शुक्रबार, वैशाख ७, २०८१

प्रस्तावित ‘सासु राजदूत’ सहितको सिफारिश खारेज, परराष्ट्रका २ जनापनि खारेजीमै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन ३ गते ७:२९

ओली सरकारले डेढ महिनाअघि प्रस्ताव गरेका ११ देशका राजदूतको नाम सिफारिश एकैसाथ खारेजीमा परेको छ । देउवा सरकारको पछिल्लो मन्त्रीपरिषद् बैठकले राजदूत सिफारिश खारेज गरेको हो । राजदूत सिफारिश पछि नियुक्ती प्रकृयामा सम्बद्ध मुलुकमा एग्रिमाको लागि पत्राचार भैसकेपनि तत्कालको निर्णयमा यो सिफारिश खारेजीमा परेको हो ।

ओली सरकारले नातामा आफ्नै सल्लाहकार समितिका सासु, साथीभाइ वा ओली स्वयमका स्कुले साथीसम्मलाई राजदूतमा सिफारिश गरिएको थियो । यीमध्ये सबैभन्दा चर्चामा भने एकजना सासु राजदूत परेकी थिइन् जो झापा दमककी हुन् ।

डेनमार्कका लागि प्रस्तावित राजदूत सुमित्रा सुवेदी भण्डारी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईकी सासु आमा पो रहिछन् । सुमित्रा प्रधानमन्त्री ओलीका अर्का स्वकिय सचिव इन्द्र भण्डारीकी काकी र सरकारकै मुखपत्र गोर्खापत्रका सल्लाहकार सम्पादक गोपाल खनालकी पनि आफ्नै सासु हुन् । संयोगले, राजदूत प्रस्तावित हुँदैमा खारेजीमा परेकी सासु सुमित्रा र उनका ज्वाई गोपाल खनालसमेतको आइतबारबाटै राजनीतिक नियुक्तीको पद तुहिएको छ ।

यो चरणमा प्रस्ताव गरिएका राजदूतहरुमा आइएनजीओका अगुवा गौरी प्रधानकी श्रीमती सुम्निमा तुलाधर (अष्ट्रेलिया), प्राध्यापक कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगवहादुर (जंगब) चौहान (रूस), मेराज मुसलमान (साउदी अरेबिया), युवराज कार्की (बहराइन), रमेशचन्द्र पौडेल (श्रीलंका), निर्मलराज काफ्ले (अष्ट्रिया), कुलप्रसाद नेपाल (ब्राजिल), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट) र नारायणप्रसाद संग्रौला (बर्मा) छन् ।

यीमध्ये र सिफारिशमा परेका अष्ट्रियाका लागि काफ्ले र इजिप्टका लागिका श्रेष्ठ मात्रै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । यीमध्ये बहराइनका लागि राजदूत सिफारिशमा परेका एमाले नेता युवराज कार्कीको भने पढाइमा बीए पास समेत नरहेकाले उनको सिफारिशलाई अदालतले खारेज गरिदिइसकेको थियो ।

यो पनि पढ्नुहोस्

तपाइँको प्रतिक्रिया

फेसबुक