शुक्रबार, वैशाख १४, २०८१

कोरोना लकडाउन : कुकुर तस्करहरु मालामाल

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन १ गते १८:२८

युरोपमा कोरोना महामारीले गर्दा जनावरको तस्करी गर्नेहरुलाई मालामाल भएको छ । कुकुरका ब्यवशायिक पालकहरुले बढ्दो मागलाई धान्न नसकेपछि तस्करहरुले अवैध रुपमा कुकुरको कालो धन्दा गरिरहेका छन् ।

कोरोना महामारी र लकडाउनको अवधिले धेरै यूरोपियनहरूलाई घरपालुवा जनावर पाल्न अभिमुख बनायो । जर्मनीमा सन् २०२० मा घरेलु जनावरहरूको संख्या १० लाखले बढ्यो । सन् २०१९ को तुलनामा सन् २०२० मा आधिकारिक रुपमै कुकुरको बिक्री २० प्रतिशतले बढ्यो।

पेशेवर प्रजननकर्ता (ब्रीडर) हरूसित कुकुरको माग ज्यादा बढेको छ । त्यसैले अवैधरुपमा कुकुरको ब्यापार गर्ने ब्रिडरहरुलाई लाभ भएको छ ।

इन्टरनेटमा कुकुरको माग गर्नेहरुको वर्गीकृत विज्ञापनहरू अधिक छन् । ‘पपीहरू प्रदान गरिन्छ । तुरुन्तै डेलिभर गर्न सकिन्छ’ लेखेका बिज्ञापन छ्याप्छ्याप्ती भएका छन् ।

हरेक वर्ष पोल्याण्ड वा हंगेरीमा हुर्काइएको हजारौं कुकुरका छाउराछाउरीहरू अवैध रूपमा पश्चिमी देशहरुमा बिक्रि गरिन्छ । अधिकांश विशेष गरी जर्मनीमा बेचिन्छ ।

कुकुरका छाउछाउरीको बिक्रि गर्ने व्यवसायले मोटो रकम दिन्छ । यसरि ब्यापार गर्नेहरुले पशुहरुलाई ठूलो यातना, कस्ट दिने र हानी पुर्‍याउने गरेको रिपोर्टहरुमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया