बुधबार, कार्तिक ३, २०७८

के नेतालाइ लाज लाग्दैन ?

सन्जय घिमिरे२०७८ साउन ३ गते २३:२७

माथीको वाक्यमा मैले प्रयोग गरेका खासगरी दुइशब्दमा ध्यान दिनुहोला । नेता र लाज । खासमा, यी दुबै शब्दको गरिमा र मुल्य असाध्यै उँचो छ । नेता यसैपनि चानचुने शब्द होइन । र, लाज पनि ।

नेता शब्दले, उच्च क्षमता, तिक्ष्णता, भिजन, नेतृत्व शैली, अनुशासन, आदर्श र दर्शनले भरिएको, आग्रह र पूर्वाग्रह भन्दा माथी उठेको, चेतनाका दृष्टीले उच्च चेतन भएको तर अहंकारको कतै गन्ध नभएको, रिस रागबाट मुक्त, आफनो व्यक्तिगत स्वार्थ, मोह र घमण्डबाट मुक्त, व्यक्तिको परिकल्पना गर्छ । र लाजले मान्छेको अनुशासन, शालीनता र सौन्दर्यको ।

लाज, मान्छेको सौन्दर्यको एउटा उच्च रुप हो जस्तो लाग्छ मलाइ । यसैले लाज नभएको मान्छे मलाइ बिरुप लाग्छ । लाज नभएको नेता त झन कती बिरुप कती । एउटा सामान्य मान्छे नांगियो भने उसको घरले वा छिमेकले मात्र देख्छ, नेता नांगियो भने त देश र संसारैले देख्छ ।

एउटा सामान्यजन नांगियो भने घरपरिवार र छिमेकले मात्र कुरीकुरी भन्छ, नेता नांंगीयो भने त देश र दुनीयालै नै कुरीकुरी भन्दो रहेछ ।

मलाइ गाली नगर्नुहोला– मेरा मातृदेशका अधिकांश नेताहरु देखेर मलाइ कुरीकुरी मात्र भन्न मन लाग्छ । कुरीकुरी के पी ओली, कुरीकुरी माधब नेपाल, कुरीकुरी प्रचण्ड, कुरीकुरी शेरबहादुर देउवा, कुरीकुरी महन्थ ठाकुर , कुरीकुरी उपेन्द्र यादव । किनकिन मलाइ ती राजेन्द्र महतोलाइ त्यही कुरीकुरी पनि भन्न मन लाग्दैन । शायद उनलाइ अक्सर नांगै देखेर पो हो की । जो सदैब अक्सर नांगो छ, उसमा लाज कहाँ बाँकी हुन्छ र ?

तपाँइहरु ठान्दै हुनुहोला, मैले किन डा बाबुराम भटटराइको नाम लिइन । मैले डा भटटराइृको नाम जानी जानी नलिएको हुँ । उनी मलाइ पृथक लाग्छ । उनको चेतना मलाइ अली पृथक लाग्छ । आफ्नो चेतना र भावकाप्रती बढतै इमान्दार छन जस्तो लाग्छ । ती जो अमेरिका आउँदा हार्वडका प्रोफेसरहरु खोज्दै हिंडछन । स्टिभ पिंकरहरु खोज्दै हिंडछन । ती जो लण्डन जाँदा अक्सफोर्डका प्रोफेसरहरुसँग सम्वाद गर्न रुचाउँछन । त्यस्तो मान्छे, कसरी मान्छे मार्ने पार्टीको नेतृत्व तहमा रहे, यो बेग्लै खोजको विषय हो ।

म मोहन बैद्यलाइ, नेत्रबिक्रम चन्दलाइ त्यती जान्दिन । कमल थापाहरु आजको हिसाब किताबका विषय होइनन । आजका जो विषय हुन, के पी ओली, जो बालकोटको बरण्डामा प्रकट भए । के तीनले कपडा लगाएका थिए ? आजका ती शेरबहादुर देउवा, के ती लाजलाइ ढाक्ने क्षमता राख्छन ? आजका प्रचण्ड, के जसको भावुकता कपडा बन्न सक्छ ? आजका माधब नेपाल, के उनको आजको अडानले नेपाली राजनीतीको नाँगीएको शरीर ढाक्न सक्छ ?

अहँ, म त नेपालको राजनीती जताततैबाट नांगएिको मात्र देखिरहेको छु । आज फेरि शेरबहादुर देउवा के क्षमताले प्रधानमन्त्री भए, म जान्दीन । नेपाली राजनीतीका यी र यस्तै दृश्य देखेर मलाइ यत्ती मात्र भन्नु छ – कुरीकुरी ।

तपाइ, जसले यो पढिरहनु भएको छ, मलाइ भन्नुहोला, तेरो अमेरिकामा पनि डोनाल्ड ट्रम्प थिए नी । मैले उनलाइ पनि कतीपय सन्दर्भमा कुरीकुरी भनेकै हुँ । तपाइ, जसले यो पढिरहनु भएको छ । मलाइ भन्नुहोला, तेरो अमेरिकामा एनआरएनको नेताहरुको ताण्डव पनि देखेकै हो नी ।

पख्नुस । मलाइ भन्न दिनुस । म त भन्छु– कुरीकुरी गौरी जोशी, कुरीकुरी सुनील शाह, कुरीकुरी डा केशब पौडेल । कुरीकुरी एनआरएनका नेताहरु ।

नेताहरु चाहे दल र संस्थाका होउन, जब कपडा उतारेको देखिन्छ, म त ढुक्कसँग भन्छु – कुरीकुरी । तपाइहरुपनि भन्न थाल्नुस – कुरीकुरी नेताहरु । चाहे ती देशका, दलका वा संस्थाका नेता होऊन, जब तीनलाइ नाँगो देखिन्छ, यत्ती त भनौं– कुरी कुरी ।

तपाइँको प्रतिक्रिया

फेसबुक