शनिबार, वैशाख ८, २०८१

स्विजरल्याण्डमा कोरोना संक्रमण फेरि बढ्दै, प्रतिबन्ध लगाउन सुझाव

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ साउन ६ गते ७:४५

Photo Credit-swissinfo.ch

स्विजरल्याण्डमा कोरोना भाईरसका संक्रमितहरुको संख्या फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले सामाजिक प्रतिबन्धका नियमहरु पुन लागू गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले कम्तिमा कोरोना भाईरस बिरुद्दको खोप लगाएकाहरुलाई मात्रै स्वतन्त्र आवतजावत गर्न दिनुपर्ने सुझाव दिएका छन् ।

स्विजरल्याण्डमा कोरोना संक्रमणको नयाँ लहर रोक्न सहयोग गर्ने उद्देश्यले आधिकारिक प्रमाणपत्रको उपयोगलाई विस्तार गर्न दबाब बढेको छ ।

स्विस सरकारको खोप अभियान कार्यक्रम परिषदको सल्लाहाकर समितिका प्रमुख क्रिस्टोफ बेरजरले अब सरकारले साना साना कार्यक्रमम उपस्थित हुनपनि खोप प्रमाणपत्र माग गर्नसक्ने बताएका छन् ।

हालको नियम अनुसार ठूला सामुहिक कार्यक्रममा जान र नाईटक्लबहरुमा रमाउन जाँदा खोप लगाएको प्रमाण पेश गर्नुपर्छ । वा कोरोना लागेर निको भैसकेको वा कोरोना जाँच गर्दा नेगेटिभ देखिएको प्रमाण चाहिन्छ । तर यो नियमको धेरै उल्लंघन भैरहेको, अनुगमन फितलो रहेको भनाई स्वास्थ्यकर्मीहरुको छ ।

स्विजरल्याण्डमा जुनको अन्त्यतिरबाट गर्मीयाम शुरु भएसँगै कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

केहि स्वास्थ्यकर्मीहरुले कोरोना बिरुद्दको दुबै खोप लगाएपनि रेस्टुरेन्टहरुमा भिड गर्न दिनुनहुने र प्रवेश संख्यामा नियन्त्रण गर्नुपर्ने बताएका छन् । तर संघीय कार्यालयका सार्वजनिक स्वास्थ्य प्रमुख अन्नी लोभीले वैध प्रमाण पत्र भएको व्यक्तिहरूको लागि रेस्टुरेन्टहरूमा पहुँच सीमित गर्ने विचारलाई अस्विकार गरेकि छन् ।

अन्य प्रस्तावहरूमा अस्पताल र वृद्ध आश्रम जाने स्वास्थ्य प्रतिबन्ध वा स्वास्थ्यकर्मीहरूको लागि अनिवार्य खोपको ब्यवस्था गर्नुपर्ने माग उठेको छ । स्विजरल्याण्डमा हालसम्म खोप अनिवार्य गरिएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक