बिहीबार, चैत १५, २०८०

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

नेपालप्लस समाचार २०७८ साउन ५ गते २२:३८

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका पति तथा ब्यापारी राज कुन्द्रालाई प्रहरिले पक्राउ गरेको छ । उनलाई अश्लिल सिनेमा निर्माणमा संलग्न रहेको आरोप लगाइएको छ । सोमवार साँझ पक्राउ परेका कुन्द्रालाई मंगलवार विहान अदालतमा उपस्थित गराइएको थियो । जहाँबाट पुछताछका लागि प्रहरी हिराशतमा पठाइको छन । उनलाई आगामी जुलाई २३ गते सम्म प्रहरिको कस्टडिमा राखिने छ ।

मुंबई क्राइम ब्रान्चका अनुसार कुन्द्राले अस्लिल सिनेमा बनाएर बिदेशी कम्पनिहरुलाई बेच्ने गर्दथे । प्रहरिले उनको अष्ट्रियामा रहेको बैंक खाताका कागज पत्रहरु समेत बरामद गरेको जनाएको छ जहाँँ श्रोत नखुलेको लाखौं युरो रहेको भारतीय समाचार माध्यमाहरुले जनाएका छन ।

राज कुन्द्राको यस अघी आइपीएल म्याच फिक्सिङ र अन्डरवल्ड सँग नाम जोडीएको छ । प्रहरिले वर्षको शुरुवात देखी नै केही सुचनाको आधारमा अस्लिल सिनेमा निर्माणमा संलग्न गिरोहको वारेमा अनुसन्धान थालेको थियो । सोमवार राज कुन्द्रा पक्राउ पर्नु अघी मुंबइ मलाडको एउटा घरमा अश्लिल सिनेमा छायांकन हुँदै गरेको बेला छापा मारेर केही ब्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

राज कुन्द्रा माथि अश्लिल सिनेमा निर्माणमा संलग्न रहेको आरोप लगाउदै प्रहरिले गत फेब्रुअरीमा मुद्दा समेत दायर गरेको थियो । तर पर्याप्त आधार नहुँदा उनी पक्राउ परेका थिएनन । यदी उनको कसुर प्रमाणित् भएमा उनलाई कम्तिमा ७ वर्षको जेल सजायँ हुन सक्ने भारतीय समाचार संस्था आजतकले जनाएको छ । आजतकका अनुसार कुन्द्रा गिरोहले फिल्म क्षेत्रमा संघर्षरत युवतिहरुलाई विभिन्न प्रलोभन दिएर यो पेशामा संलग्न गरउने गर्दथे ।

तपाइँको प्रतिक्रिया