शुक्रबार, चैत १६, २०८०

कोरोनाको दुबै डोज खोप लगाएपनि फ्रान्सबाट आउने यात्रुलाई बेलायतमा क्वारेन्टाईन अनिवार्य

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन ५ गते ०:५९

फोटो- द बुलेटिन

कोरोना भाईरस बिरुद्दको दुबै डोज लगाएका भएपनि फ्रान्सबाट बेलायत छिर्ने यात्रुले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने छ ।

कोरोना भेरियन्टबाट आफ्ना नागरिक जोगाउन बेलायती सरकारले फ्रान्सबाट आउने यात्रीहरूलाई खोप लगाएपनि दस दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने नियम बनाएको हो । युरोपका सबै देशबाट आउने यात्रुकालागि भने यो अनिवार्य छैन ।

सरकारले यसअघिसम्म फ्रान्स, ईटाली, स्पेन वा बेलायतमा बसोबास गर्ने नागरिककालागि यदि दुबै डोज लगाएको भए अनिवार्य क्वारेन्टाईननमा बस्नु नपर्ने बताएको थियो । तर अहिले यलो वा पहेंलो रङमा बर्गिक्रित गरेको फ्रान्सलाई अनिवार्य गरिएको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा बीटा भेरिएन्ट (कोरोना भाइरस) को फ्रान्समा लगातार संक्रमण देखिएपछि क्वारेन्टाईन अनिवार्य गरेको हो । बिटा भेरियन्ट पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो।

पछिल्लो १० दिन फ्रान्समा बिताएका कुनैपनि नागरिककालागि बेलायतले १० दिनको क्वारेन्टाइन नियम बनाएको छ । उनीहरु आफ्नै निवास वा सरकारले मापदण्ड तोकेको होटेलमापनि बस्न सक्ने छन् । आठ दिन क्वारेन्टाईन बसेपछि तिनले पिसिआर जाँच गरि सरकारलाई दुई दिनभित्रको प्रमाण पेश गरेपछि बल्ल ति यात्रु स्वतन्त्र हिंडडुल गर्न पाउने छन् ।

स्विजरल्याण्डलेपनि युरोपेली मुलुकबाट स्विस छिर्नेहरुलाई दुबै डोज कोरोना खोप लगाएपनि पिसिआर जाँचको नेगेटिभ रिपोर्टको नेगेटिभ रिपोर्ट वा एन्टिजेन प्रमाण पेश गर्नुपर्ने नियम बनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक