शनिबार, वैशाख ८, २०८१

बाढीबाट युरोपमा मृतकको संख्या १२६ : नेदरल्याण्ड, बेल्जियम र लक्जमवर्गपनि प्रभावित

नेपालप्लस संवाददाता जर्मनी, बेल्जियम र फ्रान्स२०७८ साउन १ गते २०:४१

युरोपमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या कम्तीमा १२६ पुगेको छ । तिमध्ये धेरैजसो जर्मनी र बेल्जियममा छन् जहाँ अझै धेरै मानिसहरू हराइरहेका छन् । बाढीले अझ बढी गम्भीर त्रासदीको आशंका ब्याप्त पारेको छ ।

केहि दिनदेखि आएको वर्षाले ल्याएको बाढीबाट जर्मनी लगायत नेदरल्याण्ड, बेल्जियम र लक्जमवर्गसमेत प्रभावित भएका छन् । जर्मनी र बेल्जियममा ज्यादा क्षती पुगेको छ ।

दोस्रो विश्व युद्ध पछि जर्मनीमा सबैभन्दा खराब प्राकृतिक प्रकोप देखिएको भनाई अधिकारीहरुको छ । देशको पश्चिमका धेरै गाउँहरू उजाड बनेका तस्वीर सामाजिक सन्जालमा प्रस्तुत गरिएका छन् ।

मुसलधारे वर्षाको कारण फल्याड बाढीबाट प्रभावित यस विशाल क्षेत्रमा शुक्रवार संख्या बढेर कम्तिमा १२३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

“मलाई डर छ कि हामीले अर्को केही दिनमा प्रकोपको हद यो भन्दा अझ खराब देख्नुनपरोस” अमेरिकाको भ्रमणमा रहेकि जर्मन चान्सलर एन्जेला मार्केलले बिहीबार साँझ वाशिंगटनबाटै मेडियाहरुलाई बताएकि छन् ।

बाढीले बुधवारदेखि बेल्जियमको केहि भाग पनि ध्वस्त पारेको छ र कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ । गृहमन्त्री एनेलिस भेर्लिडेनले शुक्रवार प्रदान गरेको अनुमानित आँकलनका अनुसार २० जना बेपत्ता छन् ।

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डेक्रोओले शुक्रबार दिउँसो एक प्रेस सम्मेलनमा भने “हाम्रो देशले अहिलेसम्म देखेको सबैभन्दा विनाशकारी बाढी हो । हाम्रो प्राथमिकता पीडितहरूलाई बचाउनु हो । ”

उनले मंगलबार जुलाई २० लाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् ।

लक्जमबर्ग र नेदरल्याण्ड्समापनि बाढीले गर्दा धेरै घर खाली गर्नुपरेको छ । ति दुबै देशमा बाढीले निकै क्षती पुर्‍याएको छ । बाढीबाट प्राभावित यि सबै देशको हिसाब गर्दा १२६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा मानव क्षतीको संख्या अझै बढ्न सक्ने देखिएको छ । किनकि मानिसहरु अझै बेपत्ता छन् । सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राइनल्याण्ड-प्यालाटिनेटमा मृतकहरूको संख्या शुक्रबार विहान २८ देखि ६० सम्म पुगेको छ ।

जर्मनीको कोलोन नजिक धेरै मान्छे हराइरहेका छन् । बाढी र त्यसले गर्दा पहिरो गएपछि धेरै मानिसको ज्यान गएको जिल्ला प्रवक्ताले सार्वजनिक गरेका छन् । अधिकारीहरुले लिएको तस्विरमा बाढीले हिलो, कालो माटो ओसारेको र पानी खैरो रङको देखिएको उल्लेख गरेका छन् । बाढीमा ब्यापक रुपमा ढुंगामाटो, गेगरहरु थुपारेको छ ।

सयौं प्रहरी परिचालन

राइनल्याण्ड-प्यालाटिनेट क्षेत्रका अधिकारीहरूले सबैभन्दा प्रभावित प्रान्त बाड न्युयनहार आर्वेइलेरमा अझै पनि १३०० व्यक्तिको कुनै खबर नपाएको बताएका छन् । त्यहाँ फोन सम्पर्क अवरुद्द भएकोसमेत उल्लेख गरेका छन् ।

“हामीले अझै ४०, ५० वा ६० भन्दै हराइरहेको व्यक्तिको गणना गरिरहेका छौं । आफ्नो जिवन, आफ्नो उपस्थितिबारे कुनै खबर नदिएका, सम्पर्कमा नआएकाहरु अझै थुप्रो छन् । यो अवस्थाले धेरै त्रास गराउँछ” गृहमन्त्री रोजर लेवेन्जले ट्विटरमा भनेका छन् ।

जर्मनीको पश्चिमका केहि भागहरुमा अझै वर्षा हुनसक्ने मौसम बिज्ञान बिभागले जनाएको छ । राइन र यसका केही सहायक नदीहरूमा पानीको स्तर खतरनाक रूपमा बढिरहेको छ ।

जर्मनीमा सहर र गाउँहरूमा राहत र उद्दार अभियानमा मद्दत गर्न करीब एक हजार सैनिकहरू परिचालन गरिएको छ । ती सबैले समान तस्बिर देखाएका छन्: सडक छोपिएको छ । घरहरू पानीमुनि देखिएका छन्, पल्टिएका कारहरू देखिन्छन्, रूखहरू ढलेका छन् ।

अरबौं युरो क्षति

शहर र नगरपालिकाको जर्मन संघका महानिर्देशक गर्ड लैन्ड्सबर्गका अनुसार प्रारम्भिक क्षतिआधारमा हेर्दा अरबौं युरो बर्बाद भएको छ ।

यी खराब मौसमले ग्लोबल वार्मिंगको मुद्दालाई चुनावी अभियानको केन्द्रमा राखेको छ । यो बाढीको क्षतीले त्यो मुद्दालाई अझै बढाउने छ । जर्मनीमा सेप्टेम्बर २६ को विधान सभाको निर्वाचनलाई ध्यानमा राख्दै यि नाराहरु उरालिएका छन् र चान्सलर एन्जेला मार्केलले सत्ता छोड्दै छिन् ।

जर्मनीमा प्रारम्भिक अनुमान अनुसारनै ५० खर्ब युरो बराबरको क्षती भैसकेको छ ।

बेल्जियममा कम्तिमा २० को मृत्यु

All photo Source : Facebook Krishna REGMI

बेल्जियममा बाढीबाट मुख्यतया मुलुकको पूर्वी र दक्षिणमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ । शुक्रवार मध्यान्हसम्म २० जना हराइरहेको गृहमन्त्रीले जानकारि गराएका छन् ।

शुक्रवार बिहान बाढी भएका क्षेत्रहरूबाट पानी बिस्तारै घट्दै गएको छ । उद्दारकर्मीहरुले बेपत्ताको खोजि जारि राखेका छन् । “हामीले आश्चर्यजनक अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ” बेल्जियमको संकट केन्द्रका प्रवक्ता एन्टोइन इसेक्सले भनेका छन् ।

दक्षिणी बेल्जियमको फ्रान्सेली भाषी क्षेत्र वालोनिया बाढीबाट विशेष प्रभावित छ । यसलाई बाढीबाट उच्च खतरा रहेको क्षेत्र भन्दै क्षेत्रिय अधिकारीहरुले आजै शुक्रवार राखेको नक्शामा उल्लेख छ ।

अग्नी नियन्त्रक, कानून प्रवर्तन र सेनाले बाढी भएका क्षेत्रहरूमा उद्धार र निकासी अभियानमा भाग लिएका छन् । बेल्गा एजेन्सीका अनुसार बेल्जियम डिफेन्सले पेपिंस्टर (लिज प्रान्त) मा छानामा फसेका मानिसहरूलाई सहयोग गर्न एक हेलिकप्टर भाडामा लिएको छ ।

वालोनिया (ओरेस) मा विद्युत् र ग्याँस वितरण नेटवर्क प्रबन्धकका अनुसार यस क्षेत्रमा २१,००० भन्दा बढी मानिस विद्युतबाट वञ्चित भएका छन् । तिन सय जनालाई बाढीबाट बच्ने साधन बाँडिएको छ ।

लिज प्रान्तको संघीय प्रहरीका अनुसार दर्जनौं सडक खण्डहरू बन्द रहेका छन् । वालोनियामा रेल यातायातको ठूलो सन्जाल रोकिएको थियो । आज शुक्रवारपनि उच्च गतीका टिजिभी, थाली जस्ता रेलहरु बेल्जियम र जर्मनीबिच चलेनन् ।

बेल्जियमको चौथो सर्वाधिक जनसंख्या भएको शहर लिजमा स्थानीय अधिकारीहरूले बिहीबार दिउँसो नदीको सतह तीव्र वृद्धि हुँदै गरेको देखेपछि नदी आसपासका हजारौं बासिन्दाहरूलाई घर छोड्न आग्रह गरेका थिए ।

फ्रान्सका आठ क्षेत्र उच्च सतर्कतामा

यसैबिच फ्रान्समापनि बाढीको प्रभाव पर्नसक्ने भन्दै आठ बिभाग (डिपार्टमेन्ट) लाई उच्च सतर्कतामा राखिएको छ । रेन र सेन दुबै नदीमा पानीको सतह बढ्दै गएकाले नागरिकहरुलाई सतर्क रहन आव्हान गरिएको छ । हाल गर्मीबिदाको छुट्टी मनाउन जाने याम भएकाले बाढीले प्रभाव पार्नसक्ने क्षेत्रका सडक छलेर बिदामा जान नागरिकहरुलाई सचेत पारिएको छ ।

जर्मनी सित सिमा जोडिएका आल्जास लगायतका केहि क्षेत्रमा पानीको स्तर ज्यादै बढेको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन् । तर बाढीले क्षतीनै पुर्‍याएको खबर भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक