शनिबार, वैशाख ८, २०८१

अवैध आप्रवाशी रोक्न बेलायत र फ्रान्सबिच संझौता : प्रहरी संख्या दोब्बर, हवाई गस्ती र ६२ करोड युरो थप लगानी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन ६ गते १५:१०

Photo Credit-IHA via dailysabah.com

फ्रान्सको समुद्री मार्गबाट अवैधरुपमा बेलायत छिर्ने आप्रवाशी नियन्त्रणकालागि बेलायतले ६२ करोड २७ लाख युरो फ्रान्सलाई भुक्तान गर्ने भएको छ । बेलायत र फ्रान्सबिच हालै भएको संझौता अनुसार फ्रान्सले दुई देशको सिमामा पर्ने समुद्री तटमा आप्रवाशी निगरानी गर्न सुरक्षा संख्या दोब्बर पार्ने र हवाई गस्तिसमेत गर्ने भएको छ ।

फ्रान्स र बेलायत फ्रान्सेली तटमा प्रहरीको संख्या बढाउन र आप्रवाशीलाई समाउन, खोजि र निगरानी गर्ने प्रविधिमा लगानी गर्न सहमत भएका छन् । यि दुबै देशले अवैध आप्रवासी बोक्ने डुंगालाई बेलायती तटमा पुग्नबाट रोक्न खोजेको एपीएले फ्रान्स २४ लाई उद्धृत गर्दै संयुक्त विज्ञप्तिमा भनेको छ ।

फ्रान्सले यसको उत्तरी तट बुलोन्यिँया, डन्किर्क शहर र डिप्पेको बन्दरगाह वरिपरि प्रहरी संख्या दोब्बर पार्दै हवाई गस्तीलाई सुदृढ पार्नेछ । तिनले खतरनाक भुमिगत सुरुङ मार्ग (ईङलिस च्यानल) पार गर्ने साना डुंगालाई लक्षित गर्ने छन् ।

फ्रान्सको समुद्री तटबाट साना डुंगामा हजारौं आप्रवाशी बेलायत छिर्ने गरेको भन्दै बेलायतले फ्रान्सेली सिमामा वर्षौं देखि कडाईको माग गरिरहेको थियो । तर फ्रान्सले त्यो बेलायतको मामिला भएको र फ्रान्सले बेलायतकालागि थप लगानी गर्न नसक्ने बताउँदै आएको थियो ।

आप्रवाशीहरुलाई रोक्ने संवन्धमा बेलायतले फ्रान्सलाई आर्थिक सहयोग गर्ने भएपछि थप उपाय अपनाउन फ्रान्स राजि भएको हो । दुई देशको सहमती अनुसार फ्रान्समा बढिरहेका आप्रवासी आश्रयहरुलाई आर्थिक सहयोग गर्न बेलायत मन्जुर भएको छ ।

तर हाल बेलायत र फ्रान्सले साझा सहमतीमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार अब बेलायतले सन् २०२१ देखि सन् २०२२ का लागि ६२ करोड २७ लाख युरो फ्रान्सलाइ तिर्ने छ । फ्रान्सेली गृहमन्त्री जराल्ड डर्मिनिन र उनका बेलायती समकक्ष प्रिती पटेलबीच भएको छलफलपछि यस्तो संझौता गरिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

आप्रवाशीहरु बेलायत छिर्नबाट रोक्नकालागि अधिकांश डुंगा रोक्न फ्रान्सेली पक्षले उपायहरु अपनाउने छ । फ्रान्सले गत वर्षदेखि हालसम्म त्यसरि डुंगा मार्फत बेलायत प्रवेश गर्न खोजेका सात हजार पाँच सय भन्दा बढि आप्रवाशीलाई रोकेको उल्लेख गरेको छ ।

बेलायतको गृह मन्त्रालयका अनुसार गत सोमवार फ्रान्सको समुद्री सिमाबाट महिला, पुरुष र वालवालिका गरेर एकै दिन ४५० आप्रवाशीहरु अवैध रुपमा डुगा मार्फत् बेलायत प्रवेश गरेका थिए ।

यो वर्ष मात्रै आठ हजार चार सय ५२ आप्रवाशीहरु साना जोखिमपूर्ण डुंगाबाट बेलायत छिरेको पिए समाचार एजेन्सीले उल्लेख गरेको छ । यो भनेको सन् २०२० को एक वर्ष अवधिमा भन्दा धेरै हो ।

बेलायती गृह मन्त्रालयद्वारा जारि गरिएको विज्ञप्तिका अनुसार बेलायतले शरणार्थीहरूका लागि आफ्नो देशलाई कम आकर्षक बनाउने काम गरिरहेको छ । गैरकानूनी आप्रवासन र यसरि आप्रवाशी भित्र्याउने काममा संलग्नहरुलाई आफ्नो देशमा प्रतिबन्ध लगाउने, कारवाहि गर्ने लगायतका उपायहरू कार्यान्वयन गर्ने छ ।

फ्रान्समापनि स्पेन र ईटालीबाट आप्रवाशीहरु गैर कानुनीरुपमा प्रवेश गरिरहेकाले ति दुई देशसितको सिमामा प्रहरीहरुको संख्या बढाउने फ्रान्सेली अधिकारीहरुले बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक