बुधबार, वैशाख १२, २०८१

फ्रान्समा २४ घण्टामै १८ हजार कोरोना संक्रमित, स्वास्थ्य पास जारी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन ६ गते १४:४९

फ्रान्समा २४ घण्टामै १८ हजार ब्यक्ति कोरोना संक्रमण भएपछि कुनैपनि सांस्कृतिक स्थल भ्रमण र सांक्रितिक कार्यक्रममा जान स्वास्थ्य पास जारि गरेको छ ।

फ्रान्सका सिनेमा, संग्रहालयहरू, खेलकुद कार्यक्रम र अन्य सांस्कृतिक स्थलहरूमा जान चाहनेहरूले आजै बुधबारदेखि कोरोना खोप वा नकारात्मक परीक्षणको प्रमाण देखाउनुपर्नेछ । फ्रान्समा कोरोना डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि यस्तो नियम बनाएको हो ।

“पास सनितायर” अर्थात् स्वास्थ्य अनुमति नाम दिईएको यो पास ५० जना भन्दा बढि जम्मा हुने स्थल वा कुनैपनि कार्यक्रममा सहभागि हुनकालागि अनिवार्य गरिएको हो ।

अगस्ट महिनाबाट रेस्टुरेन्ट, क्याफे र किनमेल केन्द्रहरूमा समेत यहि नियम विस्तार गरिने राष्ट्रपति इमानुएल म्याक्रोनले गत हप्ता एक टेलिभिजन कार्यक्रम मार्फत् घोषणा गरेका थिए ।

अहिले कुनैपनि पसल, ब्यापारिक अन्य केन्द्र र सामाजिक यातायात सेवामा मास्क अनिवार्य गरिएको छ ।

स्पेनसित सिमा जोडिएको फ्रान्सको दक्षिणी पिरिने ओरिएन्टल विभाग र बोर्दो शहर समेटेको पस्चिम क्षेत्रको सारँते-मारिटिममापनि मास्क अनिवार्य गरिएको छ ।

हिजो मंगलवारदेखि फ्रान्सको तुलुज क्षेत्रमा पनि सार्वजनिक स्थलमा मास्क लगाउनु अनिवार्य गरिएको छ ।

स्वास्थ्य मन्त्री ओलिभियर भेरनले डेल्टा भेरियन्टको संक्रमण अप्रत्याशित रुपमा बढिरहेको बताएका छन् । उनका अनुसार मंगलवार २४ घण्टा भित्रमा १८ हजार मानिसहरुमा कोरोना संक्रमण फेला परेको थियो ।

तपाइँको प्रतिक्रिया