शनिबार, वैशाख १५, २०८१

निगम डुबाउने प्रपन्च रचिएपछि ट्रेड युनियनहरु एकजुट

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन ३ गते ७:४७

निगममा कार्यरत कर्मचारीको भत्ता, सेवा–सुविधा कटाएर आफ्ना हकमा ३ सय प्रतिशत तलबबृद्धि गर्दै मासिक ५ लाख रुपैंया तलब लिने हैसियत बनाएका नेपाल बायुसेवा निगमका महाप्रबन्धक डीमप्रसाद पौडेल (प्रकाश) को सम्पत्ति छानविन गर्दै तत्काल निष्काशन गर्ने निक्र्यौलमा निगमको सबै ट्रेड युनियन पुगेको छ ।

गौरबमय ६३ वर्षको लामो इतिहास बोकेको संस्थालाई कसैको लहडमा अमूक ब्यक्ति वा संस्थाको पोल्टामा कौडिको भाऊमा सुम्पिन महाप्रबन्धक पौडेल तथा सञ्चालक समितिका केहि संस्था (यति समुह) अग्रसर भएपछि ट्रेड युनियनहरु एक ठाउँमा उभिएका हुन् । एकातर्फ कोभिड–१९ ले बिश्वनै संक्रमित भई बिश्व अर्थतन्त्र तथा सबै क्षेत्र प्रताडित भएको समयमा नेवानी घाटामा रहेकोले चल्नै नसक्ने अबस्थामा रहेको भनेर प्रचार गर्दै हिंडेर महाप्रबन्धक पौडेलले आफ्नो हकमा तलब ३ सय प्रतिशत बढाएका हुन् ।

‘महाप्रबन्धक डीम प्रसाद निगममा आए पछिको पछिल्लो एक वर्षको गतिबिधि तथा सम्पति छानबिन गरेमा सबै स्थिती स्पष्ट हुने देखिएको छ,’ट्रेड युनियनको भनाइ छ—‘नीजिरणकाकै पाटो पल्टाउने हो भने सम्पति बिक्रि, शेयर बिनिबेश, ब्यबस्थापन करार, रणनीतिक साझेदार, ठेक्का आदी अनेकन आयाम छन्, तर महाप्रबन्धक पौडेल शेयर बिजिनेश मार्फत कम्पनीकरणको मात्र हल्ला गरिरहेका छन ।

नीजिकरणकै एक आयाम ब्यबस्थापन करार तथा रणनीतिक साझदार मार्फत पनि संस्था उठाउन सकिन्छ भनेर पौडेलले कहींकतै बोलेका छैनन् । के ब्यबस्थापन यति कुरा पनि नजान्ने वा नजाने जस्तो कुरा चपाईरहेको ब्यक्ति बाट संस्था सञ्चालन हुन सम्भब छ ?’

नेपाल बायुसेवा सञ्चालानर्थ नेपाल बायुसेवा निगम ऐन २०१९ रहेको र यो ऐन पूर्णरुपमा हवाई सेवा सञ्चालन, सुदृढिकरण, सबलिकरण तथा ब्यबसायिकरणका लागि ल्याइएको तथा बनेको ऐन भएपनि एकाएक कम्पनी ऐन २०६३ अन्तगर्त नेबानी सञ्चालन गर्न खोजिनुमा भ्रष्टाचार र बेथितीको छनक पाइएको युनियनले जनाएको छ ।

‘नियमाबलीमा हेर्ने हो भने पनि कम्पनीको सञ्चालक समितिको संरचना पनि अहिलेको निगमको संरचना भन्दा फरक नभई मन्त्रालय र नीजि क्षेत्र सम्मिलित सञ्चालक समितिनै रहने भएकोमा एउटै जस्तो प्रकृतिको संरचनामा निर्णय प्रक्रिया कसरि फरक पर्छ ? यस्तो बुझदा बुझदै महाप्रबन्धक पौडेल निगमलाई किन कम्पनी बनाउन रोइलो गरेर हिड्दै छन ?,’युनियनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया