बुधबार, वैशाख १२, २०८१

कार्टूनको रंगमञ्चमा ओलीलाई जित्लान् त देउवाले ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन १ गते ०:४८

नेपालमा सबैभन्दा बढि कार्टून कसको बन्यो होला ? सबैभन्दा धेरै पटक प्रधानमन्त्री त शेर बहादुर देउवा बने । तर कार्टून भने नेपालमा सबैभन्दा बढि स्वर्गिय गिरिजा प्रसाद कोइरालाको बन्यो । कोइरालको पार्टी र सरकारमा एकछत्र दबदबा त थियो नै । त्यसलेपनि उनका कार्टून बढि बने । तर त्यति मात्रै होइन, कार्टूनिस्टहरु गिरिजाको अनुहारपनि कार्टून बनाउन स्वाद लाग्ने बताउने गर्छन् । गिरिजापछि संभवत पूर्व प्रधानमन्त्री केपी ओलीको बनेको हुनुपर्छ ।

केपी ओली पार्टी अध्यक्ष भएपछि खासमा उनका कार्टून बढि बन्न लागेका हुन् । त्यसपछि उनले नेकपा माओवादी केन्द्रसित एकता गरेर जब बहुमतको प्रधानमन्त्री बने तब केपी ओलीमाथिका कार्टून एकै दिन दर्जनौं बन्न थाले ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत बनेपछि उनको शासन मोह, एकतन्त्रियपना, हैकमवाद यति चुलियो कि उनले यो प्रिथ्वी लोककै एक मात्र बादशह जस्तो ठाने । उनका हरेक दिन अनेक अनेक चुट्किला, धम्की, जोक, कविता, उखाटुक्काले दुनियाँ अचम्मित बन्यो । उनका उखटुक्का र जोकमा कार्टूनिस्टहरुले एकै दिन दर्जनौं कार्टून बनाए । उनीहरुलाई कार्टूनकोलागि गहिरिएर सोच्नुपर्ने अवस्थानै स्रिजना गरिदिएनन् ओलीले ।

प्रधानमन्त्री केपी ओली बाहिरिए लगत्तै कार्टूनमा कमी आएको छ । केपी ओली भन्दा बढि पटक अर्थात् पाँचौं पटक प्रधानमन्त्री बनेपनि शेर बहादुर देउवाले कार्टूनको रंगमन्चमा केपी ओलीलाई जित्लान् र ?

(कार्टून स्रोत- नेपालका विभिन्न पत्रपत्रिका र अनलाईनहरु)

तपाइँको प्रतिक्रिया