेर, भएको थोरै पैसा गुट्मुट्याएर भाग्नुपर्छ ।

समाजहरूले यी प्रकारका अवरोधहरूको सामना गर्दै जाँदा तिनीहरू अस्थिर बन्छन् । हामी एक क्षणको लागि चरम ताप र तापक्रमको अर्को प्रभावको बारेमा कुरा गरौं । अमेरिकी पस्चिम क्षेत्रको विशाल खडेरी । अहिलेसम्म सबैले खासै ठूलो समस्या होइन, गौण हो भनेर बेवास्ता गरिरहेका छन् । यो किनभने त्यहाँ अझै केहि अल्प स्रोतहरू बाँकी छन् । तर एक चोटी पानीले पूर्ण रुपमै छोडेर गयो भने ? त्यो ठाउँ सधैंको लागि गयो । खाना पनि सदाको लागि समाप्त भएन ? लास भेगास र लस एन्जलस जस्ता शहरहरू कसरी बाँच्न सक्छन् ? सामान्य अवस्था यस प्रकारको हुने छ : ग्रामीण इलाकाहरू पहिले खडेरी र अनिकालको प्रभावबाट ग्रस्त हुन्छन् । त्यसपछि यो समस्या भित्र अझ भित्रिरुपमा छिर्छ । धनी र अझ विकसित शहरी केन्द्रहरूतिर देखापर्छ । अहिलेसम्म पश्चिमको ठूलो खडेरी क्यालिफोर्नियाको खेती गरिने उपत्यकामा महसुस गरिएको छ । तर यो क्यान्सर जस्तै पूर्व र पश्चिम फैलिरहेको छ । त्यसपछि के ?

त्यसपछि धमाका आउँछ, प्रकोपको । शरणार्थीहरुको एक छुट्टै कोटीनै बन्ने छ । यो त सोचिएकै छैन । मानिस अत्यधिक तातोबाट भाग्ने होइन कि ताजा पानीको खोजिमा भागिरहेका हुनेछन् । तिनलाई यहाँका नयाँ प्रकारका आप्रवासी र शरणार्थी भन्ने ? हामीसँग उनीहरूलाई के नाम राख्ने भन्ने नामपनि छैन । र यी परिवर्तनहरू हामीमा देखा परिसकेका छन् । मुख्य चुरोनै त्यहि हो ।

ग्रह तात्नेक्रम जारी छ । छिटो र अति छिटो । जीवित चीजहरू मर्ने अवस्थामा जाँदै छन् । एकदमै धेरै मर्नेवाला छन् । खरबौं खरब रूखहरू, कीराहरू, जनावरहरू, माछा । नदीहरू, सागरहरू, आकाश । तपाईले सोच्ने जिवित चिजहरु मर्न गैरहेका छन् । र हामीपनि ।

हामी अहिले मर्न लागेको ग्रहमा बाँचिरहेका छौं । यो अन्तिम अर्थमा नमर्नपनि सक्छ । हामीले यो ग्रहलाई भेनस जस्तो बनाउनपनि सक्छौं । हामी यस अर्थमा मर्दै गरेको ग्रहमा बाँचिरहेका छौं । अविश्वसनीय रूपमा द्रुत रुपले तातिरहेको छ । सयौं लाखौं वर्षहरू भन्दा छिटो छ यो क्रम अहिले । सम्भवतः सब भन्दा छिटो । यति छिटो कहिल्यै तातेको थिएन ।

ग्रह तात्नेक्रम जारी छ । छिटो र अति छिटो । जीवित चीजहरू मर्ने अवस्थामा जाँदै छन् । एकदमै धेरै मर्नेवाला छन् । खरबौं खरब रूखहरू, कीराहरू, जनावरहरू, माछा । नदीहरू, सागरहरू, आकाश । तपाईले सोच्ने जिवित चिजहरु मर्न गैरहेका छन् । र हामीपनि ।

के निश्चित छ भने यो तरिकाले जीवन बाँच्न निश्चित छैन । हामीसँग हाम्रो ढोकामा आएका खतरा विरुद्ध लड्न हामीसँग भएका प्रविधिहरू पर्याप्त, सक्षम छैनन् । तपाईं उम्लिएको ग्रहबाट बाहिर निस्किएर एयर कन्डिसनमा बस्न सक्नुहुन्न । त्यस्तो बन्न संभव छैन । हामी अहिले ति समस्याहरूसँग लड्नको लागि सांस्कृतिक, भौतिक, मान, मान्यता, मूल्य, सम्पत्ती र संस्था केहिपनि प्रयोग गर्न सक्दैनौं । कि त भौतिकवाद, लोभ, स्वार्थ, लापरवाही, भावशून्यता र मानव कमजोरीसित लड्नसक्नुपर्छ ।

यसले हामीलाई कहाँ पुर्‍याउँछ ? यो लू हैन । यो एक मर्दै गरेको ग्रह हो । हाम्रो सभ्यता अहिले पतन हुन थालेको छ। जब पोर्टल्याण्ड, सियाटल र याकुबबाद जत्तिकै तातो हुन्छ तब यो ग्रह झन मर्दै जाने छ । पृथ्वीमा सबैभन्दा तातो ठाउँमा जब परिणत हुन्छ चाँडै यो मानवकालागि असुरक्षित हुनेछ । तब हामी यस्तो सभ्यतामा छौं हामीले आफूलाई जीवित रुपमा पकाएका छौं । कुनै चिजको लत र शोषण, सामान, खेलौना, घृणा, क्रोधको लागि हामी जलिरहेका छौं । यसको आफ्नै लतको धुवाँमा हामी एक्लोपन, निराशा, अज्ञानता र शक्तिहीनताको आफ्नै राक्षसहरूबाट बच्न खोज्छौं । तर सक्दैनौं ।

हामी मर्दै गरेको ग्रहमा बाँचिरहेका छौं । मलाई लाग्छ त्यसपछिको प्रश्न के होला ? बाँच्न सक्ने को ?

(ईएण्ड डट कोमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

सभ्यता र नागरिक अधिकार अन्त्यका केहि संकेत

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया