शुक्रबार, वैशाख १४, २०८१

निजि रकेटमा अन्तरिक्ष जाने तयारि

नेपाल प्लस२०७८ साउन ५ गते ११:३५

Photo credit-© APA/AFP / SAJJAD HUSSAIN via stol.it

विश्वकै सर्वाधिक सर्बाधिक धनाढ्य जेफ बेजोसले अन्तरिक्षकालागि आफ्नै निजि रकेटमा यात्राको तयारि गरेका छन् ।

यस ग्रहका सर्वाधिक धनाढ्य जेफ बेजोसले आजै मंगलबार आफ्नो रकेट मार्फत् बाह्य अन्तरिक्षमा जाने तयारि गरेका छन् । ब्यापक रुपमा मौलाउन खोजेको उद्योगको लागि यो महत्वपूर्ण क्षण हुने छ । यसले लाखौं करोडौं रकम तिरेर भ्रमण गर्न खोज्ने सम्भ्रान्त पर्यटकहरूको लागि पहुँचयोग्य बातो मार्ग खोल्ने छ ।

ब्लू ओरिजिन नामको उनको निजि रकेटले आफ्नो पहिलो उडान क्रूडको योजना बनाएको छ जसले ११ मिनेटको उडानमा अमेरिकाको पश्चिम टेक्सासबाट कर्मान रेखा पार गरेर फेरि फिर्ता हुनेछ । मानव द्वारा चन्द्रामा यात्राको २५ वर्षगाँठका अवशर पारेर यस्तो उडान गर्न लागिएको हो ।

भर्जिन ग्याल्याटिकका संस्थापक रिचर्ड ब्रान्सनले जुलाई ११ मा यात्रा गरेका थिए । यो एक खाले प्रतिपर्धा थियो । तर ब्रान्सनले यसलाई प्रतिस्पर्धाका रुपमा लिएका छैनन् ।

अन्तरिक्षमा पहिलो पाईला हाल्ने युरी गागरिन थिए । त्यो धेरै समय अघि भएको थियो । सन् १९६१ मा सोभियत रुसले पहिलो बिलक्षण यात्रा गरेको थियो ।

“यो प्रतिस्पर्धा होइन । यो अन्तरिक्षको लागि मार्ग निर्माण गर्ने कुरा हो ताकि भविष्यका पुस्ताहरूले अन्तरिक्षमा अविश्वसनीय कार्यहरू गर्न सक्दछन्” उनले अमेरिकी संचार माध्यमहरुलाई भनेका छन् ।

उमेरले ५७ वर्षीय बेजोसले २००० मा ब्लु ओरिजिन स्थापना गरेका थिए जसको लक्ष्य कृत्रिम गुरुत्वाकर्षणको प्रभावमा एक दिन फ्लोटिंग स्पेस कालोनियाँ बनाउने हो जहाँ लाखौं मानिसहरुले काम गर्नेर बस्नसक्ने बनाउने हो ।

अहिले यो कम्पनीले एउटा भारी लिफ्ट अर्बिटल रकेट बनाइरहेको छ जसलाई न्यू ग्लेन भनिन्छ । यसले चन्द्रमामा अवतरण गर्ने रकेट बनाउन खोजिरहेको छ । चन्द्रामा अवतरण गर्ने यसले नासासँग सम्झौता गर्ने आशा गरिरहेको छ ।

नयाँ शेपार्डले १५ वटा क्रु बिनाका उडानहरू गरी यसलाई गति र परीक्षण सुरक्षा संयन्त्रहरू मार्फत राख्नको लागि तयारि गरिरहेको छ । रकेट विस्फोट भएमा प्रक्षेपणबाट अवरोध हटाएर सुरक्षित रहने वा प्याराशूटको माध्यमबाट सुरक्षित तरिकाले अवतरण गर्ने जस्ता प्रायस गरिरहेको छ ।

“हामीले कसरी रकेटलाई सुरक्षित बनाउने भनेर सिक्यौं । हामी आफैले आफ्ना प्रियजनहरूलाई त्यसमा राख्न इच्छुक छौं । र उनीहरूलाई अन्तरिक्षमा पठाउन चाहन्छौं” ब्लू ओरिजिनका प्रमुख कार्यकारि निर्देशक बब स्मिथले आइतबार एक ब्रीफिंगमा भनेका छन् ।

रकेट मध्यम समय अनुसार बिहान ८ बजे (१३ बजे जिएमटी) पश्चिम टेक्सास मरुभूमिको एउटा रिमोट सुविधाबाट सुरूवात हुने छ ।

मौसम अवस्था हाल अनुकूल देखिएको र कार्यक्रम ब्लू ओरिगिनडटकममा यो शुरुवात गरिने ९० मिनेट पहिलाबाटै प्रत्यक्ष प्रसारण हुनेछ।

बेजोससँगै ८२ वर्षकी एक महिलापनि हुने छिन् । उनी उमेरमा सबैभन्दा पाको अन्तरिक्ष यात्री हुने छिन् । त्यसका साथै १८ वर्षका दचम्यान ओलिभर डायमन सबै भन्का कम उमेरको अन्तरिक्ष यात्री बन्ने छन् ।
यो यात्रामा बाजोसका कान्छा भाई र उनका साथी मार्क समेत हुने छन् जसले अग्नी रक्षकको काम गर्ने छन् ।

तपाइँको प्रतिक्रिया