बिहीबार, चैत १५, २०८०

बुलाँकी लगाएर स्विस गाईहरु पर्वतमा छुट्टी मनाउँदै

अनुराधा पौडेल / जुरा पर्वत, स्विजरल्याण्ड२०७८ साउन ५ गते १८:४२

मानिसहरु जस्तै गाईहरुपनि छुट्टी मनाउँछन् । यति खेर स्विजरल्याण्डको जुरा पर्वतमा नाकमा बुलाँकी लगाएका गाई, गोरु, बाच्छा बाच्छीहरु गर्मीयामको छुट्टी मनाइरहेका छन् ।

जुरासिककाल देखिनै अस्तित्वमा रहेको फ्रान्स र स्विजरल्याण्डको जुरा पर्वत अक्टोबर महिना लागेपछि हिउँले ढाकिन्छ । जुरा पर्वत १६ करोड १२ लाख वर्ष देखि १४ करोड ५५ लाख वर्ष अघिको बिचमा बनेको थियो । त्यो बेला पृथ्वीमा डाईनोसारहरु थिए ।

अक्टोबरपछि यो पुरै हिउँनै हिउँको राज्यमा रुपान्तरित हुन्छ । अहिले देखिएको वनस्पती पुरै हिउँले ढाकेर सेताम्मे हुन्छ । त्यसपछि यहाँ हिउँमा रमाउने बाहेक अन्य जिवजन्तु र मानिसहरुको उपस्थिति हुन्न ।

जाडो लाग्नथालेपछि यि गाईहरुपनि फेदितिर फर्किन्छन् । एक हजार पाँच सय ८७ मिटरको यो उचाईमा पुग्न यी गाईहरुका पूर्खाले विहानदेखि साँझसम्म उकालै उकालो गोरेटो बाटो हिँड्नुपर्थ्यो । तर अहिले प्रविधीले गाईहरुको जिवनलाईपनि सहज बनाइदिएको छ । बाटो पक्कि बनेको छ । अहिले ति ट्रकको यात्रा गर्दै माथि पुग्छन् । गृष्मयाम भरि जुरा पर्वतको घाँसमा चर्छन् । चौबिसै घण्टा त्यहिँ रमाउँछन् । त्यहिँ यि गाइ दुहुन मेशिन लिएर गाई पालकहरु पुग्छन् । दुध दुहेर जतिसक्दो चाँडो चीज बनाउँछन् ।

पर्वतमा चरेका गाइको दुध ज्यादै पोषिलो मानिन्छ । यि गाईको दुधबाट बनेको चीज महँगोमा बिक्रि हुन्छ । जुरा पर्वतमा पालिएका गाईको दुधबाट बनेका परिकार विश्वभरिनै लोकप्रिय मानिन्छ ।

यि गाईको भिडमा केहि गाई र बाच्छाले नाकमा रातो, पहेंलो बिभिन रङका बुलाँकी लगाएका छन् । खासमा यस्ता बुलाँकी बहरको नाकमा लगाइन्छ । गाईगोरुको नाक अति संबेदनशिल अंग मध्ये एक भएकाले बहरको नाकमा स्टिलको बुलाँकि लगाइदिएपछि वैंश र बलले मात्तिएका बेला नियन्त्रण गर्न सजिलो हुन्छ ।

त्यसो त, केहि गाईहरूलाईपनि नाकमा लगाईएको हुन्छ यदि ति आक्रामक र अरु गाईप्रति ज्यादा बदमाश छन् भने । बुलाँकि लगाइदिएपछि तिनलाई नियन्त्रण गर्न सजिलो हुन्छ । गाईको उपचार गर्दा पशु चिकित्शकलाई सजिलो होस् भनेरपनि हो । तर बाच्छाबाच्छीलाई लगाइदिनुको कारण भने दुध छुटाउन सजिलो पार्नकालागि हो ।

तर बाच्छो वा बाच्चीलाई लगाउने बुलाँकी भने अनौंठो आकारको हुन्छ । प्राय: प्लास्टिकले बनेको हुन्छ । आमाको दुध चुस्दा त्यो गएर कल्चौँडो, थुनमा ठोक्किने हुँदा आमाले दुध चुसाउन असहज मान्न थाल्छे । बच्चाको नाकपनि कोमल मासुमा ठोक्किएर दुख्छ ।

गर्मीयाममा गाईहरु जहाँ छुट्टी जस्तै मनाउन गएका हुन्छन् त्यतै मानिसको भिडपनि हुन्छ । किनभने गर्मीयाममा मानिसहरुले पनि छुट्टी पाउँछन् । यस्ता गाईहरु पालेको ठाउँमा जहाँ चिज, दहि, क्रिमहरु बनेका हुन्छन् मानिसहरु ति परिकार खान लालायित हुन्छन् । हिमाली क्षेत्रमा गाईहरु चर्ने क्षेत्रका नजिक नजिक गर्मीयामकालागि अल्पकालिन रेस्टुरेन्ट, होटेलहरु चल्छन् जहाँ मानिसहरुले गर्मीयाम पर्वतिय उचाईमा बिताउन पाउन् । गाईहरु पर्वतका कन्दरामा रमाएको र गर्मीको पोशिलो खाएर दिएको दुधबाट बनेका अनेक परिकार चाख पाउन् । हिमाली पर्यटन ब्यवशाय चम्काउने यो सरकारको शैली र नितिपनि हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक