बुधबार, वैशाख १२, २०८१

शुक्रवार देखि आइफल टावर पुन खुला

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन १ गते १६:४७

कोरोना भाईरसको महामारीले नौ महिनादेखि बन्द रहेको विश्वप्रसिद्द आइफल टावर आजै शुक्रवारदेखि पुन खुला गरिएको छ ।

दोस्रो विश्व युद्दपछि आइफल टावर निरन्तररुपमा यति लामो समय यस अघि बन्द भएको थिएन ।

आइरन लेडीको नामले चिनिने लिफ्टहरूले पर्यटकहरूलाई यसको ३०० मिटर उचाईसम्म पुर्‍याउन आजबाटै शुरु गरेका छन् । आइफल टावर पुन शुरुभएसँगै दर्शकहरुको आज विहानबाटै भिड लागेको छ ।

सामाजिक दूरी कायम गर्ने उद्देश्यले अहिले प्रति दिन आधा दर्शक अर्थात् १३ हजारलाई मात्रै प्रवेश दिईने छ ।

हालै सरकारले लागू गरेको स्वास्थ्य नियम अनुसार बुधवारदेखि आइफल टावर अवलोकनकर्ताले दुबै मात्रा खोप लगाएको वा कोरोना भाईरस नेगेटिभ भएको प्रमाण देखाउनुपर्ने छ ।

अब पर्यटकको चापलाई ध्यानमा राखेर अनलाईनबाट अग्रिम तिकट बुक गर्ने सुबिधापनि खुला गरिने छ ।

पर्यटकिय उध्योग डामाडोल भएपछि आइफल टावारको सुरक्षा हेर्ने र चलाउने कम्पनी सेतेको वित्तिय अवस्था डामाडोल भएको बताइएको छ ।

त्यसैले यसलाई चलाउन कम्पनीले सरकारी सहयोग माग गरेको छ । किनकि यसको राजस्वमा ७५ प्रतिशत गिरावट आएको छ । यसलाई सुचारु राख ६ करोड युरो नगदको आवस्यकता रहेको कम्पनीले जनाएको छ । सन् २०२० मा यसको आम्दानीमा २५ करोड युरो घाटा लागेको छ ।

आर्किटेक्ट गुस्ताभ आइफलको मास्टरपिस पनि यसको भर्खरको पेन्टसँग जोड्दा त्यसको समस्याले प्रभावित भएको छ । आइफल टावर सन् १८८९ मा निर्माण भएदेखि त्यसलाई २० पटक पेन्ट गरिसकिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक